Gaurishankar Post
कला र संस्कृति ब्रेकिंग वाग्मती

एक्जिम बैंकले जिम्मा लिएको दोलखाका ४६ गुम्बाको पुनर्निर्माण हुन सकेन , अन्य दर्जनौं अलपत्र


श्याम खतिवडा
दोलखा २ असोज

भुकम्प पछि दोलखाका ४६ वटा गुम्बाको पुनर्निर्माण गर्ने जिम्मा पाएको भारतिय एक्जिम बैंकले बजेट उपलब्ध नगराएपछि ति गुम्बाको पुनर्निर्माण अनिश्चित भएको छ ।
भुकम्पबाट भत्किएका दोलखाका ८६ गुम्बाहरुमध्ये ४६ वटा गुम्बाको पुनर्निर्माण गर्ने सहमति जनाएको एक्जिम बैंकले बजेट उपलब्ध नगराएपछि गुम्बा पुनर्निर्माणको काम अनिश्चित बनेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको दोलखास्थित अनुदान व्यवस्थापन तथा पुर्वाधार कार्यालयले एक्जिम बैंकले बजेट नपठाएपछि गुम्बा पुनर्निर्माणको काम अघि बढ्न नसकेको जनाएको छ । कार्यालयका निमित्त प्रमुख अश्विन पोखरेलले जिल्ला भरका ८६ गुम्बाहरु मध्ये एक्जिम बैंकको लगानीभन्दा बाहेक प्राधिकरण आफैंले १० वटाको मर्मतको काम अघि बढाएकोमा ८ वटाको काम सम्पन्न भएको र २ वटा भने बाँकी रहेको बताएका छन् । उनका अनुसार केही गुम्बाको पुनर्निर्माण पुरातत्व विभागले गरिरहेको छ । पुरातत्वले भिक्षणु उत्पादन गर्ने नेपालकै पहिलो विगु गुम्बा र विशेष महत्वको चरिघ्याङ गुम्बाको निर्माण व्यवसायी मार्फत पुनर्निर्माण गरिरहेको छ । पुरातत्वले १ सय वर्षभन्दा पुरानो र २ हजार स्क्वाएर फिट भन्दा धेरै क्षत्रफल भएका गुम्बाहरुको मात्र पुनर्निर्माण गर्ने भएकाले साना र कम क्षेत्रफलमा बनेर भुकम्पबाट भत्एिका गुम्बाहरु अलपत्र परेका छन् ।

प्राधिकरण अन्तर्गतको केन्द्रिय आयोजना कार्यान्वयन इकाइले एक्जिम बैंकको सहयोगमा दोलखाका ४६ वटा गुम्बा पुनर्निर्माण गर्न १९ करोड ८५ लाख ४५ हजार बजेट उपलब्ध हुने विवरण पठाएको थियो । उक्त बजेट प्राप्त नभएपछि प्राधिकरणले स्रोतान्तर गरि बजेट व्यवस्था गर्ने विषयमा पटक पटक अनुरोध गरिएपनि ति गुम्बा पुनर्निर्माणको बारेमा निष्कर्श निस्किएको छैन । एक्जिम बैंक र पुरातत्व विभाग बाहेक प्राधिकरण आफैंले पुनर्निर्माण गर्ने भनिएका झण्डै डेड दर्जन गुम्बाहरुको समेत काम सुरु हुन सकेको छैन । समयमा गुम्बा पुनर्निर्माण हुन नसकेपछि स्थानीयहरु चिन्तित बनेका छन् । दोलखाको विगुमा रहेको मगर गुम्बा भवन अभाब भएपछि कटेरोमा मुर्ति राखेर पुजा गरिरहेको स्थानीय निमटासी शेर्पा बताउछन् । पुनर्निर्माण हुन नसकेका गुम्बाहरुमा नियमित पुजा आजाको काम समेत गर्न गारो भएको बौद्धधर्मालम्बीहरुको गुनासो छ । पुनर्निर्माणको आशामा रहेका ति गुम्बाहरुमा अहिले पनि जस्ताको टहरोमा मुर्ति राखेर पुजा आजा भैरहेको छ । विगुका निमटाशी शेर्पाले अव्यवस्थीत कटेरोमा मुर्ति राखेर नियमित पुजा गरिरहेको भएपनि थुप्रै चुनौति रहेको बताए । उनका अनुसार गुम्बामा हुने महत्वपुर्ण मुर्तिहरु विशेष महत्वका साथै बहुमुल्य हुने र त्यसको संरक्षणमा सबैभन्दा धेरै समस्या रहेको बताए ।
प्राधिकरणले यो वर्ष ६ गुम्बाको पुनर्निर्माण गर्ने
पुनर्निर्माण प्राधिकरणको दोलखास्थित अनुदान व्यवस्थापन तथा पुर्वाधार कार्यालयका निमित्त प्रमुख अश्विन पोख्रेलले चालु आर्थिक वर्ष ६ वटा गुम्बाको पुनर्निर्माणका लागि बजेट प्राप्त भएको बताए । उनका अनुसार प्राधिकरणको केन्द्रिय आयोजना कार्यान्वयन इकाइले ६ वटा गुम्बाको पुनर्निर्माणका लागि २ करोड ८२ लाख बजेट पठाएको छ । उपभोक्ता समिति मार्फत निर्माण हुने ति गुम्बाको पुनर्निर्माणका लागि कम्तिमा २० देखि ५० प्रतिशत सम्म लागत सहभागिता जनाउनुपर्ने प्रावधान रहेको निमित्त प्रमुख पोखरेलले बताएका छन् । पुनर्निर्माण हुने ति गुम्बाहरुमा डिम्बर ओर्गेन गुम्बा विगु १, लप्चे गुम्बा भीनपा ८ ,ङग्युर पाङलेमा मनि गुम्बा जिरी १ , फटुक गुम्बा विगु ४ , फुचे छ्योलिङ गुम्बा भीनपा १ र जितगंगा छ्योर्तेङ गुम्बा शैलुङ १ रहेको प्राधिकरण कार्यालयले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

कालिञ्चोक खतिवडा सेवासमाजको प्रथम साधारण सभा, रेबन्तीको नेतृत्वमा नयाँ कार्यसमिति

shyam khatiwada

सिंगटी खोलाको आइपिओ आबेदन गर्ने समय अब २ दिन मात्रै बाँकी

shyam khatiwada

नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा दोलखाबाट ३ नेता केन्द्रिय सदस्यमा निर्वाचित

shyam khatiwada
Gaurishankar Post