Gaurishankar Post
ब्रेकिंग राजनीति

एमालेलाई दोलखामा विगतकै अवस्थामा फर्काउन मेरो उम्मेद्धारी – उपसचिब उम्मेद्धार विदुर शर्मा


दोलखा २२ माघ,,
नेकपा एमालेलाई दोलखामा विगतझै तिनवटै तहको नेतृत्वमा पु¥याउन आफुले जिल्ला कमिटिको उपसचिब पदमा उम्मद्धारी दिएको नेता विदुर शर्माले बताएका छन् ।
पाटीलाई सुदृढ र व्यवस्थित बनाउन आफुले उपसचिब पदमा उम्मेद्धारी दिएको बताउदै शर्माले २०८४ को तिन वटै तहको निर्वाचनमा एमालेलाई विगतकै अवस्थामा फर्काउने बताएका हुन् । शर्माले ग्रासरुटको संगठनलाई तिब्रताका साथ सुदृढिकरण गरी दोलखाली जनताको मनमनमा एमाले बनाउने गरी काम गर्न पाटिको पदाधिकारी बन्न खोजेको बताएका छन् । यसअघि एमालेको पटक पटक जिल्ला कमिटि सदस्य भैसकेका शर्मा व्यक्तिगत ढंगबाट पनि सामाजिक सेवाका काम गर्दै आएका नेता हुन् । उनले यस अघि जिल्ला समन्वय समितिको सदस्य रहेर पनि एक कार्यकाल कार्यसम्पादन गरिसकेका छन् । व्यक्तिगत कमाइबाट समाजसेवा गर्दै आएका शर्माले दोलखाका सयौं गरिब तथा असहायहरुलाई सहयोग गरेका छन् । भुकम्प पछिको राहत उद्धार भनौं या कोरोना महामारीको विकराल अवस्थामा पनि शर्माले हजारौं दोलखालीहरुलाई उद्धार तथा आर्थिक सहयोग समेत गरेका छन् ।
हामीसँग कुरा गर्दै शर्माले भने मैले नेकपा एमालेको तल्लो तहका सबै जिम्मेवारीमा बसेर काम गरिसकेको छु , अब पदाधिकारी बनेर काम गर्ने आकांक्षा राख्दै चुनावी मैदानमा उभिएको छु , आशा छ यहाँहरुले मलाई विस्वास गर्नुहुनेछ ।
शर्माले जिल्लाभरबाट आएका प्रतिनिधिहरुलाई खुल्ला तर्फको उपसचिब पदमा आफुलाई मतदान गरी विजयी गराउन आह्वान गरेका छन् । उनले पाटी सुदृढिकरण गराउन आफु लगाएतको जिल्ला नेतृत्व त्यसतर्फ केन्द्रित हुने बताएका छन् । उनले एमालेलाई समृद्ध र शुसासनमैत्री समाज निर्माणको जिम्मेवारी लिन पाटी नेतृत्व प्रभावशाली हुनुपर्ने वताउदै त्यसतर्फ केन्द्रित हुन आम मतदाता प्रतिनिधिहरुलाई आह्वान गरेका छन् । उनले भने एकपटक मलाई उपसचिब पदमा विजयी गराउनुहोस म काम गरेर देखाउनेछु । केन्द्रका नेताहरुसँग असाध्यै सजिलो पहुँच राख्ने शर्मा एमाले दोलखाको उपसचिव हुदा पाटीको हित हुने कतिपय नेताहरु बताउछन् ।
सोमबार एमाले दोलखाको दसौं जिल्ला अधिबेशन महासचिब शंकर पाखरेलले एक समारोहका बिच उद्घाटन गरेका छन् । अधिबेशनको बन्द सत्रले चार पदाधिकारी र सय जनाको जिल्ला कमिटि निर्वाचित गर्दै छ । अधिबेशनमा जिल्ला अध्यक्ष पदमा इश्वरचन्द्र पोखरेल, नरबहादुर श्रेष्ठ र भरत दुलाल बिच प्रतिष्पर्धा हुदै छ । पदाधिकारीमा पनि थुप्रै आकांक्षी छन् । उनिहरुबिचपनि निर्वाचननै हुने निर्वाचन कमिटिले जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाको च्छो–रोल्पा अस्पतालमा“ट्रमा युनिट” सञ्चालन

shyam khatiwada

मोटरसाइकल र जिप ठोक्किँदा दोलखाको विगुका एक युवकको मृत्यु

shyam khatiwada

वैतेश्वर जग्गा प्रकरण , छानविन समितिले गर्यो प्रतिबेदन सार्वजनिक

shyam khatiwada
Gaurishankar Post