Gaurishankar Post
ब्रेकिंग

आयोजनाको लापरबाहीले लिखु १ जलविद्युत आयोजनामा एक मजदुरको मृत्यु , ३ दिनदेखी शव अलपत्र


आयोजनाको मनोपरी हद भयो उचित क्षेतीपुर्ती नदिए शव बुझ्दैनौं – मृतकका आफन्त थापा

रामेछाप १३ फागुन
तीन दिनअघि कामको सिलसिलामा मृत्यु भएका मजदुरका परिवारलाई क्षतिपूर्ति र रोजगारी लगायतको माग राख्दै लिखु जलविद्युत् आयोजनामा कार्यरत मजदुरका आफन्तले शव बुझ्न मानिरहेका छैनन् ।
दुगड समूहबाट निर्माणाधीन लिखु १ जलविद्युत् आयोजनामा कार्यरत सवारी चालक रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका ३ कुभुकास्थलीका ४१ वर्षीय उद्योग बहादुर कटुवालको बिहीबार काममै रहेका बेला मृत्यु भएको थियो । गाडी पुछ्ने क्रममा बेहोस भएपछि उनलाई उपचारका लागि आयोजनाबाट संचालित किन्जा स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचार सुरु नगर्दै स्वास्थ्य केन्द्रले उनको मृत्यु भएको घोषणा गरेको थियो ।

मृतकका आफन्त सुरेश थापाले आयोजनाले कटुवालको परिवारलाई उनी बिरामी भएको जानकारी उचित समयमा नदिएको गुनासो गरे । ‘बिरामी भएको सूचना बेलैमा पाएको भए हामी हेलिकप्टर मगाएर भए पनि उपचारको प्रयत्न गर्ने थियौं,’ थापाले भने, ुउहाँको बेलैमा उपचार गर्न नपाएर मृत्यु भयो । बेहोस भएर ढलेपछि उनलाई ट्याङकरमा हालेर किन्जा पठाइएको थियो । मजदुरको ज्यान माथि आयोजनाले लापरबाही गर्‍यो ।ु

मृतक कटुवालकी ढेड महिनाको सुत्केरी पत्नी संगीता थापा कटुवाल उचित क्षतिपूर्ति, परिवारका सदस्यलाई रोजगारी र बालबच्चाको पठनपाठनको ३ बुँदे मागसहित किन्जामा बसेकी छन् । स्वास्थ्य चौकीमा रहेको पतिको शव बुझ्न संगीताले मानिरहेकी छैनन् । परिवारजनले कम्तीमा ३० लाख क्षतिपूर्तिसहितको माग अघि सारेको तर आयोजनाले उक्त माग पूरा गर्न नसक्ने जनाएको छ । कटुवालका डेढ महिनाको सहित ४ सन्तान छन् । आयोजनाका साइट इन्चार्ज इन्द्रजित कार्कीका अनुसार व्यवस्थापन पक्षको शुक्रबार काठमाडौंमा भएको बैठकले मृतकका आफन्तलाई काजक्रिया खर्च ५ लाख उपलव्ध गराउने तर अन्य कुनै पनि सर्त पूरा गर्न नसक्ने निर्णय गरेको जानकारी साइट कार्यालयलाई गराएको छ ।

परिवारजनलाई रोजगारी, लालनपालन र शिक्षाको खर्च गर्न नसक्ने आयोजनाले प्रष्ट पारेको कार्कीले बताए । ‘हामीले व्यवस्थापनको निर्णय बारेमा परिवारलाई जानकारी गराएका छौं उहाँहरुले आफ्नो अडान छोडेर शव बुझ्न मान्नु भएको छैन,’ कार्कीले भने । तर परिवारजन भने आयोजनाले कम्तीमा २० लाख दिनु पर्ने मागका सम्बन्धमा टसमस भएको छैन ।

तर स्थानीयहरूले कटुवालका सन्तानको लालनपालन र भविष्यप्रति आयोजना गम्भीर बन्नुपर्ने अडान राखेको थापाले भने ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले तीन दिनदेखि अलपत्र परेको शव बुझाउनका लागि रामेछाप र सोलु तर्फबाट पहल भइरहेको बताए । दुगड समूहबाट निर्माणाधीन जलविद्युत आयोजनामाथि स्थानीयले यसअघि पनि विभिन्न माग राख्दै आएकोमा उक्त मागप्रति आयोजना संवेदनशील नभएको गुनासो जनप्रतिनिधिहरुले गर्दै आएका छन् । जग्गाको मुआव्जा, सडक निर्माण, वातावरणमा असर, पानीको उपयोग, वनजंगलको विनास, क्षतिपूर्ति र रोजगारी लगायत विषयमा विगतदेखि स्थानीयले उठाउँदै आएका छन् ।

source – www.ekantipur.com

याे पढ्न छुटाउनु भयाे की ?

गौरीशंकरका पहिरो पिडितलाई दोलखा कांग्रेसको आर्थिक सहयोग

shyam khatiwada

कालिञ्चोक खतिवडा सेवासमाजको प्रथम साधारण सभा, रेबन्तीको नेतृत्वमा नयाँ कार्यसमिति

shyam khatiwada

२८ वर्षपछि दोलखामा विजयको झण्डा फहराउने अभियानमा कांग्रेस, कसिलो बन्दै गठबन्धन

shyam khatiwada
Gaurishankar Post