Gaurishankar Post
नेपाल समाचार समाचार

कालिञ्चोकको जंगलमा अबैध काठ काट्ने १३ जना विरुद्ध मुद्धा दर्ता

अबैध काठ कटानमा कालिञ्चोक केबलकार प्रालिका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटी पनि संलग्न ,,
दोलखा १ माघ,,
दोलखाको धार्मिक पर्यटकिय क्षेत्र कालिञ्चोक मन्दिर नजिकैको जंगलमा अबैध ढंगले काठ काटेको भन्दै १३ जना विरुद्ध मुद्धा दर्ता भएको छ ।
गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्ने कालिञ्चोकस्थित टुटवानको जंगलमा अबैध तरिकाबाट काठ कटान गरि वनविनास गरेको भन्दै १३ जना विरुद्ध मुद्धा दर्ता गरिएको हो । संरक्षण क्षेत्र भित्रको मुद्धा हेर्ने निकाय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गतको गौरीशंकर संरक्षण क्षेत्र सम्पर्क कार्यालय चरिकोटले अबैध रुपमा काठ कटानमा संलग्न १३ जनालाई अबैध रुपमा काठ ओसारपसार सम्बन्धि कसुर मुद्धा गरेको जनाएको छ । कार्यालयका प्रमुख सम्पर्क अधिकृत अभिनय पाठकले आरोपित हरुले काठ काट्न नहुने समयमा अबैध ढंगबाट काठ काटेको प्रमाण सहित जिल्ला वन कार्यालय दोलखाले दायर गरेको मुद्धा दर्ता गरि कारबाही सुरु गरिएको जानकारी दिए ।
सम्पर्क कार्यालयले अबैध काठ कटानमा संलग्न कालिञ्चोक केबलकार प्रालिका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटी , केबलकार कम्पनीका जुनियर असिस्टेन्ट शन्देश शिवाकोटी , सवारी चालक भोजराज थारु सहित कालिञ्चोक वन संरक्षण उपसमितिका पदाधिकारी तथा सदस्यहरु विरुद्ध मुद्धा दर्ता गरी कारबाही सुरु गरेको कार्यालय प्रमुख पाठकले बताए । वन ऐन तथा नियमावली अनुसार हरेक सरकारी वा सामुदायिक वनमा जेठ १५ देखि कात्र्तिक १५ गतेसम्म काठ काट्न नपाइने स्पस्ट व्यवस्था भएको र आरोपितहरुले असोज महिनामा मातहतको कार्यालयलाई जानकारी समेत नदिइ अबैध रुपमा काठ काटेकोले कारबाही गर्न बाद्य भएको कार्यालयले जनाएको छ । सरकारी टोलीले झण्डै ३ सय ५० क्युफिट काठ समेत बरामद गरेको छ । उनिहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ उपदफा ६ अन्तर्गत कारबाही हुने सम्पर्क अधिकृत पाठकले बताएका छन् ।
आरोपितमध्ये कालिञ्चोक केबलकार कम्पनीसँग आबद्ध ३ जनाले भने जनही ६१ हजार धरौटी बुझाएर तारेखमा छुटेका छन् । बाँकी १० जना वन संरक्षण उपसमितिका पदाधिकारी तथा उपभोक्ता सदस्यहरुले भने आफुहरुले वन उपसमितिको कार्यविधि र प्रचलित नियम अनुसार नै उपभोक्तालाई काठ वितरण गर्दा मुद्धा खेप्नुपरेको गुनासो गरेका छन् । उनिहरुले काठ काट्न नहुने समयको बारेमा आफुहरुलाई जानकारी नभएकाले पनि समस्यामा परिएको जनाएका छन् । कालिञ्चोक वन संरक्षण उपसमितिका अध्यक्ष कृष्ण पाख्रिनले प्रयाप्त सुचनाको अभावका कारण कानुनी समस्यामा परिएको जानकारी दिए ।
फोटो
१, गौरीशंकर संरक्षण क्षेत्र सम्पर्क कार्यालयले बरामद गरेको काठ ।

याे पढ्न छुटाउनु भयाे की ?

कांग्रेस नेता जिपछिरिङ लामाद्धारा दोलखाका दुई स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग

shyam khatiwada

दोलखामा थप १० दिन निशेधाज्ञा

shyam khatiwada

अधिकारीको लामो पहलपछि कांग्रेसमा पर्यटन व्यवसायी संघले पायो शुभेच्छुक संस्थाको मान्यता

shyam khatiwada
Gaurishankar Post