Gaurishankar Post
नेपाल समाचार ब्रेकिंग राजनीति

कांग्रेसको सय दिने अभियान , सिंगटीमा भब्य सभा, ७६ जना कांग्रेसमा प्रवेश


दोलखा २३ पुस,,
नेपाली कांग्रेसको एक सय दिने अभियान अन्तर्गत मंगलबार दोलखाको सिंगटीमा भब्य सभा सम्पन्न भएको छ ।
३ वटा स्थानीय तहहरु कालिञ्चोक , विगु र गौरीशंकर गाउँपालिकाका अगुवा कार्यकर्तालाई लक्षित गर्दै आयोजना गरिएको सभामा विभिन्न दल परित्याग गरि ७६ जना युवाहरु कांग्रेसमा प्रवेश गरेका छन् । उनिहरुलाई कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री मोहन बस्नेत , कांग्रेस केन्द्रिय सदस्य एवं बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्ले र कांग्रेस केन्द्रिय सदस्य एवं युवा नेता अजयबाबु शिवाकोटीले स्वागत गरेका थिए ।
कार्यक्रममा केन्द्रिय प्रतिनिधि समेत रहेका पुर्वमन्त्री मोहन बस्नेतले मुलुक निर्माण गर्ने एकमात्र लोकतान्त्रीक शक्ति भनेको कांग्रेस मात्रै भएकाले राजनीतिबाट बिचलित नभै कांग्रेसको बिचारमा जोडिन आग्रह गरेका छन् । कार्यक्रममा सहभागी नेपाली कांग्रेसका केन्द्रिय सदस्यद्धय कुन्दनराज काफ्ले र अजयबाबु शिवाकोटीले समुन्नत दोलखा र सुखी दोलखाली निर्माण गर्ने एकमात्र शक्ति नेपाली कांग्रेसमात्रै भएकाले तमाम दोलखालीहरुलाई कांग्रेसलाई विस्वास र भरोसा गर्न आह्वान गर्दै पाटी प्रवेश गर्ने युवाहरुलाई बधाइ ज्ञापन गरेका थिए । कार्यक्रममा दोलखाका स्थानीय नेताहरु समेत सहभागी थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा सुरक्षागार्डको हत्या गरि सहकारी लुट्ने २ आरोपीत काठमाडौंमा पक्राउ

shyam khatiwada

कालिञ्चोकको जंगलमा अबैध काठ काट्ने १३ जना विरुद्ध मुद्धा दर्ता

shyam khatiwada

‘अजयबाबुले पर्दाफास गरेका दुई ठुला घटनाले नै देशमा कम्युनिष्ट पार्टीको पतन शुरु भयो’

sanjeet
Gaurishankar Post