Gaurishankar Post
राजनीति समाचार

इमानका पक्का बर्मा लामा दोलखा ख मा अगाडी, ठुलोे अन्तरले जित निकाल्ने उद्घोष


दोलखा २२ कात्तिक,,,
नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा बचनका पक्का र इमानदार नेता हुन् । उनि लोकतान्त्रीक बाम गठबन्धनका तर्फबाट दोलखा ख मा प्रदेश सभा सदस्य पदमा निर्वाचनमा होमिएका छन् । जिवनको महत्वपुर्ण समय राजनीतिमै खर्चिएका लामा सिंगो दोलखाली जनता र पार्टीका कार्यकर्ताबिच लोकप्रिय नेताका रुपमा परिचित छन् । उनै लामा र एमालेका तर्फबाट भरत केसी बिच यो पटक दोलखा ख मा पेचिलो प्रतिष्पर्धा हुने देखिएको छ । उनिहरुसँगै दोलखा ख मा राप्रपाका राजन शिवाकोटी लगाएत साना दलका उम्मेदवारहरु पनि चुनाबी मैदानमा होमिएका छन् । तर अन्य दलका उम्मेद्वार बाहेक यस पटक मुख्य प्रतिष्पर्धा भने बर्मा लामा र भरत केसी बिचनै हुने भएको छ ।
बर्मा लामा दोलखाको मेलुङ गाउँपालिकामा जन्मिएको भएपनि विगत ३० वर्षदेखि दोलखा सदरमुकाम चरिकोटमा घर बनाएर बसेका नेता हुन् । राजनीतिक जिवन विताइरँहदा लामाले दोलखा ख मा धेरै सेवा र श्रम खर्च गरिरहेका छन् । त्यसैले पनि कांग्रेसले उनलाई दोलखा ख मा चुनाव लड्न भन्दै उम्मेदवार बनाएको उनि निकट कार्यकर्ताहरु बताउछन् । यसपटक गठबन्धन समेत भएकाले उनले सजिलै ठुलो अन्तरका साथ जित हात पार्ने कांग्रेसको विस्वास छ । उनले निर्वाचन जित्नुमा सबैभन्दा महत्वपुर्ण विषय भनेको जनतामाझ इमानदारीता हो । उनले आजसम्म झुटको खेति नगरेको लाभको पद नलिएको र सँधै जनतामाझ दुख सुख साट्दै राजनीतिमा लागिरहेका कारण पनि उनि निकै पपुलर बनेका हुन् । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि महत्वपुर्ण कमाण्ड सम्हालेका नेता लामा दोलखा कांग्रेसका सफल सभापति हुन् । दोलखा ख का अधिकांस स्थानीय तहमा गठबन्धनले निर्वाचन जितेका कारण पनि लामालाई यो पटक निकै सहज छ । उनले पाटीका अगुवा कार्यकर्ताहरुलाई गठबन्धनको पक्षमा डटेर लाग्न र यो पटक एमालेलाई दोलखाबाट निष्तेज पार्न पटक पटक आग्रहसमेत गरिरहेका छन् । चुनावी अभियानका क्रममा पनि उनको पक्षमा राम्रो लहर देखिएको छ । जनजाती समुदायका नेता लामा सबैलाई समान ढंगले हेर्नुपर्ने तर्क गर्छन , तैपनि उनलाई अन्य दलका जनजाती नेता कार्यकर्ताहरुले पनि खुलेर सघाउने तयारी गरेका छन् । एमालेप्रतिको घट्दो आकर्षशण समेत दोलखा ख मा उनिमाथी थपिएको उनि निकट नेताहरुको भनाई छ ।

याे पढ्न छुटाउनु भयाे की ?

वडाको बजेट मनोपरि गरेको भन्दै भीनपा ८ बोचमा कांग्रेसले गर्‍यो तालाबन्दी

shyam khatiwada

प्रदेशको लगानीमा दोलखाका ६ वटा सडक विस्तार हुँदै , सांसद चौलागाइ भन्छन सडक सहित सिंगो विकासमा खटिएका छौं

shyam khatiwada

नेपाली कांग्रेस दोलखाको महाधिबेशन प्रतिनिधि( दलित) तर्फ नबराज रिजालको उम्मेदवारी घोषणा

shyam khatiwada
Gaurishankar Post