Gaurishankar Post
ब्रेकिंग समाचार

कालिञ्चोक खतिवडा सेवासमाजको प्रथम साधारण सभा, रेबन्तीको नेतृत्वमा नयाँ कार्यसमिति


दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेका खतिवडाहरुले सुरुवात गरेको कालिञ्चोक खतिवडा सेवा समाजको पहिलो साधारण सभा सम्पन्न भएको छ ।
शनिबार काठमांडौंस्थित पशुपति बहुमुखी क्याम्पसमा सम्पन्न साधारण सभाले श्याम प्रसाद खतिवडा(रेबन्ती) को नेतृत्वमा नयाँ कार्यसमिति समेत पुर्नगठन गरेको छ । खतिवडा सेवा समाज केन्द्रिय समितिका संस्थापक अध्यक्ष एवं खतिवडा परिवारकै जेष्ठजन कपिलनन्द खतिवडाको प्रमुख आतित्थ्यतामा सम्पन्न साधारण सभाको अवसरमा समाजले सार्वजनिक गरेको २०७९ सालको भित्ते पात्रो समेत विमोचन गरिएको छ । संस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम चैतको दोस्र्रो हप्तामात्रै जिल्ला प्रशासन कार्यालय दोलखामा दर्ता भएको समाजले विधान बमोजिम पहिलो साधारण सभा सम्पन्न गरेको समाजका अध्यक्ष श्याम प्रसाद खतिवडा(रेबन्ती)ले जानकारी दिए । समग्र समाज , कुल र बन्धुत्वको विकास गर्ने उद्धेश्यले स्थापना भएको समाजले थुप्रै योजनाहरु अघि सारेको र ति सबै योजनाहरुलाई क्रमश कार्यान्वयन गर्दै लैजाने समाजको योजना छ ।
शनिबार पुर्नगठित समाजको अध्यक्षमा रेबन्ती भनिने श्याम प्र. खतिवडा उपाध्यक्ष द्धय हरि खतिवडा र केशव खतिवडा , महासचिब पर्वत खतिवडा , सचिबहरु उद्धब खतिवडा र अरुण खतिवडा कोशाध्यक्षमा कृष्ण खतिवडा तथा सहकोशाध्यक्षमा धुर्व खतिवडा सर्बसम्मत चयन भएका छन् । त्यस्तै कार्य समिति सदस्यहरुमा माधब खतिवडा , देबराज खतिवडा(राजु ), अम्बिकाभण्डारी खतिवडा , कैलाश खतिवडा ,दिपेश खतिवडा , दिनेश खतिवडा र कुशराज खतिवडा चयन भएका छन् ।
साधारण सभाले सल्लाहाकार समिति , लेखा समिति र विदेश समन्वय समिति समेत गठन गरेको छ ।साधारण सभामा महासचिब पर्वत खतिवडाले समाजको सांगठनिक प्रतिबेदन र कोशाध्यक्ष कृष्ण खतिवडाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । पुर्नगठित समितिको पदावधि ३ वर्षको हुने बैधानिक व्यवस्था रहेको समाजका उपाध्यक्ष हरि खतिवडाले जानकारी दिए ।

हेर्नुहोस कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ।

याे पढ्न छुटाउनु भयाे की ?

विरेन्द्र आधारभुत विधालय उखुबारीमा शैक्षिक सामग्री वितरण

shyam khatiwada

कालिञ्चोकका कोभिड संक्रमित १४२ घरधुरीमा नामसालिङको पोषण सहित खाद्यान्न सहयोग

shyam khatiwada

लापिलाङका पहिरो पिडितलाई कांग्रेस नेताहरुको सहयोग

shyam khatiwada
Gaurishankar Post