Gaurishankar Post
राजनीति

कांग्रेस बैठकमा धारणा राख्ने क्रम जारी, आजको बैठक दिउँसो साढे १२ बजेदेखि, अहिलेसम्म क–कसले बोले ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारदेखि जारी रहेको छ । सोमबारदेखि जारी बैठकमा विभिन्न १३ एजेन्डामा केन्द्रीय सदस्यहरुले आफ्ना विचार राखिरहेका छन् ।
धेरैले नेतृत्वलाई प्रश्न गरिरहेको पाइएको छ भने आपसमा आरोप प्रत्यारोप पनि उत्तिकै रहेको छ ।

विशेषगरी नेतृत्वलाई एमालेसँगको सत्ता सहकार्य, दुई दलबीचको सातबुँदे सहमतिको कार्यान्वयन पक्ष, पार्टीको १५ औं महाधिवेशनको तिथि अन्योल तथा भ्रातृ संस्थाहरूको चैत मसान्तमै सकिएको अन्तिम म्यादपछिको अस्तव्यस्तताका मुद्दालाई नेताहरूले गम्भीरताका साथ उठाएका हुन् ।
पार्टी मुख्यालय बीपीनगर सानेपामा जारी बैठकमा अहिलेसम्म ३५ जनाले आफ्नो भनाइ राखिसकेका छन् ।

सोमबार १० जनाले आफ्नो भनाइ राखेका थिए । कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु डा शेखर कोइराला, बलबहादुर केसी, कृष्णचन्द्र नेपाली पोखरेल, पुष्पा भुसाल, डा गोपाल दहित, योगेन्द्र चौधरी, नैनसिह महर, मदनकृष्ण श्रेष्ठ र भरतकुमार शाहले आ–आफ्नो धारणा राखेका थिए ।

त्यस्तै मंगलबार २५ जनाले धारणा राखेका छन् । केन्द्रीय सदस्यहरु रमेश रिजाल, उमा रेग्मी, जीपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा डिला संग्रौला, रमेश लेखक, किरण यादव, लक्ष्मी परियार, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उदयशम्शेर राणा, दिलमान पाख्रिन, रामहरि खतिवडा, विनोदकुमार चौधरी, गुरु बराल, उर्मिला नेपाल केसी, सीताकुमारी राना, राधा घले, सीतादेवी देवकोटा, शारदा पौडेल र आमन्त्रित सदस्य पुष्पराज पराजुलीले आ–आफ्नो धारणा राखेका थिए । बुधबारको बैठक भने दिउँसो १२ः३० बजेदेखि बस्नेछ ।

याे पढ्न छुटाउनु भयाे की ?

४ मंसिरमा संघ र प्रदेशको चुनाव एकै चरणमा गर्ने मन्त्रिपरिषद्‌को निर्णय

shyam khatiwada

नदिजन्य सामग्रीको राजश्व अनियमितताबारे प्रतिबेदन सार्वजनिक गर्न तामाकोसीमा कांग्रेसको माग

shyam khatiwada

लोकतन्त्रको उपहास

shyam khatiwada
Gaurishankar Post