दोलखा ७ भदौ,,
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको बजेट बैकल्पीक आयुर्वेद चिकित्सालय दोलखामा अनियमितता भएको पाइएको छ ।
स्वास्थ्यको पहुँच नपुगेका विकट बस्तीका नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याइ खासगरी नसर्ने तर गम्भिर प्रकृतिका रोगहरु पहिचान गरी अस्पतालको पहुँचमा लैजाने उद्देश्यले सुरु भएको उक्त कार्यक्रमको आयुर्वेद चिकित्सालय दोलखामा प्रभावकारी कार्यान्वयन नहुनका साथै बजेटमा समेत अनियमितता भएको पाइएको हो । बागमती प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम प्रदेशभरकै सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यान्वयनमा छ । दोलखामा भने आयुर्वेद चिकित्सालय , पशुपति चौलागाईस्मृति अस्पताल र स्थानीय तहहरुमा समन्वय गर्ने भुमिकामा जनस्वास्थ्य कार्यालय रहेको छ । अस्पतालहरुमा एलोपेथिक विधिबाट उपचार गराउने अभियान रहेको र आयुर्वेदमा भने आयुर्वेदिक विधिबाट रोग पहिचान गरी सोही विधिले उपचार गर्ने र यहाँ उपचार सम्भावना नभएका त्यस्ता रोगिहरुलाई तोकिएका माथिल्ला अस्पतालहरुमा रिफर गर्ने रोगीको उपचार गराउने व्यवस्था कार्यविधिमा उल्लेख छ । तर आयुर्वेद चिकित्सालय दोलखाले गत आर्थिक वर्ष २०८०, ०८१ मा ५ लाख बजेट उक्त कार्यक्रम गाउँ केन्द्रित नगराई सिधै आयुर्वेद आउने बिरामीहरुको तथ्यांकलाई देखाएर भुक्तानी लिएको खुल्न आएको छ । आयुर्वेदमा आउने बिरामीलाई आधार बनाएर कार्यालयले एउटा पनि सर्वेक्षण नगरी , कुनै व्यक्तिको समेत रोग पहिचान गरेर उपचार वा माथिल्लो अस्पतालमा पठाएको विवरण नभएको जनाएको छ ।
कार्यक्रम गाउँकेन्द्रित नगराई आयुर्वेदका बिरामीको फर्जी विवरण पेश गर्दा पनि बजेट भने पुरै खर्च भएको कार्यालयले उपलब्ध गराएको खर्च फाँटबारीमा उल्लेख छ ।
अधिकांस बजेट खाजा र स्वयंसेवक भत्तामा
अस्पताल प्रमुख डा. मनोज कुमार चौधरीले उक्त कार्यक्रमका लागि स्वयंसेबक राख्नुपर्ने भएकाले स्वयंसेबक र अस्पतालका चिकित्सक तथा कर्मचारीहरुको खाजा खनामा धेरै खर्च भएको जानकारी दिए । उनले केही अभिमुखिकरण र सामान्य खरिदको काम गर्दा बजेट पुरै खर्च भएको गैरजिम्मेवार जवाफ दिए । गौरीशंकर मिडियाले उक्त कार्यक्रम सँग सम्बन्धित बिल तथा भर्पाइ देखाउन अनुरोध गरेपनि प्रमुख डा. चौधरीले कुनैपनि कागजात देखाउन नमिल्ने बताएका छन् । मन्त्रालयको उद्देश्यसँग १ प्रतिशत पनि मेल नखाने गरी गरिएको खर्च सिधै अनियमितता भएको सरोकारवालाहरुको भनाई छ ।
यस सम्बन्धमा चौतर्फी आलोचना सुरु भएपछि जिल्ला प्रशासन कार्यालय दोलखाले छानविन समिति समेत गठन गरेको छ । आयुर्वेदिक चिकित्सालय दोलखामा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम मात्रै होइन अधिकांस कार्यक्रममा अनियमितता भएको करार र ज्यालादारीका कर्मचारी नियुक्तिमा समेत मोटो रकम लेनदेन भएको , कार्यालय प्रयोजनको घरभाडा भन्दै प्राप्त २ लाख बजेट कार्यालय प्रमुखले आफु बस्ने निजी कोठाको भाडा भनि भुक्तानी लिने गरेको , औषधी खरिदमा चरम आर्थिक अनियमितता गरेका, कार्यालयको इन्धन खर्च बापत प्राप्त पुरै बजेट कार्यालय प्रमुखले आफ्नो निजी गाडीमा हालेको भन्दै एकमुष्ट भुक्तानी लिने गरेको जस्तो आरोप सार्वजनिक रुपमै लाग्ने गरेको छ । करारका कर्मचारीलाई अधिकांस समय विभेदपुर्ण तरिकाले अतिरिक्त सुविधा दिएको , खरिद मनोपरि ढंगबाट गर्ने गरेको , कोटेशनका सबै कामहरुमा खुलेआम ५० प्रतिशत भन्दा धेरै बजेट कमिशन लिने गरेको समेत आरोप लागेको छ । कार्यालय प्रमुख चौधरीले लगाइएका आरोप निराधार भएको जनाए पनि त्यसबारे कागजात अध्ययन गर्न माग गर्दा कुनैपनि कागजात हेर्न नमिल्ने भन्दै सुचना समेत दिन अटेर गरिरहेका छन् ।
उल्लेखित गतिविधिका बारेमा एक राजनीतिक दलका दुइवटा भातृ संगठनले प्रशासन कार्यालयलाई ध्यानाकर्शण समेत गरेको र कार्यालयले छानविन समिति गठन गरेको बुझिएको छ ।
कार्यालयले उपलब्ध गराएको खर्च फाँटबारीमा उल्लेखीत मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको बजेट खर्च
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको कार्यविधि