Gaurishankar Post
समाचार

कीर्तिपुर क्रिकेट मैदान तोकिएको समयभित्रै सम्पन्न हुने – खेलकुदमन्त्री चौधरी


श्याम खतिवडा
दोलखा २५ भदौ
,,
नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले किर्तिपुर क्रिकेट मैदान ३ सय दिनभित्रै निर्माण सम्पन्न हुने बताएका छन् ।
मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो निर्णय भएकाले उक्त खेलमैदान तोकिएको समय भित्रै निर्माण सम्पन्न गर्नेगरी मन्त्रालय अघि बढेको बताएका छन् । अघिल्लो सरकारले विस्तृत परियोजना प्रतिबेदन डिपिआर निर्माण समेत पुरा गरिनसकेको अवस्थामा हाम्रो सरकार आएपछि उक्त कार्य पुरा भएको छ , हामी तोकिएको समयभित्रै सम्पन्न गर्नेगरी अघि बढेका छौं ।
मंगलबार नेपाल विद्यार्थी संघ दोलखाले आयोजना गरेको स्व. भिमबहादुर तामाङ स्मृति नेविसंघ कप फुटबल प्रतियोगिताको उद्घाटन गर्न चरिकोट पुगेका मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले केपी ओली नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रीपरिषद बैठकको निर्णय र नेपाली खेलक्षेत्रको जरुर आवश्यकतालाई मध्यनजर गर्दै मन्त्रालयले उक्त अभियानलाई प्राथमिकतामा साथ अघि बढाएको बताएका छन् ।
किर्तिपुर खेलमैदान ३ सय दिन भित्र सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाईट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय केपी ओली नेतृत्वको वर्तमान सरकारले पहिलो मन्त्री परिषद बैठकबाट पारित गरेको थियो ।
मन्त्री चौधरीले पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्धन लाई सरकारको तर्फबाट कर छुट गरेर ६५ लाख नगद शुक्रबार हस्तान्तरण गरिने बताएका छन् । मन्त्री चौधरीले मंसिरमा आयोजना गर्न लागिएको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न मन्त्रालय क्रियाशिल रहेको बताउदैं भौतिक संरचना सहितका पुर्वाधार निर्माणमा लागिरहेको जनाएका छन् । उनले जुम्ला लगाएतका विकट जिल्लाहरुमा समेत प्रतियोगिताका लागि तिब्रताका साथ काम भैरहेको बताए । चौधरीले दोलखा लगाएतका हिमाली जिल्लाहरुमा पनि खेल क्षेत्रको विकासका लागि सरकारले महत्त्वपूर्ण योजना बनाईरहेको जनाएका छन् ।
नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष सौगात थापाको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा दोलखाका १८ वटा माध्यमिक विद्यालयका खेलाडी विद्यार्थी बिच प्रतिस्पर्धा हुने छ ।
उद्घाटन समारोहमा कांग्रेस नेता संघिय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी , दोलखा कांग्रेसका सभापति बर्मा लामा , प्रदेश सदस्य अनिता श्रेष्ठ , नेताहरु बाबुकाजी बस्नेत , ईश्वर मानन्धर , महिला नेतृ प्रेमिका रानामगर , फुटबल संघ दोलखाका अध्यक्ष कौरब पाण्डे लगाएतले खेल क्षेत्रको विकास भएमात्र समुन्नत देशको परिकल्पना गर्न सकिनेमा जोड दिएका थिय ।
प्रतियोगिताको पहिलो खेल अल्पाईन पब्लिक स्कुल चरिकोट र कालिञ्चोक माध्यमिक विद्यालय बिच हुने नेविसंघ दोलखाका सचिव विष्णु शिवाकोटीले जानकारी दिए ।
फोटो
कांग्रेस नेता स्व. भीम बहादुर तामाङको स्मृतिमा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदमन्त्री चौधरी । तस्बिर- gaurishankarpost

याे पढ्न छुटाउनु भयाे की ?

म उठेन भनेर चिन्ता गर्ने होइन गठबन्धनलाई अत्याधिक बहुमतले जिताउन लाग्नुहोला ( जिपछिरिङ् लामा

sanjeet

महाँलक्ष्मी नगरको उपप्रमुखमा कांग्रेस नेतृ खनियालाई अघि सार्ने कांग्रेसको तयारी

shyam khatiwada

भीनपाको बिसन्टोलमा रित्तियो नेकपा , ठुलो संख्यामा युवा कांग्रेसमा प्रवेश

shyam khatiwada
Gaurishankar Post