Gaurishankar Post
फोटोफिचर समाचार

कोभिडका कारण दोलखामा ७ को मृत्यु , यसरी गरिन्छ शव व्यवस्थापन(हेर्नुहोस फोटोफिचर)


श्याम खतिवडा
दोलखा ७ जेठ

दोस्र्रो चरणको कोरोना महामारीका कारण दोलखामा हालसम्म ७ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेहरुमा दोलखाका विभिन्न स्थानीय तहका नागरिकहरु छन् । जिल्ला स्वास्थय कार्यालय दोलखाका अनुसार त्यसरी ज्यान गुमाउनेहरुमा विगु गाउँपालिकाका २ पुरुष र १ महिला , भीमेश्वरका १ पुरुष , मेलुङ गाउँपालिकाकी १ महिला , कालिञ्चोकका १ पुरुष र वैतेश्वर गाउँपालिकाकी १ महिला रहेका छन् ।
मृत्यु भएकाहरुको शवको व्यवस्थापन स्थानीय तहहरुको समन्वयमा चरिकोटस्थित तारादल गणमा रहेका नेपाली सेनाहरुले नै गरेका छन् । जिल्ला प्रशासन कार्यालय दोलखाका सहाएक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीका अनुसार दोलखामा भएका मृतकहरुको शव व्यवस्थापनका लागि सबै स्थानीय तहहरुले संयुक्त रुपमा चरिकोट अस्पतालमा कोष स्थापना गरेको र सोही कोषबाट शव व्यवस्थापनको काम हुदै आएको छ । कोभिड बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन र बिरामीहरुका लागि आइसुलेसन तथा क्वारेन्टाइन निर्माणका लागि गत वर्ष नै दोलखाका ९ वटा स्थानीय तहहरुले २ लाख का दरले चरिकोट अस्पतालमा संयुक्त कोष निर्माण गरेका थिए ।
पछिल्लो प्रोटोकल अनुसार कोभिडका बिरामीहरुको मृत्यु हुँदा स्थानीय तहले दाउरा , मृतकका आफन्तले चिटा वा खाल्डो तयार गरेपछि भीमेश्वर नगरपालिकाको शव वाहानमा घाटसम्म लैजाने व्यवस्था रहेको तारादल गण दोलखाले जनाएको छ । गणका सह सेनानी इश्वरराज काफ्लेका अनुसार नेपाली सेनाकै सकृयतामा हालसम्म सबै शवको व्यवस्थापन गरिदै आएको छ । शेनालाई आबश्यक पर्ने डेथ बडि ब्याग , पिपिइ लगाएतका स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने र शव बाहन भीमेश्वर नगरले उपलब्ध गराउदै आएकाले मृतकका आफन्तको खर्च नहुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले जानकारी दिए । शव बाहनको खर्च भने नगरपालिकाले एकमुष्ट संयुक्त रुपमा भुक्तानी लिने छ । मृतकका आफन्तहरुले पनि अहिलेसम्म दाहसंस्कारमा आफ्नो व्यक्तिगत खर्च नभएको जनाएका छन् । यसरी गरिन्छ शव व्यवस्थापन हेर्नुहोस थप तस्बिर ।


फोटो
दोलखामा कोभिडका कारण मृत्यु भएका नागरिकहरुको दाहसंस्कार गर्दै तारादल गण दोलखाका शैनिकहरु । तस्बिर सौजन्य ः तारादल गण चरिकोट

याे पढ्न छुटाउनु भयाे की ?

म उठेन भनेर चिन्ता गर्ने होइन गठबन्धनलाई अत्याधिक बहुमतले जिताउन लाग्नुहोला ( जिपछिरिङ् लामा

sanjeet

पहिरोले दोलखाको सुनखानी साङ्बा सडक अबरुद्ध

shyam khatiwada

दोलखामा पहिलोपटक खुल्यो दुई तारे होटल एम्ब्रोसिया

shyam khatiwada
Gaurishankar Post