Gaurishankar Post
स्वास्थ्य

कालिन्चोक गाउँपालिका वडा नः ९, दीपज्योति समाज सुधार सस्था, दोलखा र नेपाल रेडक्रस सोसाइटी सुन्द्रावती उपशाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

७ असाेज, दाेलखा

४१ औं सामाजिक सेवा दिवसका अवसरमा कालिन्चोक गाउँपालिका वडा नसः ९, दीपज्योति समाज सुधार सस्था, दोलखा तथा नेपाल रेडक्रस सोसाइटी सुन्द्रावती उपशाखाको संयुक्त आयोजना र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको प्राविधिक सहयोगमा कालिन्चोक गाउँपालिका वडा नः ९ को कटुवाचौरमा २०७७ असोज ०६ गते रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


दीपज्योति समाज सुधार सस्था र नेपाल रेडक्रस सोसाइटी सुन्द्रावती उपशाखाका अध्क्षयरसभापति श्री केशब प्रसाद सेढाईको अध्क्षयतामा कालिन्चोक गाउँपालिकाको उपाध्यक्ष श्री कालिका पाठकको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा २९ जनाले रक्तदान गर्नु भएको छ । जसमा महिलाको सहभागिता २ र पुरुषको सहभागिता २७ रहेको छ ।


कार्यक्रममा कालिन्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री नवराज ओली, नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति श्री गोकर्ण पोख्रेल, दीपज्योति समाज सुधार सस्थाका पुर्व अधक्ष्य एवं नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सदस्य श्री इश्वरी प्रसाद दाहाल, नेकपा जिल्ला कमिटि सदस्य श्री रोहितचन्द्र खड्का लगायतको उपस्थिती रहेको छ ।


ग्रामिण तहमा संचालित उक्त कार्यक्रमले रक्तदान जिबनदान हो भन्ने कुराको संदेश दिन सफल हुनुको साथै बिगत वर्षको तुलनामा सत्तरी प्रतिसत सहभागिता वृद्धि भएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाको सिंगटीमा १५ सैंयाको अस्पताल उद्घाटन

shyam khatiwada

महामारीको समयमा समाजसेवी खुलालको अर्को पुण्य काम ,गाउँको स्वास्थ्य चौकीलाई अत्याबश्यक औषधी सहयोग

shyam khatiwada

योगदान राष्ट्रका लागि र बोधिसत्व विहारद्धारा दोलखामा ६५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada
Gaurishankar Post