Gaurishankar Post
अर्थ र बाणिज्य ब्रेकिंग स्थानीय समाचार

आयोजना प्रभावितहरुका लागि खुल्यो सिंगटी खोलाको आइपिओ


श्याम खतिवडा
दोलखा १ माघ
,,
दोलखाको सिंगटी खोलामा निर्माण भएको २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि साधारण शेयर आइपिओ खुल्ला गर्ने भएको छ ।
आयोजनाको निर्माण कम्पनी सिंगटी हाइड्रो इनर्जीले आयोजना प्रभावित र सर्बसाधरणका लागि जारी गर्न लागेको ४३ लाख ५० हजार कित्ता साधारण सेयर खुल्ला गर्ने तयारी गरेको हो । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुलाई लक्षित गर्दै १४ लाख ५० हजार कित्ता साधारण शेयर माघ ४ गतेदेखि खुल्ला गर्न लागेको कम्पनी सचिब रमेश अधिकारीले जानकारी दिए । उनका अनुसार स्थानीय आयोजना प्रभावितहरुका लागि माघ ४ गते देखि माघ १९ गतेसम्मको समय निर्धारण गरिएको छ । सचिब अधिकारीले स्थानीयहरुको शेयर संकलन गर्न नेपाल बैंक लिमिटेड , सेञ्चुरी कमर्शिएल बैंक , सिंगटीस्थित आयोजनाको कार्यालय र कालिञ्चोक गाउँपालिका २ बाबरेमा संकलन केन्द्र राखिने जनाएका छन् । प्रभावित क्षेत्रका लागि आह्वान गर्न लागिएको साधारण सेयर दोलखाको कालिञ्चोक र बिगु गाउँपालिकाका स्थानीयहरुले मात्र आबेदन गर्न पाउने छन् ।
निष्कासन हुने कुल सेयरमध्ये १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको र बाँकी सर्बसाधरणका लागि आह्वान हुने कम्पनीका कार्यकारी निर्देशक काजी लामाले जानकारी दिए । यो सेयर धितो पत्र बोर्डबाट स्वीकृती भैसकेपछि आयोजनाले शुक्रबार सुचना प्रकाशन गरि माघ ४ गतेबाट संकलनको व्यवस्था मिलाएको निर्देशक लामाले जनाएका छन् ।
सिंगटी हाइड्रो इनर्जी प्रा.लि. का कम्पनी सचिब रमेश अधिकारीका अनुसार स्थानीयका लागि छुट्याइएको सेयर स्वपुँजी लगानीको १० प्रतिशत हो । यस्तै, सर्वसाधारणका लागि २० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर निष्कासन हुने छ । पहिलो चरणमा स्थानीयका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरेपछि सर्वसाधारणका लागि बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ ।
आयोजना निर्माणको काम पुरा, प्रशारणलाइन नहुँदा उत्पादनमा ढिलाई
कम्पनिले निर्माण गरिरहेको सिंगटी खोलाको काम १०० प्रतिशत पुरा भएको जनाएको छ । आयोजनाका २ वटा टर्माइन मध्ये लकडाउन नभएको भए चैतको तेस्र्रो साता एउटा टर्माइनको परिक्षण गर्ने तयारी थियो । त्यसको ४ महिना पछि भदौमा आयोजनाका सबै उपकरण र अन्य संरचनाको परिक्षण सफल भएको आयोजनाले जनाएको छ । आयोजना निर्माणको काम पुरा भएपनि विद्युत प्राधिकरणले निर्माण गरिरहेको सिंगटी लामोसाँघु प्रशारण लाईनको काम पुरा नभएकाले विद्युत उत्पादन गर्दा उल्टै खेर जाने भएको भन्दै आयोजनाले विद्युत उत्पादन धकेल्नु परेको निर्देशक लामाले जनाएका छन् । उनका अनुसार अबको एक डेढ महिनामा प्रशारण लाइनको कुनै एक सर्किट पुरा हुने र त्यसलगत्तै विद्युत उत्पादन गर्ने आयोजनाको तयारी छ । आयोजना निर्माणको काम पुरा हुँदा सम्म प्रति मेगावाट २२ करोडका दरले ५ अर्ब ५० करोड खर्च भएको आयोजनाले जनाएको छ ।
फोटो
दोलखाको सिंगटी खोलामा निर्माण भएको २५ मेगावाट क्षमताको सिंगटी जलविद्युत आयोजनाको बाँध क्षेत्र । तस्बिर – gaurishankarpost

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा कांग्रेस सचिव शेर्पाद्धारा खोपाचागुका जेष्ठ नागरिकलाई न्यानो ज्याकेट वितरण

shyam khatiwada

समाजसेवी उप्रेतीको पहलमा राप्रपा दोलखाद्धारा आठ थान अक्सिजन कन्सन्ट्रेटर वितरण

shyam khatiwada

झन्डै ५ बर्ष कर्येकाल मा न्याय हेल्थ नेपाल दोलखा को सफलता

sanjeet
Gaurishankar Post