दोलखा १४
कोरोना महामारीका कारण दोलखाको कालिञ्चोक गाउँपालिकामा पहिलो पटक ज्यान गुमाउने ५० वर्षिया एक पुरुषको परिवारलाई नगद सहयोग गरिएको छ ।
कालिञ्चोक सरोकार समाज नामक संस्थाले कालिञ्चोक ८ का स्व. कुल बहादुर विक की श्रीमतीलाई घरमै पुगेर आर्थिक सहयोग गरेको हो । सरोकार समाजको विपत व्यवस्थापन समितिका संयोजक टेकराज शिवाकोटी र सचिब हरि खतिवडा र सलहाकार गणेश खरेलसहितको टोलीले मृतककी श्रीमती कर्ण कुमारी विक लाई नगद ५ हार ५ रुपैंया सहयोग गरेको समाजले जनाएको छ । कुल बहादुरको झण्डै ३ साता अघि कोरोना संक्रमणका कारण चरिकोटस्थित अस्पतालमा मृत्यु भएको थियो । मृतककी श्रीमती कर्ण कुमारीले थोरै भएपनि सहयोग गरेकोमा समाजप्रति आभार व्यक्त गरेकी छन् । सरोकार समाजले आफ्नो गाउँपालिका भित्र कोभिड संक्रमण नियन्त्रणका लागि अभियाननै चलाएर पिडितहरुलाई सहयोग गर्दै आएको छ । समाजले २ दिन अघि कालिञ्चोक गाउँपालिकाका १३ वटा स्वास्थ्य संस्थाहरुलाई अत्याबश्यक स्वास्थ्य सामाग्रीहरु मास्क सेनिटाइजर , अक्सिमिटर , थर्मल गन लगाएतका सामानहरु वितरण गरिसकेको समाजका सचिब हरि खतिवडाले जानकारी दिए ।