Gaurishankar Post
नेपाल समाचार राेजगार

कालिन्चोक गाउँका किसानलाई जाम जेली र सस बनाउने तालिम


दोलखा २८ साउन
ग्रामिण क्षेत्रका किसानहरुलाई व्यबसायीक बनाउन जाम , जेली र सस बनाउन ३ दिने तालिम प्रदान गरिएको छ ।
आफ्नै बारीमा उत्पादीत कृषिजन्य पदार्थहरुबाट बजार क्षेत्रमा प्रयोग हुने जाम जेली र सस बनाउन तालिम प्रदान गरिएको हो । लामो समयदेखि दोलखाको कालिन्चोक गाउँपालिका १ , ५ र ६ नम्बर वडामा एकिकृत सामुदायिक विकास कार्यक्रम गरिरहेको नामसालिङ सामुदायिक विकास केन्द्रले किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम गराइएको संस्थाले जनाएको छ । कालिञ्चोक गाउँपालिका सँगको सहकार्यमा नामसालिङले साबिकको कालिन्चोक गाविसका ३२ जना अगुवा कृषकहरुलाई उक्त तालिम प्रदान गरेको हो । संस्थाका फिल्ड संयोजक राजन क्षेत्रीका अनुसार संस्थाले लामो समयदेखि कालिन्चोक १ मा व्यवसायीक गोलभेडा खेति लगाएत अन्य थुप्रै नगदेबाली उत्पादन गर्न किसानलाई सहयोग गर्दै आएको र उत्पादित कृषी उपजको लकडाउनका कारण बजारमा ल्याउन असहज भएपछि त्यस्ता सामाग्री निर्माणमा जोड दिइएको हो । क्षेत्रीले उत्पादित त्यस्ता कृषी उपजबाट बन्ने विभिन्न परिकार लामो समयसम्म प्रयोग गर्न मिल्ने र बजारको पनि सुनिश्चित हुने भएपछि उक्त कार्यक्रम आयोजना गरि किसानलाई सुसुचित गराउन खोजिएको प्रतिक्रिया दिए । उनले कोरोना भाइरस संक्रमण न्युनीकरण गर्ने सरकारी मापदण्डलाई मध्यनजर गरि सम्पुर्ण मापदण्डहरु अपनाएर मात्रै यस्ता कार्यक्रमहरु सन्चालन गरिएको प्रतिक्रिया दिए ।
जाम जेली सस उत्पादन सम्बन्धि तालिम पाएपछि किसानहरु उत्साहीत भएको कालिन्चोक सामुदायिक विकास केन्द्रले जनाएको छ । स्थानीय पुर्ण थामीले सबै बस्तु आयात गर्नुपर्ने बाद्यता भैरहेपनि आगामी दिनमा आफैं उत्पादन गर्न सकिने बताएका छन् । उत्पादित त्यस्ता सामानहरु नजिकैको बजार सिंगटी , चरिकोट तथा आसपासमा क्षेत्रहरुमा विक्रि गर्ने तयारी किसानहरुको छ । नामसालिङको सहयोगमा कालिन्चोकमा स्थानीय हाट बजारको समेत व्यवस्थापन भैसकेको बताउदै थामीले धेरैजसो सामानहरु स्थानीय हाटमानै विक्रिी हुने जानकारी दिए । कोरोना भाइरस कोभिड १९ का कारण स्थानीय स्तरमा उत्पादित सामाग्रीहरु बजारसम्म लैजान असहज भएपछि खेर जाने तरकारी तथा अन्य नगदेबालीहरुको उचित व्यवस्थापनका लागि यस्ता कामहरु नमुना भएको कालिन्चोक १ का वडाअध्यक्ष बाबुलाल थामीले जानकारी दिए । उनले गाउँको बिकासका लागि नामसालिङले महत्वपुर्ण भुमिका निर्बाहा गरेको जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

२८८ नयाँ सक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुग्यो

sanjeet

दोलखामा एक सय पाँच वर्षीया वृद्धालाई नागरिकता

shyam khatiwada

कालिकोटमा भारतबाट आएकालाई क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णालीमा खस्यो, ३३ बेपत्ता

sanjeet
Gaurishankar Post