Gaurishankar Post
खेलकुद नेपाल समाचार

कालिञ्चोक अध्यक्षकप भलिबलको उपाधी कालिञ्चोक ‘ ए’ लाई


श्याम खतिवडा
दोलखा १८ पौष
,,
दोलखाको कालिञ्चोक गाउँपालिकाले आयोजना गरेको अन्तर पालिका स्तरिय भलिबल प्रतियोगिताको उपाधी कालिञ्चोक ए ले हात पारेको छ ।
दोलखाको लापिलाङमा बुधबारदेखि आयोजना भएको कालिञ्चोक अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी कालिञ्चोक ‘ए’ ले हात पार्न सफल भएको हो । दोलखाका ९ वटा स्थानीय तहसहित १२ वटा समुहले सहभागिता जनाएको कालिञ्चोक अध्यक्षकप अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिताको बागमती प्रदेश सभाका सांसद पशुपती चौलागाइले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा कालिञ्चोक गाउँपालिका ‘ए’ प्रथम ,गौरीशंकर गाउँपालिका द्धितिय , विगु गाउँपालिका तृतिय र कालिञ्चोक गाउँपालिका ‘डी’ चतुर्थ भएको कालिञ्चोक गाउँपालिकाका खेलकुद विकास समिति प्रमुख सुभास थामीले जानकारी दिए । उनका अनुसार विजयी समुहहरु प्रथम हुनेलाई एक लाख , द्धितिय ७० हजार , तृतिय ५० हजार र चतुर्थ हुनेलाई ३० हजार नगद सहित सिल्ड , मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइएको छ । प्रतियोगितामा बेष्ट ब्ल्कर कृष्ण थापा र बेष्ट सर्भर हरिबंस सोढारीलाई समेत पुरस्कृत गरिएको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीले जानकारी दिएका छन् । गाउँपालिकाका अध्यक्ष थामीले खेलकुदको क्षेत्रबाट पनि समाज विकासमा सहयोग हुने भन्दै प्रतियोगिताको आयोजना गरेको बताउदै खेल क्षेत्रको विकासका निम्ती गाउँपालिकाले प्राथमिकताका साथ योजनाहरु निर्माण गरि कार्यन्वयन गर्ने बताएका छन् । प्रतियोगिताको समापन समारोहमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिती दोलखाका संयोजक डबल पाण्डे , कालिञ्चोक गाउँपालिका अध्यक्ष बिनकुमार थामी , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहीतचन्द्र खड्का लगाएतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

च्छो–रोल्पा अस्पतालमा नियमति हाडजोर्नी विशेषज्ञ सेवा

shyam khatiwada

ढलानको काम सुरु हुने भएपछि सुनखानी साङ्बा सडक बन्द हुने

shyam khatiwada

कालिञ्चोक गाउँपालिकामा प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

shyam khatiwada
Gaurishankar Post