१८ फागुन, दाेलखा
अनेकौं आशंका , अडकलवाजी , दवाव र धम्कीका बिच सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। सर्वोच्च अदालतको आफ्नो इतिहास र गरिमालाई आत्मासाथ गर्दै विधि विधान र संविधान रक्षाको लागि साहसिक र विवेक पुर्ण फैसला गरेर मुलुकलाई भयंकर अनिष्टवाट जोगाएको छ। त्यसकालागी सम्माननिय प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा र संवैधानिक इजलासका न्याय मुर्तिहरु! सहस्र बधाई र अनन्त धन्यवादका पात्र हुनुहुन्छ । यसैगरी हाम्र संपुर्ण न्यायीक निकायहरूमा गैर राजनीतिक र गैर संवैधानिक न्याय निरुपणमा समेत निष्पक्ष र निशुल्क न्याय सम्पादनको अपेक्षा मुलुकवासीले गरेका छन। प्रधानमन्त्री खड्ग प्रसाद वली फेरि वहकीयनन् र अर्को खड्ग प्रहार गरेनन् भने फैसलाको १३ दिन भित्र प्रतिनिधि सभाको वैठक सुरु हुनेछ । उनी आफै राजिनामा दिन्छन् कि अविश्वासको प्रस्ताववाट फालिन्छन वा वली र प्रचण्ड – माधव मिल्छन र उनिहरु विचकै मोलतोल वाट सरकार वन्छ केही भन्न सकिदैन। साविक नेपाल कम्युनिस्ट पार्टी एक भयनभने सरकार बनाउने खेल सुरु हुन्छ। भलै अनौपचारिक त सुरु भयकै छ। यो अवस्थामा नेपाली काँग्रेसको भुमिका प्रमुख हुन्छ। नेपाली काँग्रेस सरकारमा जाने विषयमा एक मत छैन। सभापति देउवा सत्ता साझेदारीमा भरपर्दो बिश्वास भयो र बैधानिक रुपमा नेकपा फुट्यो भने सरकारको नेतृत्व गर्ने पक्षमा देखिनु हुन्छ। केही नेताहरु सरकारमा जानुहुन्न भन्ने मत राखिराख्नु भएको छ। एक थरी त सरकारमा जाने हाम्रो म्याण्डेट होइन , प्रतिपक्षमा वस्नु पर्छ र उनीहरूलाई नै सरकार बनाउन दिनु पर्छ भन्ने सम्मका तर्क राखिराखेका छन्। पदाधिकारीको बैठकले पर्ख र हेरको रणनीति अक्तीयार गरेछ। राम्रै गर्यो। तर अहिलेको प्रश्न सरकारमा जानु हुन्छ कि हुदैन भन्ने होईन। प्रश्न त गैर जिम्मेवार र आत्मा केन्द्रित विकृत राजनीतिक चिन्तन , शैली र शोभावले श्रीजना गरेका आर्थिक , सामाजिक र राजनैतिक भाडभैलो र दिशा हिनतावाट मुलुक र जनताले भोग्नु परेको पिडा तथा कष्टवाट कसरी मुक्ति पाउने र यसकालागी काँग्रेसको भुमिका के ? भन्ने हो। सवै विकल्पहरु परिक्षण भै सकेको वर्तमान अवस्थामा जनतामा व्याप्त असंतोष, अविश्वास र आवेगलाई सम्बोधन गर्नु र नेपालको अन्तरास्ट्रिय सम्वन्थमा गिरेको साख र विश्वास आर्जन गर्नु भावि दिनका चुनौतीहरु हुन। यी सवै चुनौतीहरुको सामना गर्न देश भित्र र वाहिरवाट झिनो भए पनि नेपाली काँग्रेस संग आशा गरेको देखिन्छ। तर काँग्रेस आफै मुलुकको भविष्य र आफ्नो कार्यदिशामा कति स्पष्ट छ ? लामो प्रजातान्त्रिक अभ्यास र आन्दोलनका