Gaurishankar Post
नेपाल समाचार

ईन्जिनियर शसक्त हुनुपर्नेमा पौडेलेको जोड , बागमती प्रदेश सभापतिमा सघाउन आग्रह

नेपालको ईन्जिनियरिङ् क्षेत्रमा निस्वार्थ योगदान र परिवर्तनको पर्याय बन्दै आउनुभएका ई रोहिणी पौडेलले ईन्जिनियरहरु समग्र राष्ट्र निर्माणको मूल मानवशक्ति भएको कारणले आफ्नै ईन्जिनियरिङ्ग पेशाका मुद्दा तथा विषयहरुमा कसैसँग गुनासो गर्नु भन्दा पनि सँस्थागत रुपमा सशक्त रुपमा आफुलाई उभ्याउन सक्नुपर्ने बताउनु भएको छ । “ईन्जिनियरहरुका साझा सवाल र समाधान“विषयमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले त्यस्तो सँस्थागत प्रयत्नहरुलाई बुलन्द गर्न ईन्जिनियरहरुले नेपाल ईन्जिनियर्स एसोसिएसन जस्ता व्यवसायिक सँस्थाहरुमा सशक्त चासो र उपस्थिति जनाउनु पर्ने उल्लख गर्नुभएको हो । सँस्थाहरुलाई सबल बनाउन सामुहिक प्रयत्न गरिनुपर्ने बताउदै ई.रोहिणी पौडेल फाल्गुन २७ गते हुने नेपाल ईन्जिनियर्स एसोसिएसनको दोस्रो बाग्मति प्रदेश कार्यकारिणी समितिको सभापति पदमा सिडेनको तर्फबाट प्रत्यासि रहनु भएको छ । आफ्नो विगतको व्यक्तिगत, पेशागत तथा सँस्थागत अनुभवको आधारमा ईन्जिनियरिङ्ग क्षेत्रका थुप्रै समस्या र तिनको समाधानका सोचहरु मनमा खेलिरहेकोले त्यसैलाई मुर्तरुप दिन ईन्जिनियरहरुकै सँस्थाको नेत्वमा रहेर काम गर्ने आफ्नो ईच्छा रहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा उम्मेद्ववारि पश्चात आफु र आफ्नो कामलाई नजिकबाट नियालेका अग्रज तथा साथिभाई हरु बाट प्राप्त हौसला र साथ समर्थनबाट निकै उत्साहित बनेका पौडेलले यसले आफुलाई झनै जिम्मेवारि र उर्जा प्रदान गरेको बताउनुभएको छ । यसै आधारमा उहाँले सात “स“मा आधारित रहेर आफ्ना प्रतिबद्धता पेस गर्नुभएको छ । १. सहयात्री– गौरवपूर्ण इन्जिनियरिङ्ग पेशामा आबद्द भएर राष्ट्रको उन्नतिमा तपाईँ–हामि काम गर्दैछौँ, आउनुहोस् हाम्रा साझा एजेण्डामा हामि सँगै हिडौँ । २. सहकारिता–हामिले हाम्रो एक अर्काको सुख दुःखमा सहकार्य गरेर नै पेशागत सन्तुष्टि पाउने छौँ, सहकारिता हाम्रो शक्ति हो । ३. सहयोग– हाम्रा मुद्दाहरु धेरै हदसम्म साझा छन्, हाम्रा सँस्थाहरु आपसि सहयोगको लागि प्रतिबद्द रहनुपर्छ। ४. सम्मान– समाजमा हाम्रो पेशागत सम्मान तथा हाम्रो सम्मानित र गुणस्तरीय जिवन निर्वाहको लागि सामुहिक प्रयासमा गोलबद्द बनौँ। ५. सुचना– इन्जिनियरको सुचना र इन्जिनियरलाई आवश्यक सुचना महत्वपुर्ण छन्, हामि त्यसप्रति सँस्थागत तथा प्राविधिक रुपमा सशक्त हुनुपर्दछ। ६. समानता– समानता वर्तमान विश्वको प्रमुख मुद्दा हो, हामि इन्जिनियरहरु समाजको समानता तथा आफ्नो सामुहिक समानतालाई प्रेम गर्दछौँ। ७. सहभागिता– विकासका पुर्वाधार मात्र होइन समाज विकासका हरेक पुर्वाधार हाम्रो सरोकारका विषय हुन, प्रत्येक क्षेत्रमा इन्जिनियरहरुको गौरवमय सहभागिता सुनिश्चित गरौँ । यिनै सात “स“को बृहत सोचलाई मुर्तरुप प्रदान गर्न केहि आधारभुत घोषणा तथा प्रतिबद्दताहरु केन्द्रको साझा घोषणापत्र तथा प्रदेश तहमा विस्तृत प्रतिबद्दता पत्रमा समेत व्याख्या गर्नुभएको छ । यसमा संलग्न विविध मुद्दा तथा घोषणाहरु प्रति आम ईन्जिनियरहरुको प्रतिबद्दता, सुझाव तथा साथ समर्थनको अपेक्षा राख्दै आफ्नो सम्पर्क र सम्बन्धमा रहनुभएका सम्पुर्ण सरोकारवाला महानुभाव हरुसमक्ष आफ्नो अनुरोध पुर्याईदिनुहुन उहाँले अनुरोध गर्नुभएको छ । मतदाताको अमुल्य मतको प्रत्यासि रहँदै गर्दा उहाँहरुको छनौटको अधिकार तथा त्यसको अनमोल मुल्यप्रति जिम्मेवार रहने र मत र मनको प्रतिनिधि बन्ने ई.रोहिणी पौडेलले प्रतिबद्दता व्यक्त गर्नुभएको छ । नेपाल ईन्जिनियर्स एसोसियसनको ३३ औँ कार्यकारिणी समिति तथा सातै प्रदेशका दोस्रो कार्यकारिणी समितिको निर्वाचन यहि २०७८ साल फाल्गुन २७ गते सम्पन्न हुन गईरहेको छ । यसै निर्वाचन मार्फत नेपाल ईन्जिनियरिङ्ग काउन्सिलको लागि नेपाल ईन्जिनियर्स एसोसिएसनका ५ जना प्रतिनिधि सदस्यको समेत चयन हुने छ । लोकतान्त्रिक ईन्जिनियरहरुको साझा सँस्था सिडेन, ई डा हरि बहादुर दर्लामिको नेतृत्वमा केन्द्रमा तथा सातै प्रदेशको निर्वाचनमा ऐक्यबद्द रुपमा सामुहिक ढंगले होमिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

बिआरआई सहयोगका लागि भर्चुअल अन्तरक्रिया

shyam khatiwada

शरणार्थी प्रकरणमा मुछिएकालाई कार्वाही हुने कुरा संकास्पद छ – बरिष्ठ उपाध्यक्ष मिश्र

shyam khatiwada

छिचोलियो नुप्चे—लिखू जलविद्युतको आयोजनाको सुरुङ, आगामी साउनमा विद्युत उत्पादन हुने

shyam khatiwada
Gaurishankar Post