Gaurishankar Post
देश स्थानीय समाचार

कवि एवं साहित्यकार मान बहादुर खड्का (एमबी) सम्मानित


दोलखा १ माघ,,
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले दोलखाका सकृय कवि एवं साहित्यकार मान बहादुर खड्का -एमबी_ लाई सम्मानित गरेको छ । शनिबार चरिकोटस्थित शुभेच्क्षा होटलमा आयोजित साहित्यीक पत्रिका प्रदेय को सार्वजनिक एवं पुरस्कार वितरण समारोहमा खड्कालाई सम्मान गरिएको हो ।

पत्रकार एवं साहित्यकार चिरञ्जीवी मास्केले आफ्नो जन्मदिने आमा र कर्म दिने आमाको नाममा स्थापना गरेको विष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मान २०७८ बाट कवि खड्कालाई सम्मान गरिएको पुरस्कार समितिका संरक्षक मास्केले जानकारी दिए ।
भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसीले कवि खड्कालाई नगद दश हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरी खादा ओढाएर सम्मान गरेका थिए। खड्का भीमेश्वर नगरका प्रमुख प्रशासकिय अधिकृत समेत हुन् । पुरस्कार समितिले विगत १० वर्षदेखि निरन्तररुपमा प्रदेय साहित्यीक पत्रिकाको प्रकाशन गर्दै जिल्लाका विभिन्न पर्यटकिय गन्तब्य तथा धार्मीक सांस्कृतिक र सायीत्य क्षेत्रको विकासमा सहयोग गर्दै आएको समितिका सचिब जीवन लामाले जनाएका छन् । सम्मानित हुने खड्काले दोलखाको सायीत्य क्षेत्रको विकासका लागि अतुलनिय सहयोग गर्दै आएको कार्यक्रमका सहभागीहरुले जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

कोरोना महामारीमा गजेन्द्र स्मृति बाबरेको एम्वुलेन्समा छुटको प्याकेज घोषणा

shyam khatiwada

दोलखामा पहिलोपटक खुल्यो दुई तारे होटल एम्ब्रोसिया

shyam khatiwada

समाजसेवी उप्रेतीद्धारा रत्नराज्य स्कुलमा खोलिएको आइसुलेसन वार्डलाई ५० हजार सहयोग

shyam khatiwada
Gaurishankar Post