क्रममा भएका सकारात्मक र नकारात्मक उपलव्धी र अनुभवका विषयमा कति गम्भीर छ ? राष्ट्रिय एकताको हिमायती काँग्रेस आफैमा कति एकता बध्द छ ? विधीको शासन प्रजातन्त्रको मुल आधार हो। कति अनुसरण गर्न सक्यो र सक्छ ? अन्तरास्ट्रिय संबंधमा आफ्नो इतिहास र वर्तमानको समीक्षा गरेको छ कि छैन ? खुला अर्थ व्यवस्था अंगीकार गरेको काँग्रेसले लोककल्याणकारी ( समाजवादी ) कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सक्छ ? वड्दै गएको सामाजिक अनुशासन हिनता, यत्रतत्र सर्वत्र व्याप्त भ्रष्टाचार , न्याय संपादनमा रहको दोहोरो मापदण्ड कसरी अन्त गर्न सक्छ ? सरकार, नेता , पार्टी , पैसा र पाखुरीको हस्तक्षेप र प्रभावले कमजोर , अनुशासन हिन , भ्रष्ट , अपारदर्शी र विश्वास गुमेका सरकारी , संवैधानिक र गैरसरकारी निकायहरु सुधार गरेर सुशासन दिने आँट गर्न सक्छ कि सक्दैन ? कृषि , उद्योग , कलकारखाना , जलश्रोत , पर्यटन र प्राकृतिक साधन श्रोतको विकास , प्रवर्द्धन र अधिकतम उपयोग गरेर मुलुक संवृद्ध वनाउने र रोजगारी विकास गर्ने नयाँ सोच र ठोस कार्यक्रम के छ ? आर्थिक विपन्नता , रोजगारी र अवसरको खोजीमा विदेश पलायन नेपाली युवाहरुलाई देश भित्रै रोजगारी सिर्जना गरेर आकर्षित गर्ने योजना छ कि छैन ? विपन्न नेपाली जनताको पहुच बाहिर हुँदै गएको शिक्षा , स्वास्थ्य र सामाजिक सुरक्षाका सेवाहरु सर्वसुलभ बनाउने विधि के हो ? नागरिक स्वतन्त्रता , प्रेस स्वतन्त्रता र सवै खाले स्वतन्त्रताको ग्यारेन्टी गर्दै उत्तरदायित्व र सिमाहरु निर्धारण गर्नु पर्छ कि पर्दैन ? आर्थिक अनियमितता र भ्रष्टाचारको कारण धेरै होलान् तर आधारभूत आवस्यकता पूरा गर्न पनि पद दुरुपयोग भएका छन् । दण्ड , सजाय र पुरुष्कारको कडा व्यवस्था सहित पारिश्रमिक वा तलव तापमानमा यथेष्ट वृद्धि आवस्यक छ कि छैन ? विज्ञान र प्रविधि तथा व्यापक र वृहत् भौतिक पुर्वाधारको यौजनाबध्द दिगो विकासका लागि द्रुततर , ठोस र नवीन कार्यक्रम के छ ? राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहाले सुरु गरेर एकीकृत वनेको विशाल नेपाल यसको भु अखण्डता , राष्ट्रिय सुरक्षा , दुवै तर्फवाट मिचियका भुभाग फिर्ता र आर्थिक , राजनीतिक र सामाजिक विभेदवाट उत्पन्न असन्तुलन र जात, भेग , धर्म अनि लिङ्गका समस्याहरु समाधान गर्दै सवैलाई राष्ट्रिय मुल प्रवाहमा समाहित गर्न कुन विधि अक्तियार गर्छ काँग्रेस ? यी र यस्ता अनगिन्ती प्रश्नहरु काँग्रेस सामु छन। यी प्रश्नहरुको भरपर्दो , विश्वसनीय र प्रतिवद्ध जवाव र ठोस मार्गदर्शनका साथ विगतमा जानेर नजानेर भए गरेका भुल त्रुटिहरु लाई समीक्षा गरेर सुधार गर्दै जाने हो भने सरकारमा जानू उपयुक्त हुन्छ। राजनीति सत्ताको लागि हो। सत्ता प्राप्त गरेर देश दुनियाको भलो कल्याण गर्ने हो। काँग्रेस सत्ता नजादा कम्युनिस्टहरू पुनः मिलेर सरकार वनाउने , अल्पमतको सरकार वन्ने वा पुनः निर्वाचनमा जाने अवस्था आउन सक्छ ।