Gaurishankar Post
नेपाल समाचार समाचार

कालिञ्चोकका कोभिड संक्रमित १४२ घरधुरीमा नामसालिङको पोषण सहित खाद्यान्न सहयोग


दोलखा २५ जेठ
दोलखाको कालिञ्चोक गाउँपालिकामा कोभिड संक्रमित भएका बिरामीहरुलाई नामसालिङ सामुदायिक विकास केन्द्रले पोषण सहितको खाद्यान्न सहयोग गरेको छ ।
केन्द्रले कालिञ्चोक गाउँपालिका सँगको सहकार्यमा गाउँपालिका भरिका १ सय ४२ घरपरिवारलाई आबश्यक खाद्यान्न सहित पोषणयुक्त वस्तुहरु सहयोग गरेको हो । नामसालिङका दोलखास्थित जिल्ला संयोजक राजन क्षेत्रीका अनुसार दातृ निकाय सँगको सहकार्यमा कोभिड संक्रमित बिरामीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आबश्यक पोषणयुक्त गेडागुडी तथा खाद्यान्न सहयोग गरिएको हो । क्षेत्रीका अनुसार यो प्रकृयाको सुरुवात हुदैगर्दा अर्थात जेठ १७ गतेसम्म कालिञ्चोक गाउँपालिकाका सबै वडाहरुमा भएका कोरोना संक्रमण देखिएका बिरामीहरुलाई लक्षित गर्दै सहयोग गरिएको हो । हाल संक्रमितको संख्या केही बढेकोमा उनिहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भैरहेको संयोजक केसीले बताएका छन् । सोमबार कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामी र प्रमुख प्रशासकिय अधिकृत नवराज ओली सहितको टोलीले नौ वटै वडामा पुगेर संक्रमित भएका घरधुरीलाई पोषण सहितको खाद्यन्न सामाग्री वितरण गरेको हो । राहत प्याकेजमा चामल , दाल,केराउ, तेल , मास्क , नुन, साबुन,चना लगाएत रहेको नामसालिङले जनाएको छ । सामाग्री वितरण कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिन कुमार थामीले कोरोना महामारीले सिंंगो मानव समुदाय नै आतंकित बनाएको भन्दै त्यसलाई ख्याल नगर्न स्थानीयहरुमा अनुरोध गरेका छन् । अध्यक्ष थामीले स्वास्थ्यका मापदण्ड पुर्णरुपमा पालना गर्न र निशेधाज्ञाको समयमा सामाजीक दुरी कायम गर्दै बाँझो रहेको खेतबारीलाई सदुपयोग गरि आर्थिक उपार्जन सँग जोड्न अनुरोध गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाको लामिडाँडामा एमालेका कार्यकर्ताद्धारा गठबन्धनका वडासदस्यमाथी खुकुरी प्रहार

shyam khatiwada

दोलखाको चरणावतीमा नवाहा ज्ञान महायज्ञको तयारी तिब्र

shyam khatiwada

तामाकोसी पाचौं जलविद्युत आयोजनामा मजदुर र ठेकेदारबिच सहमति, बुधबारदेखि आयोजनाको काम सुचारु हुने

shyam khatiwada
Gaurishankar Post