दोलखा २ असोज,,
नेपाली कांग्रेस दोलखाका सचिब सुर्य बहादुर भनिने बालकृष्ण आचार्यले पाटीको आशन्न जिल्ला अधिबेशनमा पुन सचिब पदमा उम्मेदवारी दिने जनाएका छन् ।
शनिबार दोलखा सदरमुकाम चरिकोटस्थित लक्ष्मी होटलमा पत्रकार सम्मेलन गर्दै सचिब आचार्यले पुन सचिब पदमा उम्मेदवारी दिने बताएका हुन् । यश अघि १३ अौं जिल्ला अधिबेशनमा अत्याधिक मतका साथ जिल्ला कार्यसमिति सदस्य निर्बाचित भएका आचार्यलाई पाटी नेतृत्वले कार्यकालको अन्तिम समयमा सचिब मनोनीत गरेको थियो । पत्रकार सम्मेलनमा आचार्यले भने अन्तिम समयमा सचिब मनोनित भए धेरै कार्ययोजनाहरु थिय लगत्तै सुरु भएको कोभिड महामारी तथा जिल्ला अधिबेशन सम्बन्धि कामले संगठन सुधारका कामहरु गर्न सकिएन । त्यसैले ती सबै कार्ययोजना हरु पूरा गर्न र सुदृढ कांग्रेस निर्माण गर्न पुन सचिब पदमा उम्मेदवारी दिने तयारी गरेको आचार्यले बताएका छन ।
एक विज्ञप्ति जारी गर्दै सचिब आचार्यले १४ अौं जिल्ला अधिबेशन लाई एकताको अधिबेशन बनाउन अाह्वन समेत गरेका छन् । उनले एक व्यक्ति एक पदको अवधारणा बनाउन कांग्रेसको आशन्न अधिबेशनको बन्दसत्रमा अौपचारिक प्रस्ताव लैजाने तयारी गरेको बताएका छन् ।
१३ अौं जिल्ला अधिबेशन देखिनै कार्यकर्तामाँझ निकै लोकप्रिय रहेका उनी जिल्ला सदस्य पदमा सबैभन्दा धेरै मतका साथ विजयी भएका थिय । वर्तमान जिल्ला सभापति रुद्र बहादुर खड्काको सालिन स्वभाबका कारण कतिपय कार्यकर्ताहरुले दुख ब्यहोर्नुपरेको गुनासो आईरहँदा कांग्रेसको प्रतिष्ठा सचिबद्वय सन्तोष रिमाल र बालकृष्ण आचार्यले नै जोगाएको आम कार्यकर्ताहरुको भनाइ समेत छ । खासगरि प्रशासनिक काम काज र पाटी शुभेच्छुक तथा शुभचिन्तक हरुको उद्दारका लागि उनी निकै पपुलर छन् । दोलखामा बर्षौदेखि सञ्चालनमा रहेको रोलवालिङ यातायात समितिको अध्यक्ष समेत रहेका आचार्य पाटी संगठनमा निकै कृयाशिल नेताको रुपमा परिचित छन् ।
शनिबार पत्रकार सम्मेलनमा प्रस्तुत आचार्यको विज्ञप्तिको ई कपि ।।
प्रेस विज्ञप्ती
आदरणीय पत्रकार मित्रहरु
उपस्थित नेपाली कांग्रेसको विभिन्न भुमिकामा रहनुभएका नेता गणहरु । प्रजातन्त्र र लोकतन्त्रको हिमायती पाटी हामी सबैको आस्थाको धरोहर नेपाली कांग्रेसको १४ औं महाधिबेशनको सुरुवात भैसकेको छ । एकाध जिल्लाहरु बाहेक सबै जिल्लाहरुमा वडा र गाउँ तथा नगर अधिबेशन सम्पन्न भैसकेको छ भने बाँकी जिल्लाहरुमा केही दिनभित्रै सम्पन्न हुने चरणमा छ । लोकतन्त्रलाई आत्मसाथ गर्दै निर्धारित समयभित्र महाधिबेशन सम्पन्न गरि मुलुकलाई उपयुक्त गन्तब्यमा लैजानुपर्ने महत्वपुर्ण चुनौती सहितको जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ । यो जिम्मेवारी पुरा गर्न हामी आम कार्यकर्ता आ आफ्नो ठाउँबाँट प्रतिबद्धताका साथ लागिरहेका छौं । यो विषम परिस्थितिमा पाटीलाई मजबुत र एक ढिक्का बनाएर सुदृढ कांग्रेस निर्माण गर्नु हामी सबैको दायित्व हो । सोही दायित्वलाई सदुपयोग गर्ने महान अबसरको रुपमा मैले आशन्न १४ औं महाधिबेशन र मातहतका गाउँ नगर , क्षेत्र , जिल्ला र प्रदेश अधिबेशनलाई लिएको छु । यिनै अधिबेशन मार्फत नेपाली कांग्रेसलाई सुदृढ र मुलुकको पहिलो पार्टी बनाउन हामी सबै प्रयत्नशिल छौ ।
