Gaurishankar Post
ब्रेकिंग वाग्मती

कांग्रेस बागमती प्रदेश सभाको प्रमुख सचेतकमा कुन्दनराज काफ्ले

मकवानपुर — नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् ।  नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो ।

बैठकमा दल नेता बहादुरसिंह लामाले उनलाई मनोनीत गरेको विषयमा जानकारी गराएको सांसद छिरिङदोर्जे लामाले जानकारी दिए । काफ्ले प्रदेशसभामा दोलखा १(१) बाट निर्वाचित सांसद हुन् ।

उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका हुन । काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याउँदा श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका थिए । काफ्लेले ८ हजार ४२ मतान्तरले विजयी भएका हुन ।

काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन् । उनी कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए । दोलखामा २०५२ मा भीमबहादुर तामाङले जितेपछि कांग्रेसका कुनै उम्मेदवारले पनि जितेका थिएनन् ।

बैठकले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका व्यक्तिको परिवारप्रति समवेदना व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

कोरोना महामारीमा गजेन्द्र स्मृति बाबरेको एम्वुलेन्समा छुटको प्याकेज घोषणा

shyam khatiwada

भीरबाट खसेको ढुंगाले घर थिच्दा दोलखाको सिंगटीमा एक महिलाको मृत्यु

shyam khatiwada

वैतेश्वर जग्गा प्रकरण , छानविन समितिले गर्यो प्रतिबेदन सार्वजनिक

shyam khatiwada
Gaurishankar Post