Gaurishankar Post
ब्रेकिंग

कवि तथा निबन्धकार श्रीबाबु कार्की सम्मानित

विराटनगर – नारी स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको स्रष्टा सम्मानमा कवि तथा निबन्धकार श्रीबाबु कार्की लगायत चार स्रष्टाहरू सम्मानित भएका छन् । विराटनगरमा आयोतित एक भव्य कार्यक्रममा विभिन्न विधाका पाँच स्रष्टाहरूलाई वरिष्ठ कवि एवम् प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा सम्मान गरिएको हो ।

‘मोहनलता स्रष्टा सम्मान – २०८०’ बाट इलामेली स्रष्टा वरिष्ठ कवि विमल वैद्य, ‘कविराज स्रष्टा सम्मान -२०८०’ कवि तथा निबन्धकार श्रीबाबु कार्की उदास, ‘उत्कृष्ट वर्ष पुस्तक पुरस्कार- २०८०बाट ‘चोभार ब्लुज’का लागि निकथाकार विक्रमभक्त जोशी, ‘राजेन्द्र-हेमलता स्रष्टा सम्मान-२०८०’ मुक्तककार आरती पाेखरेल, ‘काेशी प्रदेश लघुकथा सम्मान -२०८०’ लघुकथाकार मनीषकुमार शर्मा समित, यी सम्मानहरूमा ‘मोहन-लता स्रष्टा सम्मान’ पन्ध्रहजार रुपैयाँ राशि र प्रमाण-पत्र रहेको छ भने अन्य चार सम्मान ११ हजार रुपैयाँ राशि र सम्मान पत्र रहेको छ । मंसिर १ गते विराटनगरमा प्रदान गरिएको स्रष्टा सम्मानमा प्रमुख अतिथि कवि तथा प्राज्ञ विवश पोखरेल , विशिष्ट अतिथि पूर्व संसद तथा वरिष्ठ नाट्यकर्म खेम नेपाली लगायतले स्रष्टाहरूलाई सम्मान गर्नुभएको थियोे । कार्यक्रम नारी स्रष्टा समाजकी अध्यक्ष तथा कथाकार ममता मृदुलको अध्यक्षता र लक्ष्मी पोखरेलको कुशल संचालनमा सम्पन्न भएको थियोे ।

याे पढ्न छुटाउनु भयाे की ?

भीमेश्वरको टिकटबारे दोलखा एमालेमा विवाद , जिल्ला अध्यक्ष बिरुद्ध ८ नेताको प्रदेश कमिटिमा उजुरी

shyam khatiwada

दुईपटक पसिना आएपछि भीमेश्वरमा राष्ट्रप्रमुखको तर्फबाट क्षमा पुजा

shyam khatiwada

दोलखाबाट छुटेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २० जना घाइते

shyam khatiwada
Gaurishankar Post