Gaurishankar Post
ब्रेकिंग

कांग्रेस नेता केसीद्धारा बाबरेका क्यान्सर पिडितलाई नगद सहयोग


दोलखा १२ पुस

नेपाली कांग्रेसका युवा नेता एवं समाजसेबी शम्भु केसीले आफ्नो जन्म दिनको अवसरमा दोलखाको बाबरे गाउँका क्यान्सर पिडितलाई उपचारका लागि नगद सहयोग गरेका छन् ।
दोलखाको मेलुङ गाउँपालिका स्थायी घर भैई हाल जापानमा व्यवसाय गर्दै आएका नेता केसीले बाबरेका क्यान्सरपिडित पुर्ण बहादुर थामीको उपचारार्थ १० हजार नगद सहयोग गरेका हुन् । ६६ वर्षिया थामी कात्र्तिक देखि क्यान्सर रोगले थलिएर भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेका भएपनि पछिल्लो समय आर्थिक अभाब भएकै ठुलो समस्यामा छन् । क्यान्सर पिडित थामीले रकम अभाब भएकै कारण मर्नुपर्ने अवस्था आएको भन्दै सहयोगी मनहरुलाई आफुले सकेको सहयोग गरिदिन पनि अनुरोध गरेका छन् । जापानबाट पठाएको नगद बुझाउन अस्पताल पुगेका नेपाली कांग्रेस बाबरे काठमाडौं सम्पर्क समितिका सभापति हरि खतिवडासमक्ष क्यान्सर पिडित थामीले भक्कानीदै भने “ रोगले पनि गरिबलाई दुख दिने रछ , कसैले थप सहयोग गरेको भए त बाँच्थेकी ” ? जवाफमा खतिवडाले कांग्रेसको गाउँ समितिकै पहलमा रकम संकलन भएको बताउदै थप सहयोग संकलन गर्न अभियाननै चलाउने जनाएका छन् । उनले दृढ आत्मबलका साथ अघि बढ्न आग्रह गरे ।

थप सहयोगको याचना
उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार थामीलाई क्यान्सर पुर्ण रुपमा निको हुन १० लाख खर्च लाग्ने जनाएको छ । तर त्यो मात्राको रकम थामी परिवारका लागि सपना जस्तै हो । क्यान्सर पिडित पुर्ण बहादुरका ज्वाँई बसन्त थामी भन्छन भएको सबै पैसा सिद्धिसक्यो हाम्रो परिवारनै ठुलो चिन्तामा छ । ससुराबुवालाई बचाउन सकिन्छकि भनेर लागिरहेका छौं तर पैसाको कतैबाट पनि जोहो हुन सकेका छैन ।
यदि तपाँइ पनि क्यान्सर पिडित थामीको उपचारमा सहयोग गर्न चाहानुहुन्छ भने गौरीशंकर पोष्ट सँग सम्पर्क गर्न वा सिधै परिवारमा सम्पर्क गर्नसक्नुहुन्छ । त्यसका लागि बसन्त थामीको सम्पर्क नम्बर ९८४०९२६८१६ वा हाम्रो चरिकोटस्थित कार्यालयमा सम्पर्क समेत गर्नसक्नुहुन्छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाको फस्कुमा बन्यो सुविधासम्पन्न स्वास्थ्य चौकी भवन

shyam khatiwada

दोलखा कांग्रेसले पायो पुर्णता,कोषाध्यक्षमा श्रेष्ठ सहित १२ जना जिल्ला सदस्य मनोनित

shyam khatiwada

निर्माण क्षेत्रका हस्ती बालकृष्ण थापा , दोलखाबाट कांग्रेस महाधिबेशनमा भिड्दै

shyam khatiwada
Gaurishankar Post