Gaurishankar Post
पर्यटन ब्रेकिंग

कालिञ्चोकमा यो वर्षकै पहिलोपटक हिमपात, पर्यटकलाई निम्तो


श्याम खतिवडा
दोलखा २ माघ
,,
प्रसिद्ध तीर्थस्थल दोलखाको कालिञ्चोक क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको छ ।
यो वर्षकै पहिलोपटक हिमपात भएपछि दोलखाका उच्च हिमाली क्षेत्रका किसान र कुरी उपत्यकाका होटल व्वसायीहरु खुसी भएका हुन् । हिमपातले चिसो बढाएपनि धार्मिक आस्थासंगै हिउँको आनन्द लिन दोलखा आउनेहरुमा उत्साहा थपिएको स्थानीय बासिन्दाहरु बताउछन् । मंगलबार मध्यान्हदेखि परेको हिमपात लगातार भैरहेको स्थानीय होटल व्यवसायी डम्बर बहादुर तामाङले जानकारी दिए । कालिञ्चोकसँगै दोलखाका उच्च हिमाली क्षेत्रमा सुरु भएको हिमपातले किसानहरुमा समेत उत्साहा थपिएको छ । यो समय त्यस क्षेत्रका किसानहरुका लागि मुख्य आलु खेति गर्ने समय हो । लामो समयदेखि वर्षा र हिमपात नहुँदा चिन्तित बनेका किसानहरुसमेत उत्साहित बनेका छन् ।
दोलखा सदरमुकाम चरिकोटबाट १७ किलोमीटरको दूरीमा रहेको कालिञ्चोक ३८४२ मीटरको उँचाईमा रहेको छ । हरेक बर्ष पुष देखि चैत्रसम्मै हिमपात हुने कालिञ्चोकमा पर्यटकहरु धार्मिक आस्था र प्राकृतिक सौन्र्दयको लागि पुग्ने गर्छन । चरिकोटबाट कुरीसम्म कच्ची प्रकृतिको सडक रहेको कालिञ्चोकमा उपत्यकाबाट अत्यधिक पर्यटक पुग्ने गरेको स्थानिय होटल व्यवसायी चन्द्र कुमार लामाले जानकारी दिए । लामाका अनुसार हिमपात पछि स्कि खेल खेल्न र मनोरम दृश्य अवलोकन सहित मन्दिर दर्शन गर्न धेरैजसो युवायुवतिहरुले कालिञ्चोक क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेका छन् । त्यसबाहेक अन्य धार्मीक पर्यटकहरुपनि हिमपात भएको बेला मन्दिर पुग्न रुचाउने गरेको त्रिपुरा रिसोर्ट कुरीका सञ्चालक समेत रहेका व्यवसायी लामाको भनाई छ ।
कालिञ्चोकको मुख्य आकर्षण भनेको टाकुरोमा रहेको कुण्ड हो । अग्लो टाकुरोमा सधै जलयुक्त कुण्ड हुनु कालिञ्चोकको मुख्य विशेषता भएको स्थानिय जेष्ठ नागरिकहरु बताउछन् । कालिञ्चोकमा पुग्ने पर्यटकहरुले आफ्नो मनोकामना पूरा होस् भन्दै घण्टा र त्रिशुल चढाउने गर्दछन् । यो मन्दिरमा एउटा मात्रै वरदान माग्दा पूरा हुने जनविश्वास रहेको छ ।
विगतमा उपत्यका र दोलखा तथा आसपासको जिल्लाबाट मात्र पर्यटक पुग्ने गरेको कालिञ्चोकमा अहिले तराई तथा भारतीय दर्शनार्थीहरुको संख्यामा उल्लेख्य वृद्धि भएको दिकि होटेल प्रा.लि.का सञ्चालक डम्बर बहादुर तामाङले बताए । विशेषगरी शुक्रबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने दोलखामा हिमपात भएपछि पर्यटकको संख्यामा वृद्धि हुने होटल सञ्चालक तामाङको भनाई छ । कालिञ्चोकमा सडकमार्ग सकिएलगत्तै कुरीबाट केवलकारको समेत सुविधा रहेकोले पर्यटकलाई मन्दिरसम्म पुग्न सहज छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाली व्यबसायी कार्कीद्धारा भक्तपुरको ठिमीमा निर्माण सप्लायर्सको सुभारम्भ

shyam khatiwada

महावाणिज्य दुत कार्कीलाई युरोपियन विश्वविद्यालयको मानार्थ विद्यावारिधी

shyam khatiwada

तामाकोसीको हकप्रद दोलखालीलाई डिम्याटको दायरा बढाउदै बिना झन्जट लगानी गराइने

shyam khatiwada
Gaurishankar Post