Gaurishankar Post
राजनीति समाचार

‘अजयबाबुले पर्दाफास गरेका दुई ठुला घटनाले नै देशमा कम्युनिष्ट पार्टीको पतन शुरु भयो’

१२ असाेज, दाेलखा

नेपाली कांग्रेस दोलखाका नेता एवं जिल्ला अधिवेशनका सभापति पदका उम्मेद्धार केशबराज चौलागाईले कम्युनिष्ट पार्टीको शासनका कारण कार्यकर्तामा निराशा भईरहेका बेला दोलखाली पत्रकार अजयबाबु शिवाकोटीका कारण देशैभरका कांग्रेस कार्यकर्तामा उर्जा आएको बताएका छन् ।

नेपाल प्रेस युनियन दोलखा शाखाले पत्रकार शिवाकोटीका हजुरबुबा नन्द प्रसाद शिवाकोटीको स्मृतिमा सोमबार शिक्षा पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममा नेता चौलागाईले सबैतिर नेकपाले जितेर देशमा बबण्डर मच्च्चाईरहेका बेला पत्रकार शिवाकोटीले पर्दाफास गरेका दुई ठुला घटनाले मुलुकमा कम्युनिष्ट र तत्कालिन प्रधानमन्त्री केपी ओलीको पतनको शुरुवात भएको र देशैभरका कांग्रेसजनमा उर्जा आएको सुनाए ।

‘त्यतीखेर अजयबाबुले तत्कालिन सभामुख महरा कान्ड र तत्कालिन सञ्चारमन्त्री गोकुल बस्कोटाको ७० करोड टेप कान्ड पछि नै मुलुकमा नेपाल कम्युनिष्ट पार्टीको उधो गति शुरु भयो’ उनले भने – ‘त्यत्रो ४० महिना मुलुकमा शासन गरेको नेपाल कम्युनिष्ट पार्टी विलिन भयो भने केपी ओलीबाट देश मुक्त भयो’ । अजयबाबुले देशैभरका कांग्रेस जनमा उत्साह भरेकाले उनी नेपाली कांग्रेसको सम्पती रहेको चौलागाईले बताए ।

जिल्ला अधिवेशनमा खुला तर्फको महाधिवेशन प्रतिनिधिका उम्मेद्धार समेत रहेका भीमेश्वर नगरपालिका १ सुष्पा क्षमावतीका पत्रकार शिवाकोटीलाई अधिवेशनमा जिताउन समेत नेता चौलागाईले अपिल गरे ।

याे पढ्न छुटाउनु भयाे की ?

टुंगियो कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र, वडा नम्बर ४ को कुभिण्डेमा राख्ने निर्णय

shyam khatiwada

भीमेश्वरमा जनतालाई दुख दिने गरि ठुला सभा नगर्ने गठबन्धनको तयारी , २७ सय स्वयंसेबक घर घर खटीए

shyam khatiwada

दोलखामा स्थानीय तहको पहिलो सुरुवात ,समपुरक कोष बनाएर सडक कालोपत्रे

shyam khatiwada
Gaurishankar Post