Gaurishankar Post
समाचार

कालिञ्चोकमा सुधारिएको गोठ र खोर निर्माण गर्ने कृषकलाई ५ हजार सहयोग


श्याम खतिवडा
दोलखा १४ असोज

घुमन्ते गोठ प्रणालीलाई अन्त्य गर्न सुधारिएको गोठ र ब्यवस्थीत खोर निर्माण गर्ने किसानलाई जनही ५ हजार रकम वितरण गरिएको छ ।
लगातार गोठ सार्दा खेतियोग्य जमिनमा प्रयाप्त मलजल नहुने र कृषि उत्पादनमा कमी हुने भएपछि किसानलाई सुधारिएको गोठ र व्यवस्थीत खोर निर्माणका लागि नगद अनुदान दिइएको हो । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर १ , ५ र ६ नम्बर वडाका छनोटमा परेका ९० जना किसानलाई नगद अनुदान दिइएको छ । कालिञ्चोक गाउँपालिकासँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाले गोठ र खोर निर्माण सम्पन्न भएपछि किसानलाई नगद रकम उपलब्ध गराएको नामसालिङका जिल्ला संयोजक राजन केसीले जानकारी दिए । उनका अनुसार कुखुराको खोर मात्रै बनाउने किसानलाई नगद २ हजार पाँच सय र गाइ भैंसीको गोठ सहित बाख्राको खोर बनाउने किसानलाई ५ हजार रकम उपलब्ध गराइएको छ । त्यसरी गोठ र खोर निर्माण गरि नगद सहयोग लिने किसानहरु वडा नम्बर १ का ६० जना र वडा नम्बर ५ र ६ का ३० जना रहेको नामसालिङले जनाएको छ । सुधारिएको गोठ निर्माण भएपछि गोठ सार्ने समस्या समाधान भएको कालिञ्चोक १ का स्थानीय राजेन थामीले बताएका छन् । जिविकोपार्जनका लागि कुखुरा पालन गर्ने कृषकहरुले समेत व्यवस्थीत खोर बनाउन २ हजार ५ सय सहयोग पाएका छन् ।
घुमन्ते गोठ सार्ने पद्धती अन्त्य हुने विस्वास
कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले घुमन्ते गोठ सार्ने पद्धतीले अन्न उत्पादन कम हुनका साथै अन्य दर्जनौं समस्या आउने भएकाले उक्त पद्धतीको अन्त्य हुने बताएका छन् । अध्यक्ष थामीले गाउँपालिकाको अभियान अन्तर्गतनै उक्त संस्थाले कृषकलाई सघाएको बताउदै आगामी दिनमा प्रयाप्त मल र धेरै उत्पादन गर्न किसानलाई गाउँपालिकाले थप सहयोग गर्दै जाने कार्यक्रम रहेको बताएका छन् । दुर्गमका किसानको थोरै जमिन हुने र त्यो भौगोलिक हिसाबले टाढा टाढा हुने भएकाले लगातार एउटा बारीबाट अर्को बारीमा गोठ सार्ने चलन छ । त्यसरी गोठ सारिरहनुपर्ने बाद्यताका कारण पशुपालन व्यवसायले पनि प्रयाप्त आम्दानी नदिने र कृषी उत्पादनमा पनि कमी आउने भएकाले आफुहरुले किसानलाई हौसलाका लागि पनि उक्त कार्यक्रम सञ्चालन गरेको नामसालिङका जिल्ला संयोजक राजन केसीले बताएका छन् । उनले गत आर्थिक वर्ष र चालुमा गरि झण्डै ३ सय गोठ निर्माण गरिएको समेत जनाएका छन् । अहिले निर्माण भएका अधिकांस गोठ तथा खोरहरु मल मुत्र व्यवस्थीत हुने गरि निर्माण भएका छन् । कृषकहरुले पिसाबलाई फरक तरिकाले मलका रुपमा सदुपयोग गर्न मिल्ने बनाइएको छ । नामसालिङले वर्षौदेखि कालिञ्चोकका ३ वटा वडामा कृषि सँग सम्बन्धित विभिन्न कामहरु गर्दै आएको छ । प्रत्येक वडामा कृषि प्राविधिकहरु नियुक्त गरि किसानलाई प्रत्यक्ष सहयोग पुग्ने गरि काम गर्दै आएको स्थानीयले जनाएका छन् ।
फोटो
सुधारिएको गोठ निर्माण गरेपछि नगद सहयोग बुझदै कालिञ्चोक १ क्याङपोलका स्थानीय कृषक । नामसालिङको सहयोगमा बनेका सुधारिएका गोठ र खोर ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा दैनिक थपिदै कोरोना संक्रमित , सकृय संक्रमितको संख्या ४ सय ६५ पुग्यो

shyam khatiwada

विरेन्द्र आधारभुत विधालय उखुबारीमा शैक्षिक सामग्री वितरण

shyam khatiwada

शासक होइन जनताको सेबक भएर काम गर्छुृ – अर्जुन शिवाकोटी गठबन्धन उम्मेद्वार कालिञ्चोक

shyam khatiwada
Gaurishankar Post