Gaurishankar Post
ब्रेकिंग

आयुर्वेद स्वास्थ्य केन्द्र दोलखामा चरम मनोपरि , आर्थिक अनियमितता र विकृति बढेको भन्दै तरुणदल,नेविसंघको खबरदारी


दोलखा २९ साउन,,
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखामा पछिल्लो समय चरम मनोपरि , आर्थिक अनियमितता र विकृति बढेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेवि संघ दोलखाले एक विज्ञप्ती जारी गर्दै खबरदारी गरेको छ । मंगलबार नेपाल तरुण दल दोलखा र नेपाल विद्यार्थी संघले एक विज्ञप्ती जारी गर्दै उक्त कार्यालयमा पछिल्लो समयमा चरम मनोपरि हुन थालेको आरोप लगाउदै तत्काल सँच्चीन र दोसीउपर कार्बाहीको माग गरेका छन् ।
स्वास्थ्य केन्द्रले औषधी खरिदमा चरम मनोपरी गर्दै आर्थिक अनियमितता गरेको , सार्बजनिक खरिद ऐनको बर्खिलाप गर्दै कार्यालय प्रमुख र स्टोरको जिम्मा पाएका कर्मचारीको मिलेमतोमा आर्थिक अनियमीतता गरेको गत आर्थिक वर्षमा सम्पादन भएका अधिकांस कार्यक्रमका बारेमा सार्वजनिक सुनुवाइ नगरेको जस्ता दर्जनौं आराप विज्ञप्तीमार्फत लगाइएको छ ।
तरुण दल दोलखाका अध्यक्ष चित्र तामाङले सदरमुकामकै सरकारी अस्पतालमा यो किसिमको अनियमितता र मनोपरि टुलु टुलु हेरेर बस्न नसकेको बताउदै तत्काल छानविन नभए कडा आन्दोलनको चेतावनी दिएका छन् । उनले आयुर्वेद स्वास्थ्य केन्द्र जस्तो संबेदनशिल संस्थाका प्रमुख र अन्य कर्मचारीको गतिविधि सुन्दा र देख्दा समेत समाज लज्जीत हुनुपर्ने अवस्था आइरहेकोले आफुहरुले खबरदारीको सुरुवात गर्दै बेथितिका बिरुद्ध आवाज उठाउन बाद्य भएको जनाएका छन् ।
कर्मचारी नियुक्तिका शन्दर्भमा पनि मोटो आर्थिक चलखेल भएको आरोप कांग्रेस भातृसंगठनका नेताहरुले लगाएका छन् । उनिहरुले आयुर्वेद कार्यालयले कर्मचारी भर्ना सम्बन्धि सुचना लुकाउनका साथै समयमा वेभसाइटमा अपडेट नगरेको मध्यरातमा नतिजा प्रकाशन गरेको जस्ता आरोप लगाएका छन् ।
उनिहरुले उक्त स्वास्थ्य केन्द्रका समस्याबारे दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई समेत विज्ञप्ती बुझाउदै तत्काल छानविन गर्न माग गरेका छन् ।
नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष सौगात थापा र तरुण दल अध्यक्ष चित्र तामाङद्धारा हस्ताक्षरित विज्ञप्तीमा आफुहरुका माग तत्काल सम्बोधन नभए र दोसि उपर तत्काल छानविन नगरे कार्यालय विरुद्ध कडा आन्दोलन गर्ने उल्लेख छ ।

हेर्नुहोस विज्ञप्तीको पुर्ण पाठ

मिति: २०८१/०४/२९

प्रेस विज्ञप्ति

हामी, नेपाल तरुण दल दोलखा र नेपाल विद्यार्थी संघ दोलखा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दोलखामा भइरहेको व्यापक अनियमितता र विभिन्न गतिविधिहरु प्रति गम्भीर चिन्ता व्यक्त गर्दछौँ । स्वास्थ्य जस्तो जटिल क्षेत्रमा गुनासो बढ्दै जानु र सम्बन्धित निकाय गैरजिम्मेवार भएको विषयमा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौ । पछिल्लो समयमा उक्त केन्द्रमा निम्नलिखित गम्भीर प्रकृतिका अनियमितता भएको भन्ने विश्वसनीय सूचना प्राप्त भएको छः • आयुर्वेदिक औषधि खरिदमा टेन्डर प्रक्रियाको बेवास्ता गरी मनपरी ढंगले कतिपय औषधि खरिद गरिएको गुनासो आएको छ । आयुर्वेदिक औषधि खरिदमा पारदर्शिता कायम गरियोस् । कार्यालय भित्र संचालन गरिएको फार्मेसीको पारदर्शीता कायम गरी सेवा प्रवाहमा गुणस्तरीयता कायम गरियोस् भन्ने जोडदार माग गर्दछौ ।

