Gaurishankar Post
समाचार

कोभिड संक्रमणबारे सचेतना फैलाउन माक्स वितरण गर्दै दोलखाका प्रजिअ शर्मा



दोलखा १६ साउन

कोरोना भाइरस कोभिड १९ को संक्रमण न्युनिकरण गर्न सचेतना फैलाउने उद्देश्यले दोलखाका प्रमुख जिल्ला अधिकारी आफैं सडकमा खटिएर माक्स वितरण गरेका छन् ।
पछिल्लो समय पनि कोभिड संक्रमीतको संख्या दिनानुदिन बढिरहेको भन्दै नागरिकलाई थप सचेतना फैलाउन दोलखाका प्रजिअ भीमकान्त शर्मा आफैं सडकमा खटिएर माक्स वितरण गरेका हुन् । जिल्लास्तरिय संकट व्यवस्थापन समितिको बैठक बसेर नागरिकलाई थप सचेतना जगाउन न्युनतम स्वास्थ्य सामाग्री अनिबार्य प्रयोग गर्न शन्देश दिन माक्स वितरण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । उनले गृह मन्त्रालयको निर्देशन अनुसार यस अघि माक्स नलगाउने १ हजार भन्दा धेरै नागरिकलाई सम्झाई बुझाई गरिएको र आइतबारबाट अनिबार्य माक्स प्रयोग गर्नेगरि कडाई गर्न लागिएको जानकारी दिए । प्रजिअ शर्माले शुक्रबार आफैं चरिकोटस्थित सातदोबाटो चोकमा उभिएर झण्डै ५ सय नागरिकलाई माक्स वितरण गर्दै अनिवार्य माक्स लगाउन अनुरोध गरेका छन् । उनले आइतबार देखि सबैले माक्स नलगाए संक्रमण रोग ऐन २०२० बमोजिम माक्स नलगाउनेहरुलाई एक सय रुपैंया जरिबाना सहित आबश्यक कार्बाही गरिने जनाएका छन् ।
संक्रमणका हिसाबले दोलखा ग्रिन जोन भित्र परेपनि थप संयमित हुन र अहिलेकै अवस्था कायम राख्न अनिबार्य स्वास्थ्य सामाग्री प्रयोगमा जोड दिइएको जिल्लास्थित संकट व्यवस्थापन समितिले जनाएको छ । दोलखामा लकडाउन सुरु भए यता भारत सहित अन्य मुलुकबाट १ हजार ९२ जना जिल्ला भित्रीएका र ९ सय ५३ जनाले क्वारेन्टाइनको समय अवधि पुरा गरि घर फर्किएका छन् भने ३३ जना अहिले पनि क्वारेन्टाइनमा बसिरहेका छन् । क्वारेन्टाइनमा बसेका मध्ये ३ सय ४१ जनाको पिसिआर परिक्षण गरिएकोमा ३ जनाको मात्रै रिपोर्ट पोजेटिभ आएको थियो ।
फोटो
कोभिड १९ बारे सचेतना फैलाउन माक्स वितरण गर्दै दोलखाका प्रजिअ भीमकान्त शर्मा ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखामा बाल बिवाहा हुन बाट रोक

shyam khatiwada

इमानका पक्का बर्मा लामा दोलखा ख मा अगाडी, ठुलोे अन्तरले जित निकाल्ने उद्घोष

shyam khatiwada

कांग्रेस नेता बर्मा लामाको पहलमा गौरीशंकर बिजनेस ग्रुप जापानद्धारा मेलुङमा लाखौंको स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada
Gaurishankar Post