Gaurishankar Post
नेपाल समाचार ब्रेकिंग

अधिकारीको लामो पहलपछि कांग्रेसमा पर्यटन व्यवसायी संघले पायो शुभेच्छुक संस्थाको मान्यता

नेपाली कांग्रेसका नेता एवं पर्यटन व्यवसायी कुमार अधिकारीको लामो समयको सकृयता र निरन्तर पहलको परिणामस्वरुप नेपाल लोकतान्त्रीक पर्यटन व्यवसायी संघलाई कांग्रेस केन्द्रिय समितिले शुभेच्छुक संस्थाको मान्यता दिने निर्णय गरेको छ ।

नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले नेपाली काँग्रेसको विधान,२०१७ (संशोधन सहित) को धारा ४२, (२) (क) बमोजिम शुभेच्छुक संस्थाको मान्यता प्राप्त गरेको छ ।

नेपाली काँग्रेस दोलखाका नेता महाधिवेशन प्रतिनिधि कुमार अधिकारी (आर.बी) ले २०७२ सालमा लोकतन्त्रप्रति आश्थावान् पर्यटन व्यवसायी साथीहरूलाई समेटेर नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ गठन गरेका थिए । आज देशका ६ ठुला सहरमा यस सङ्गठनका शाखा रहेको अध्यक्ष कुमार अधिकारी बताउँछन् ।

अधिकारी भन्छन् ”नेपालको पर्यटन क्षेत्रका समस्यालाई समाधान गर्दै यस क्षेत्रको समग्र विकासका लागि केही योगदान गर्न सकियोस् भन्ने उद्देश्यले यो सङ्गठन निर्माण गरिएको थियो । आज काँग्रेस जस्तो इतिहास बोकेको पार्टीले आवश्यकता महसुस गरी शुभेच्छुक संस्थाका रूपमा मान्यता प्रदान गरेको छ । यो हामी पर्यटन व्यवसायीकै गौरवको विषय हो ।‘’

उनी भन्छन् ”काँग्रेसले हामी पर्यटन व्यवसायीलाई यति ठुलो हौसला दिएको छ, अब हामीले पर्यटन क्षेत्रको विकासका साथै यस क्षेत्रको सबैभन्दा सशक्त सङ्गठन बनाएर देखाउनेछौँ । सँगसँगै देशको अर्थोपार्जनको मेरूदण्ड बोकेको पर्यटन क्षेत्रलाई मर्यादित प्रमुख व्यवसायका रूपमा अगाडि बढाउने अठोट पनि गर्दछौँ ।”

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा वितरक संघको साधारणसभा भब्यताका साथ सकियो , ०८१ लाई दोलखा भ्रमण वर्ष मनाउन प्रस्ताब

shyam khatiwada

कालिञ्चोकका कोभिड संक्रमित १४२ घरधुरीमा नामसालिङको पोषण सहित खाद्यान्न सहयोग

shyam khatiwada

दोलखामा आयोजित अन्तराष्ट्रिय बुद्धिचालको उपाधी भारतीय खेलाडी महिन्द्रकारलाई

shyam khatiwada
Gaurishankar Post