Gaurishankar Post
अर्थ र बाणिज्य देश

उद्योग वाणिज्य महासंघको प्रदेश सदस्यमा उम्मेद्धारी दिदै व्यवसायी रिमाल


दोलखा ८ पौष
नेपाल उद्योग वाणिज्य महासंघको यही पौष ११ मा हुन गैरहेको प्रदेश कार्यसमितिको निर्वाचनमा दोलखाका व्यवसायी हेमराज रिमालले प्रदेश कार्यकारिणी सदस्य पदमा उम्मेद्धारी दिने तयारी गरेका छन् ।
दोलखा उद्योग वाणिज्य संघमा लामो समय देखि अनवरत रुपमा कार्यसम्पादन गरिसकेका व्यवसायी रिमालले प्रदेश समिति सदस्य पदमा उम्मेद्धारी दिन लागेका हुन् ।

दोलखा उद्योग वाणिज्य संघबाट प्रदेश महाधिबेशन प्रतिनिधि छनोट भएका रिमालले प्रदेशको कार्यकारिणि सदस्य पदमा रहेर व्यवसायीको हकहित र पेषागत सुरक्षाका लागि काम गर्न आफ्नो उम्मद्धारी रहेको जानकारी दिए । उनलाई बागमती प्रदेश भरिका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले मतदान गर्नुपर्ने छ । हाल दोलखा उद्योग वाणिज्य संघको महाँसचिब रहेका रिमालले झण्डै २ दसकको अवधिमा विभिन्न पदमा रहि उद्योगी व्यवसायीको क्षेत्रमा काम गरिसकेका छन् ।

दोलखाको बैतेश्वर गाउँपालिका ७ मार्बुमा जन्मिएका रिमाल चरिकोटमा निर्माण व्यवसाय र हार्डवयेरको व्यवसायमा आबद्ध छन् । उनि महासंघको प्रदेश सदस्य निर्बाचित भएपछि दोलखाली व्यवसायीहरुलाई प्रदेश सरकारसँगको समन्वय देखि यावत विषयमा निकै सहज हुने दोलखा उद्योग वाणिज्य संघको निष्कर्श छ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रिीय सदस्य रामेश्वर मानन्धरले उद्योग वाणिज्य संघका कुटिल उद्योगी नेताको रुपमा आफ्नो छबि बनाउन सफल व्यवसायी रिमाललाई निर्वाचित गराउन बागमति प्रदेश भरका जिल्ला तथा नगर उद्योग उद्योग वाणिज्य संघहरुलाई अनुरोध समेत गरेका छन् । रिमालको प्रदेश समितिमा हुने प्रतिनिधित्वले निकै ठुलो महत्व राख्ने बागमति प्रदेश समितिको अध्यक्षका उम्मेद्धार दिल शुन्दर श्रेष्ठले बताए ।

याे पढ्न छुटाउनु भयाे की ?

लापिलाङका पहिरोपिडितलाई कांग्रेस सांसद जिपछिरिङ लामाको राहत सहयोग

shyam khatiwada

विकट गाउँ कालिञ्चोकको छिपुङमा पहिलोपटक पुग्यो यात्रुबाहक बस

shyam khatiwada

११ वर्ष पछि सञ्चालनमा आयो सिंगटी–लामोसाँघु प्रसारणलाइन

shyam khatiwada
Gaurishankar Post