Gaurishankar Post
देश समाचार

कोभीडका कारण दोलखामा एक महिलाको मृत्यु , संक्रमितको संख्या २ सय २३ पुग्यो


बैशाख २८ दोलखा

दोलखामा मंगलबार कोभीडका कारण फेरि एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको मेलुङ गाउँपालिका घर भई कोभिड संक्रमणका कारण चरिकोट अस्पतालमा उपचार गराइरहेकी ८१ वर्षिया वृद्ध महिलाको घर लैजादै गर्दा बाटोमानै मृत्यु भएको हो । अवस्था जटिल बन्दै गएपछि उनका आफन्तलेनै बिरामी घर लैजाने भनेपछि अस्पतालले उनलाइ परिवारको जिम्मा लगाएको थियो । उनको बाटोमानै मृत्यु भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । उनि सँगै २०७८ मा कोभीडकै कारण दोलखामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।
दोलखामा मंगलबारसम्म सकृय संक्रमितको संख्या २०७८ मा मात्रै २ सय २३ पुगेको छ भने मृत्यु हुनेको संख्या २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाकी पब्लिक हेल्थ अफिसर सपना केसीले जानकारी दिएकी छन् । उनका अनुसार मंगलबारमात्रै जिल्लाको मेलुङ गाउँपालिकाकी एक महिलाको कोभीडकै कारण निधन भएको छ । सोमबार कालिञ्चोक गाउँपालिकाका एक पुरुषको निधन भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा कांग्रेसको उपसभापतिमा अर्जुन शिवाकोटीको उम्मेदवारी

shyam khatiwada

उद्योग वाणिज्य महासंघको प्रदेश सदस्यमा उम्मेद्धारी दिदै व्यवसायी रिमाल

shyam khatiwada

महामारीको समयमा समाजसेवी खुलालको अर्को पुण्य काम ,गाउँको स्वास्थ्य चौकीलाई अत्याबश्यक औषधी सहयोग

shyam khatiwada
Gaurishankar Post