Gaurishankar Post
समाचार

कांग्रेस नेता जिपछिरिङ लामाद्धारा दोलखाका दुई स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग


श्याम खतिवडा
दोलखा २७ बैशाख
,,
नेपाली कांग्रेसका नेता एवं पुर्व सांसद जिपछिरिङ् लामाले दोलखाका दुई स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेका छन् ।
कांग्रेस केन्द्रिय कार्यसम्पादन समिति सदस्य समेत रहेका नेता लामाले गृह जिल्ला दोलखाका दुई वटा स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेका हुन् । लामाले भीमेश्वर नगरपालिका वडा नं ८ को बोच स्वास्थ्य चौकी र विगु गाउँपालिका १ स्थित गोंगर स्वास्थ्य चौकीलाई एक एक थान एम्बुलेन्स सहयोग गरेका हुन् । आफ्ना स्वर्गिए बुवा आमाको सम्झनामा स्थापना गरेको तेङिमा दाडोमा फाउण्डेसनको नामबाट लामाले मंगलबार काठ्माडौंमा दुई स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए । नगर भित्रकै वडा भएपनि बस्तीहरु बिकट भएकाले बिरामीलाई समयमा अस्पताल लैजान कष्ट व्यहोर्नुपरेको बाद्यता हटेको भीमेश्वर ८ बोचका वडाअध्यक्ष काजी बुढाथोकीले बताए । उनले एम्बुलेन्स प्राप्त भएपछि स्थानीयहरुमा समेत खुसी छाएको वडाअध्यक्ष बुढाथोकी बताउछन् । उता विगु गाउँपालिका वडा नम्बर १ मा समेत एम्बुलेन्स उपलब्ध भएपछि स्थानीयहरुलाई निकै सहज भएको सोही वडाका वडाअध्यक्ष मेमबहादुर तामाङले बताए ।
कांग्रेस नेता लामाले यस अघि पनि दोलखाका ९ वटै स्थानीय तहहरुलाई एक एक वटा एम्बुलेन्स र दुई नगरपालिकामा सञ्चालित अस्पतालहरुलाई एक एक वटा शब बाहन समेत वितरण गरेका थिए । नेता लामाले जिल्लाका जो कोही नागरिकले रोग लाग्दा अस्पताल जान नपाएर मृत्युबरण गर्नु नपरोस भन्ने उद्देश्यले एम्बुलेन्स उपलब्ध गराएको बताए । नयाँ पत्रिकासँग कुरा गर्दै लामाले भने‘ म दुर्गम गाउँमा जन्मिएको र गाउँमा रोग लाग्दा अस्पताल जान नपाएर ज्यान गुमाउनुपरेको थुप्रै घटना आफैले देखेको छु , त्यसैले त्यो अवस्था आउन नदिन एम्बुलेन्स दिएको हुँ’ । उनले आबश्यक व्यवस्थापन गरी नागरिकमैत्री ढंगले सेवा प्रवाहा गर्न स्थानीय तहहरुलाई अनुरोध समेत गरेका छन् । समाजसेबी लामाले विगत लामो समय देखि समाज सेवामा ठुलो लगानी गर्दै आइरहेका छन् । उनले भुकम्पमा परी ज्यान गुमाउनेहरुको परिवारदेखि जिल्लामा आइपर्ने हरेक विपत्तिमा पटक पटक आर्थिक सहयोग गर्दै आइरहेका छन् ।
फोटो । लामाले हस्तान्तरण गरेका दुई एम्बुलेन्स ।www.gaurishankarpost.com

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा दैनिक थपिदै कोरोना संक्रमित , सकृय संक्रमितको संख्या ४ सय ६५ पुग्यो

shyam khatiwada

दोलखामा पहिलोपटक खुल्यो दुई तारे होटल एम्ब्रोसिया

shyam khatiwada

नामसालिङ् द्धारा कालिञ्चोकका कृषकलाई खाद्य सुरक्षा र पशुपालनमा सहयोग

shyam khatiwada
Gaurishankar Post