बैशाख २८ दोलखा
दोलखामा मंगलबार कोभीडका कारण फेरि एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको मेलुङ गाउँपालिका घर भई कोभिड संक्रमणका कारण चरिकोट अस्पतालमा उपचार गराइरहेकी ८१ वर्षिया वृद्ध महिलाको घर लैजादै गर्दा बाटोमानै मृत्यु भएको हो । अवस्था जटिल बन्दै गएपछि उनका आफन्तलेनै बिरामी घर लैजाने भनेपछि अस्पतालले उनलाइ परिवारको जिम्मा लगाएको थियो । उनको बाटोमानै मृत्यु भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । उनि सँगै २०७८ मा कोभीडकै कारण दोलखामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।
दोलखामा मंगलबारसम्म सकृय संक्रमितको संख्या २०७८ मा मात्रै २ सय २३ पुगेको छ भने मृत्यु हुनेको संख्या २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाकी पब्लिक हेल्थ अफिसर सपना केसीले जानकारी दिएकी छन् । उनका अनुसार मंगलबारमात्रै जिल्लाको मेलुङ गाउँपालिकाकी एक महिलाको कोभीडकै कारण निधन भएको छ । सोमबार कालिञ्चोक गाउँपालिकाका एक पुरुषको निधन भएको थियो ।