Gaurishankar Post
खेलकुद नेपाल समाचार

कालिञ्चोक गाउँपालिकामा प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

दोलखा १४ पौष,
दोलखाको कालिञ्चोक गाउँपालिका ५ लापिलाङमा प्रथम अध्यक्षकप अन्तरपालिका स्तरिय खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।
खेल क्षेत्रको विकास गरि समन्नुत समाज निर्माण गर्ने उद्देश्यले सुरु भएको प्रथम कालिञ्चोक अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता बुधबारबाट लापिलाङमा सुरु भएको हो । बागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईले एक भब्य समारोहका बिच प्रतियोगिताको उद्घाटन गर्दै समाजमा खेल क्षेत्रको विशेष महत्व रहेको उल्लेख गरे । सांसद चौलागाइले खेल क्षेत्रको समग्र विकासका लागि बागमती प्रदेश सरकारले विभिन्न योजनाहरु अघि सारेको जनाउदै युवाहरुलाई उत्साहीत भएर अघि बढ्न आग्रह गरेका छन् । उनले मुलुकको समसायीक विषय र राष्ट्रिय राजनीतिका सवालमा भने प्रवेश गरेनन् ।
दोलखाका सबै जसो स्थानीय तहहरु र अन्य संस्थाहरुबाट एक दर्जन भन्दा धेरै समुह बिच प्रतिस्पर्धा हुने प्रतियोगिता ३ दिन सम्म चल्ने छ । प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रदेश सांसद पशुपति चौलागाई , जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे , कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिन कुमार थामी , उपाध्यक्ष कालिका पाठक , दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी , जिल्ला खेलकुद विकास समिति अध्यक्ष रोहित खड्का , विभिन्न वडाका वडाअध्यक्षहरु लगाएतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए । उदघाटन समारोहमा कालिञ्चोक गाउँपालिकाका विभिन्न सांस्कृतिक दृश्य झल्किने बाजागाजा सहित सांस्कृतिक नृत्य समेत प्रस्तुत भएको थियो । प्रतियोगितामा प्रथम हुने समुहलाई एक लाख नगद , शिल्ड मेडल र प्रमाणपत्र उपलब्ध गराइने कालिञ्चोक खेलकुद विकास समिति अध्यक्ष एवं वडा नम्बर ५ का वडाअध्यक्ष सुवास थामीले जानकारी दिए । द्धितिय , तृतिय र सान्त्वना हुने समुहलाई पनि उचित पुरस्कारको व्यवस्था रहेको अध्यक्ष थामीले जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

नेपालकाे नयाँ नक्सा HD Quality मा डाउनलाेड गर्नुहोस्

sanjeet

२८ वर्षपछि दोलखामा विजयको झण्डा फहराउने अभियानमा कांग्रेस, कसिलो बन्दै गठबन्धन

shyam khatiwada

ढलानको काम सुरु हुने भएपछि सुनखानी साङ्बा सडक बन्द हुने

shyam khatiwada
Gaurishankar Post