• कार्यालयको कर्मचारी नियुक्तिमा पारदर्शिताको अभाव र सो व्यवस्थापन मनपरी ढंगले गरिएको भन्ने जानकरीहरु प्राप्त भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दोलखाको सूचनामा प्रकाशन भएको कर्मचारी माग सम्बन्धमा पारदर्शी ढङ्गबाट संचालन हुनु भन्दा पनि कार्यालयका केहि कर्मचारीहरुको चाहनामा हुने विषय आपत्तिजनक छ । कर्मचारी व्यवस्थापनमा पारदर्शिता कायम गरी कार्यालयको सुशासन शसक्त रुपमा प्रस्तुत गरियोस् ।

• उक्त केन्द्रबाट बिरामीहरूले समयमै सेवा पाउन नसकेको र सेवा प्रवाहमा ढिलासुस्ती भएको जानकारी प्राप्त भएकछ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दोलखाले निशुल्क उपलब्ध गराउनुपर्ने औषधीहरु सेवाग्राहीलाई उपलब्ध नगराएको र सो औषधीहरु आफुअनुकुल व्यक्तिहरुलाई मात्रै उपलब्ध गराउने गरेको समेत गुनासो प्राप्त भएको छ । सो सम्बन्धी व्यवस्था र जानकारी सेवाग्राहीलाई प्रष्ट रुपमा उपलब्ध गराइयोस् । सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाइयोस् ।

• उक्त केन्द्रको आर्थिक कारोबारमा पारदर्शिताको अभाव भएको र आर्थिक अनियमितता भएको आशंका गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दोलखामा भएका सबै प्रकारका अनियमितताको उच्चस्तरीय छानबिन गरियोस् ।

• भौतिक संरचना निर्माणको विषयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सम्बन्धित सरोकारवालाहरुसँग छलफल नगरी बजेट फ्रिज पठाउने जस्ता गतिविधिले जिल्लामा निर्माण हुने भौतिक संरचनाको अवस्था दयनीय बनाएको छ । जिल्लाको सेवा सुविधा प्रवाहो विषयलाई अन्योल बनाउने जो कोहिलाई जिल्लावासीले छुट नदिने जानकारी गराइन्छ । उल्लेखित अनियमितताहरूले जिल्लाका नागरिकहरूले गुणस्तरीय आयुर्वेदिक सेवाबाट वञ्चित हुनुपरेको छ

। यसप्रकारका अनियमितताले स्वास्थ्य क्षेत्रमा व्याप्त भ्रष्टाचारलाई प्रोत्साहन गर्दछ र आम नागरिकको विश्वास गुमाउँछ । यसैले हामी सम्बन्धित निकायहरूमा उक्त केन्द्रमा भएका अनियमितताहरूको विषयमा ध्यानाकर्षण गराउन चाहन्छौ । सो सम्बन्भी छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दछौँ ।

साथै, भविष्यमा यस्ता अनियमितता दोहोरिन नदिन प्रभावकारी कदम चाल्न पनि हामी जोडदार माग गर्दछौँ । हाम्रा मागहरूलाई सम्बन्धित निकायहरूले गम्भीरतापूर्वक लिएर आवश्यक कारबाही गर्नेछ भन्ने विश्वास लिएका छौँ । यी विषयहरु गम्भीर रुपमा समाधान नगरे नेपाल तरुण दल दोलखा र नेपाल विद्यार्थी संघ दोलखा सो कार्यालय विरुद्ध आन्दोलनमा उत्रिने र त्यस बाट उत्पन्न हुने असहज परिस्थितको जिम्मेवारी जिल्ला आयुर्वेद अस्पताल दोलखाले लिनुपर्ने व्यहोरा सम्पुर्णमा जानकारी गराउन चाहन्छौ ।

बोद्यार्थ श्री जिल्ला प्रशासन कार्यालय, दोलखा

श्री जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दोलखा

श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,

नेपाल सरकार श्री मुख्यमन्त्रीको कार्यलय, बागमती प्रदेश

श्री स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश

सौगात थापा अध्यक्ष नेवि संघ दोलखा चित्र तामाङ अध्यक्ष तरुण दल दोलखा

याे पढ्न छुटाउनु भयाे की ?

झन्डै ५ बर्ष कर्येकाल मा न्याय हेल्थ नेपाल दोलखा को सफलता

sanjeet

एमसीसीमा अमेरिकाको आशय र नेपाली जनता को चिन्ता के हो ?

shyam khatiwada

कांग्रेस बाबरे काठमाडौं सम्पर्क समितिको सभापतिमा बिमल थापा

shyam khatiwada
Gaurishankar Post