Gaurishankar Post
समाचार

एमाले दोलखाकी प्रभावशाली महिला नेतृ सुबेदी , उपसचिबमा भिड्दै , यस्तो छ उनको संघर्षको कथा


दोलखा २३ माघ,,
नेकपा एमाले दोलखाको दसौं जिल्ला अधिबेशन चलिरहेको छ । नेतृत्व परिवर्तन सहितको अधिबेशन भएकाले नेता कार्यकर्ता चुनावी दौढधुपमा व्यस्त छन् । यहि भिडमा लामो समय पाटीसंगठनमा काम गरेकी महिला नेतृ मेनुका सुबेदी पनि चुनावी प्रतिष्पर्धामा उभिएकी छन् । जिल्लाको भीमेश्वर नगरपालिका २ राम्पाकी सुबेदी यो पटक पार्टीको पदाधिकारी अर्थात एमाले दोलखाको जिल्ला कमिटि उपसचिब पदमा प्रतिष्पर्धामा उत्रिएकी छन् । संगठनमा लामो समय दुख गरेकी उनि अहिलेसम्म संसदीय राजनीतिमा भागबण्डा र गुटका कारण पछि पारिएकी नेतृ हुन् । तर यो पटक भने उनी कार्यकर्ताको रोजाइमा पर्ने विस्वास एमालेका शिर्ष नेताहरुले गर्दै आएका छन् । यो अधिबेशनमा उनि निकै चर्चित उम्मेद्धारका रुपमा परिचित छिन् । उनले पाटीभित्र महिला सहभागीताको सवालमा निकै महत्वपुर्ण भुमिका निर्वाहा गरेका कारण पनि आम मतदातामो मन जित्नेमा उनि आशाबादी रहेको बताउछीन् ।

यस्तो छ उनको राजनीतिक संघर्षका कथा,,

२०६२र६३ सालको जनआन्दोलनको राप बढ्दै थियो । देशभरी जस्तै सदरमुकाम चरिकोटमा समेत दिनहुँ प्रर्दशन भईरहन्थ्यो । प्रर्दशनमा प्रहरी धरपकड बढ्दो थियो । सेना आफै फिल्डमा उत्रिएर आन्दोलनकारीलाई मनोबैज्ञानिक त्रास श्रृजना गरिरहन्थ्यो ।

चरिकोटमा जनआन्दोलनका बेला हुने जुलुस तथा र्यालीहरुको अघि अघि एउटी महिला क्यामेरा बोकेर तस्विर खिच्दै हिड्थीन । जिल्लामा भएको आन्दोलनका सम्पूर्ण गतिविधिको तस्विर खिच्ने, निगरानी गर्ने, प्रहरी हस्तक्षेप र धरपकडलाई नियालेर कैद गर्ने उनको मुख्य काम थियो । चरिकोटको जनआन्दोलनमा मानवअधिकार ‘डिफेण्डर’ का रुपमा खटिएकी मेनुका सुवेदीको क्यामेराका अगाडी प्रहरीहरु हस्तक्षेप गर्न, लाठी प्रहार गर्न, नियन्त्रणमा लिन खोज्दा सतर्क बन्थे । मेनुका मानवअधिकार उल्लंघन गर्ने प्रहरी गतिविधिलाई तुरुन्तै कैद गरिहाल्थिन् । मानवअधिकार क्षेत्रका निकायहरुमा पठाउथिन र सार्वजनिक गरिहाल्थिन । जसले प्रहरी कमाण्डरहरु हच्कीन्थे ।

जनआन्दोलनमा ‘ह्युमन राईट्स डिफेण्डर’ का रुपमा खटिएकी मेनुकाले संकलन गरेका तस्विर आज पनि दोलखाको जनआन्दोलनको ऐतिहासिक दस्तावेज बनेका छन् ।

जनआन्दोलनकी ‘डिफेण्डर’ मेनुका आज नेकपा एमाले दोलखा भित्र महिला आन्दोलनबाट उदाएकी लोकप्रिय नेतृ बनेकी छिन् । उनी नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष हुन् ।

भीमेश्वर नगरपालिका २ दोलखा राम्पाकी मेनुका स्कुले उमेर देखी नै अनेरास्ववियुमा सक्रिय बनिन् । भीम मावि पढ्दा २०५० सालमै अखिलको सदस्य बनेकी मेनुका अखिल पछि महिला तथा मानवअधिकारको क्षेत्रमा सक्रिय बनिन् ।