उपस्थित सञ्चारकर्मी एवं मेरा सहकर्मी मित्रहरु यसै शन्दर्भमा म नेपाली कांग्रेस दोलखाको आशन्न १४ औ जिल्ला अधिबेशनसँग सम्बन्धित रहेर केही कुराहरु यहाँहरुमाझ राख्ने अनुमती चाहान्छु । गएको १३ औं जिल्ला अधिबेशनमार्फत आम नेता, कार्यकर्ता सहित सबै शुभेच्छुक शुभचिन्तकहरुको सहयोगमा म नेपाली कांग्रेस दोलखाको जिल्ला कार्यसमिति सदस्य पदमा अत्याधिक मतका साथ निर्वाचित भएको थिएँ । पाटी नेतृत्व र सबै सहकर्मीहरुको साथ सहयोगले क्षमताले भ्याएसम्मका कामहरु गर्दै आउँदा कार्यकाल थोरैमात्र बाँकी रँहँदा समग्र जिल्ला कार्य समिति परिवार र हालका सभापति ज्युको प्रस्ताबमा मैले मनोनित पार्टी सचिब भएर काम गर्ने महान अवसर पाए । यो मेरा लागि अर्को गौरबको विषय थियो , उत्साहाका साथ उक्त पदमा रहेर अहिलेपनि कार्यसम्पादन गरिरहेको छु । साथिहरु जिम्मेवारीमा रँहदा वा नरहँदा पनि मैले पाटी प्रतिको कृयाशिलतालाई कैलेही कमजोर हुन दिएको छैन र दिने पनि छैन । तशर्थ आशन्न १४ औं जिल्ला अधिबेशनलाई हामी सबै मिलेर एकताको अधिबेशन बनाउनुपर्छ भन्ने प्रस्ताब समेत पाटीमा राख्ने तयारी गरेको छु । जिल्लामा कमजोर उपस्थिती रहेकाले पनि अन्य राजनीतिक शक्तिहरुलाई परास्त गनुपर्ने मुख्य चुनौती रहेकोे बेला कांग्रेस आन्तरिक विषयमा धेरै गहिरिनु हुन्न भन्ने मेरो निष्कर्श हो । एक व्यक्ती एक पदको अवधारणा बनाएर अघि बढौं , पाटीमा खट्ने साथीहरु पाटीमा खटौं , स्थानीय तह , प्रदेश र संघको निर्वाचन मार्फत जनप्रतिनिधि बनेर जनताको सेवा गर्न चाहाने साथीहरुलाई त्यसतर्फ अवसर दिउँ र उसलाई जिताउन लागि परौं , यसो गर्दा सबैको भलो हुने मेरो विस्वास छ ।
आदरणीय साथिहरु कार्यकालको अन्तिम अन्तिम समयमा प्राप्त गरेको जिम्मेबारी अझ धेरै प्रभाबकारी ढंगले पुरा गर्न नपाएको महसुस गरेको छु । संगठन विभाग सँग जोडिएर संगठन निर्माणमा थुप्रै कामहरु गर्ने योजना हुदाहुदै पनि छोटो समय , कोभिड महामारी र पाटी अधिबेशन सँग सम्बन्धित कामको चटारोले धेरै विषयहरु अपुरै रहेका छन् । तशर्थ ति तमाम कामहरु गर्न र दोलखा कांग्रेसलाई आम दोलखालीको पहिलो र रोजाइका पाटी निर्माण गर्न एकपटक पुन सचिब पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । यहाँहरुको अमुल्य सहयोगको अपेक्षा गर्दै विजय गराउनुहुनेछ भन्ने विस्वास व्यक्र गर्दछु । जयनेपाल ।
सुर्य बहादुर आचार्य (बालकृष्ण)
सचिब
नेपाली कांग्रेस दोलखा