अरु विकल्पहरु वाँकी छैनन् । यस अवस्थामा सरकार वन्यो भने पनि फेरि उहि रडाको , भाडभैलो ,भागवण्डा र खिचातानीले सरकार चल्ने अवस्था देखिदैन । लडाई झगडा, अन्योल अस्थिरता मनोमालिन्य झन वडेर देश संकट ग्रस्त अवस्थामा पुग्ने छ र यो परिस्थितिमा धेरै देखिएका र नदेखिएका गैर संवैधानिक र गैर राजनितीक शक्तिहरुको प्रवेश हुन सक्दछ। यो दुर्भाग्यपूर्ण भविष्यलाई रोक्न पनि काँग्रेस सरकारमा जानू आवस्यक छ।
काँग्रेस सत्तामा जादा वली वा प्रचण्ड( माधव दुई समूह मध्य एक संग सहकार्य गर्नु पर्ने अवस्था छ । वलीसंग सहकार्यमा जाँदा उनले गरेका असंवैधानिक र गैर कानुनी रुपमा पारित गरेका अध्यादेशहरु, नियुक्तहरु र सरुवा वडुवासवै वदर गर्नु पर्ने हुन्छ । जुन सहमति हुन कठिन छ र यो गठबन्धन तेती प्रकृतिक पनि देखिदैन । प्रचन्ड माधव समुह संग गठबन्धनमा जाँदा धेरै एजेन्डामा सहमति भएता पनि बिश्वस्नीयता र कार्यशैलीगत भिन्नताले समस्या पार्न सक्छ । प्रतिनिधि सभा बिगठन र गैरसंवैधानीक अध्यादेश जारी गरेकोमा राष्ट्रपति समेत दोषी देखिएकाले उनिहरुवाट महा अभियोग सम्मको प्रस्ताव आउन सक्दछ । माहा अभियोग प्रस्तावमा काँग्रस जान सहज देखिँदैन । काँग्रेस सहमत भएता पनि दई तिहाईका लागि अरु साना दलहरुको समर्थन आवश्यक छ । अनुमान गरौँ महाअभियोगबाट बिद्यादेवी भन्डारी बर्खास्त भईन र नयाँ राष्ट्रपति निर्वाचीत गर्नुपर्ने भयो । समीकरणको सामान्य सीद्घान्तमा प्रधानमन्त्री काँग्रेसको भागमा आएपछी राष्ट्रपति कम्युनीस्ट लाई छाड्नुपर्ने हुन्छ । कम्युनीस्ट राष्ट्रपति हुँदा पदीय मर्यादा हैसीयत र विवेकले काम नगरेको प्रमाणीत भएको छ । ब्यक्त नगरे पनि मित्र राष्ट्रहरुले र शक्तिशाली सरकारी संयन्त्रले समेत सहज रुपमा लिदैनन् । निर्णय लिन अप्ठ्यारो छ । सत्ता समिकरण सहज देखिदैन । नेपाली काँग्रेसका नेताहरु परीपक्व र दुरदर्शि निर्णयमा पुगुन हाम्रो शुभकामना ।
गल्लीको वोलीमा लोली मिलाएर रमाउनेहरुका कुरा छाडौँ । यस्ता चिन्तनले न मुलुक वन्छ न त राजनीति स्थाई हुन्छ ।
अन्तमा न मेरो सोच गलत हो । न मैले देखेको सत्य हो । यस पटक शेर वहादुर र रामचन्द्र मिल्न पर्छ । सभापति र प्रधानमन्त्री बाँड्नु पर्छ अनी बिश्राम लिनु पर्छ । तेश्रो पुस्ताले कुर्नू पर्छ हतार भए हुती देखाउनु पर्छ । जय नेपाल