जनआन्दोलन पछि हिंसा पिडित महिलाहरुको उद्धार तथा पुर्नस्थापनाको क्षेत्रमा काम गरेकी उनी सामाजिक अभियानमा समेत निरन्तर क्रियाशिल रहिन् । सोही वापत उनलाई २०६७ सालमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला आन्दोलनको ‘अब्बल महिला नेतृ’का रुपमा बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको तर्फबाट चरिकोटमा सम्मान समेत गरिएको थियो । राष्ट्रिय महिला अधिकार मञ्चमा समेत काम गरेकी मेनुकाले दोलखाको महिला आन्दोलन र महिला अधिकारलाई नजिकबाट बुझेकी छिन् ।

सामाजिक क्षेत्र पछि मेनुकाले पार्टी संगठनमा काम गर्ने बिचर गरिन् । २०५२ देखी नै नेकपा एमालेको संगठीत सदस्य रहेकी उनी भीमेश्वर नगर कमिटिको सदस्य बनेर बनेर नगरमा नेकपा एमालेको संगठन बिस्तारमा खट्न थालिन । नगर कमिटि उपसचिव बनेपछि भीमेश्वर नगरपालिकामा पार्टीको संगठन बिस्तार, बैठक भेला प्रशिक्षण लगायतमा नगरका अन्य नेताहरु सहित मेनुका निरन्तर खटिरहिन् ।

२०७४ सालमा स्थानीय तहको पहिलो र ७९ मा दोस्रो निर्वाचन हुदा उनलाई पार्टी भित्र भीमेश्वर नगरपालिकामा उपमेयरको उम्मेदवारका रुपमा समेत चर्चाको पात्र बनाईयो । तर गुटगत प्रभाव र आन्तरिक संघर्षको चेपुवामा परेर दुवैपटक टिकट पाईनन् । पार्टीले एकै व्यक्तीलाई उपमेयरमा दुईपटक दोहोर्यायो ।

संसदीय तथा स्थानीय चुनाव नै राजनितिको अन्तिम केन्द्रविन्दु हो भन्ने कुरामा मेनुका विश्वास नगर्ने महिला नेतृमा पर्छिन् । त्यसैले हरेस नखाई पार्टी संगठनमा खटिईरहन् ि। पार्टी भित्र महिलाहरुको सवालमा वकालत गर्ने उनी अनेमसंघमा समेत सक्रिय थिईन् । गत असोजमा सम्पन्न जिल्ला अधिवेशनबाट अनेमसंघको जिल्ला अध्यक्ष पदमा निर्वाचित भईन उनी ।

अनेमसंघको अध्यक्ष भएपछि मेनुकाको दौडधुप झनै बढ्यो र यो बिचमा सबै पालिका स्तरको अधिवेशन सम्पन्न गरिसकेकी छिन् । पार्टी भित्र महिला उपस्थिती बढाउन बिशेष अभियान चलाएकी मेनुका दोलखा एमालेको जारी जिल्ला अधिवेशनमा संगठीत सदस्यको ३३ प्रतिशत महिला आउनैपर्ने बाध्यात्मक ब्यबस्थाकै कारण अधिवेशनमा महिलाहरुको सहभागिताले पार्टी भित्र महिलाहरुको आकर्षण बढेकोमा खुसी छिन् । अनेम संघको ७४ ओटै वडा र ९ ओटै पालिकामा सञ्जाल रहेको छ ।
मेनुका अब पार्टी भित्र सक्रिय राजनितिमा जोडिने मनस्थितीमा छिन् । भीमेश्वर नगरपालिका सहित जिल्लाका बिभिन्न पालिकाहरुमा महिलाहरुलाई अवसरको समानुपातिक बाँडफाड गर्न र दोलखामा एमालेको सांगठनिक उचाई सहितको बिरासतलाई अझ बढी उचाईमा पुर्याएर जिल्लाभर सुर्यको झण्डा फहराईरहन एउटा ईमान्दार सिपाहीका रुपमा काम गरिरहने मेनुकाको दृढ संकल्प छ ।

उनले दोलखा एमालेको जिल्ला अधिवेशनमा महिला तर्फको उपसचिव पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । यि लोकप्रिय महिला नेतृलाई धेरैले दोलखा एमालेको जिल्ला कमिटि भित्र पदाधिकारीमा पुग्ने सम्भावीत अनुहारका रुपमा हेरेका छन् । अनेमसंघमा सफल उनलाई पार्टीको अधिवेशनमा उपसचिव पदका कडा प्रत्याशी ठानेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

पशुपतिडाँडा पिएचसी सडकको काम धमाधम सुरु , मौसम उपयुक्त भए तत्काल कालोपत्रे हुने

shyam khatiwada

११ वर्ष पछि सञ्चालनमा आयो सिंगटी–लामोसाँघु प्रसारणलाइन

shyam khatiwada

आगलागी पिडित अधिकारी परिवारलाई कालिञ्चोक सरोकार समाजको आर्थिक सहयोग

shyam khatiwada
Gaurishankar Post