Gaurishankar Post
ब्रेकिंग राजनीति वाग्मती

एमालेको १० औं महाधिबेशनका लागि दोलखाबाट सबै प्रतिनिधि सर्बसम्मत


दोलखा २६ कात्र्तिक
नेकपा एमालेको दसौं महाधिबेशनका लागि दोलखाबाट सबै प्रतिनिधिहरु सर्बसम्मत चयन भएका छन् ।
महाधिबेशन प्रतिनिधि छनोटका लागि शनिबार चरिकोटमा कार्यकर्ता भेला आयोजना गरेको अघिल्लो दिननै सबै महाधिबेशन प्रतिनिधिहरु सर्बसम्मत चयन भएका हुन् । नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेललका अनुसार आकांक्षी उम्मेदवारहरुको सहमतिमा सबै प्रतिनिधि निर्विरोध सर्बसम्मत ढंगले चएन गरिएको हो । सर्बसम्मत चयन भएका महाधिबेशन प्रतिनिधिहरुमा खुलातर्फ ईश्वरचन्द्र पाखरेल, डबल पाण्डे , भरत प्रसाद दुलाल, कृष्ण भुजेल र हर्क पाख्रिन छन् । त्यस्तै दलित तर्फ शुन्दर लामिछाने र टेक बहादुर घतानी रहेको निर्वाचन समितिले जनाएको छ । भुगोल तर्फबाट बालकृष्ण शिवाकोटी, भरत बहादुर केसी,नर बहादुर श्रेष्ठ, जिबस खड्का,हेमन्त चौलागाई, मित्र जिरेल, धन बहादुर तामाङ, ठुला थामी र शुभ शेर्पा चयन भएका छन् ।
महिला प्रतिनिधि तर्फ शान्ति पाख्रीन, कालिका पाठक, गाएत्री आचार्य , शान्ति कुमारी तामाङ, कमला बस्नेत , उर्मिला थामी र गोमा केसी चयन भएको अध्यक्ष इश्वरचन्द्र पोखरेलले जानकारी दिए । अध्यक्ष पोखरेलका अनुसार शनिबार सर्बसम्मत निर्वाचित भएका सबै महाधिबेशन प्रतिनिधिहरुलाई निर्वाचन समितिले प्रमाणपत्र हस्तान्तरण गर्ने र अन्य औपचारिक कार्यक्रम नहुने जनाएका छन् । दोलखा एमालेमा १५ हजार ५ सय २३ जना संगठित सदस्य छन् । संगठित सदस्य संख्याको आधारमा २३ जना महाधिबेशन प्रतिनिधिका लागि ६९ जनाको मनोनयन दर्ता भएको भएपनि सर्बसम्मत छनोट भएको अध्यक्ष पोखरेलले जानकारी दिएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एमालेको भुगोलतर्फको जिल्ला कमिटि सदस्य पदमा टहल थामीको उम्मेद्धारी

shyam khatiwada

दोलखाली पत्रकारको आइसुलेसनमा गौरीशंकर बिजनेस ग्रुप जापानको सहयोग

shyam khatiwada

दोलखाको चरणावतीमा नवाहा ज्ञान महायज्ञको तयारी तिब्र

shyam khatiwada
Gaurishankar Post