Gaurishankar Post
लेख तथा रचना विचार स्वास्थ्य

कोराना जित्न आत्मबल दर्विलो बनाउनु पर्छ- हेमराज रिमाल महासचिब दोउवा संघ

हेमराज रिमाल , महा–सचिव दोलखा उद्योग वाणिज्य संघ

म आफै एक डिपे्रशनको विरामी पनि हो । गत दुई वर्ष अगाडी डिप्रेशन भएर डिप्रेशन समेत पार गरी सामान्य अवस्थामा फर्किरहेको थिए । अकस्मात मेरो परिवारमा ममीलाई कोरोना पोजेटिभ देखियो । दशै नजिकिदै थियो कार्तिक ३ गते एज्ऋ मा जाच गराउने काम गरियो । कार्तिक ५ गते ममीमा कारोना भाईरसको लक्षण रिपोर्ट पोजेटिभ देखियो । हामी हाल सम्म संयुक्त परिवारको साथमा बसिरहेका छौ । हाम्रो १० जनाको परिवार रहेको छ । हाम्रो परिवारमा साहसिक र निडर ब्यक्तित्वको रुपमा ममीलाई लिइन्छ । हाल सम्म घरको सम्पुर्ण जिम्मेवारी कामकाज ममीलेनै सम्हाली रहनुभएको छ । साधरण लेखपढ मात्र भएपनि हाम्रा ममी अतिनै चलाख र निडर हुनुहन्छ । घरको मुलीलाई नै दशैको मुखमा कोरोना पोजेटिभ देखिए पछि कताकता खल्लो र असहज लागी रहेको थियो । कन्ट्र्याक ट्रेसिङका आधारमा हामी संयुक्त परिवारले कार्तिक ८ गते स्वाब (कलेक्सन) संकलन गरायौ हाम्रो पनि २ जना छोरा बाहेक सवैमा पोजेटिभ देखियो दशैको मुखमा यस्तो होला भन्ने कल्पना समेत गरिएको थिएन तर दैवको लिला हामी विचलित हुने कुरा भएन÷रहेन बच्चाहरुको दशै विग्रिएला र नरमाईलो होला भनेर हामीले सजकता अपनाउदै दृढता र साहसका साथ अगाडीवढ्ने र कोरोना संग लड्ने प्रण गरियो । अघिपछि अष्टमीको दिनमा खसि काट्ने गरिन्थ्यो यसपाली फुलपातीमा नै खसी काट्ने काम गरियो । घर भरीका सवैलाई पोजेटिभ देखिएको हुदा एक आपसमा खासै असहज महसुस भएन २ वटा छोराहरुलाई दुई कोठामा आईसोलेसनमा राखियो, पुरै ब्यवस्थित ढङ्गले छुट्टै तल्लो तलामा राखिएको हुदा उनीहरुलाई संक्रमण पैmलने संभावना कम नै रह्यो ।
यस जटिल अवस्थामा ईतिहासमानै पहिलो पटक यस्तो दशै मनाउन पाउदा एक हिसावले नरमाईलो लागे पनि स्मरण गर्न लायक छ । विजया दशमीमा बुवाको हातबाट मात्र टिका लगाईयो ।ममीको हातबाट आशिर्वाद बाहेक पहिलो पटक टिका लगाउन नपाउदा खल्लो महसुश भएको छ । किनकी त्यस दिन सम्म हाम्रो रिपोर्ट आएको थिएन । भोली पल्ट मात्र रिपोर्ट आएको हो । संयुक्तपरिवार बच्चाहरु पनि ठुला भईसकेका बुझ्ने भएका कारण हामीलाईकोरोना संग लड्न उच्च साहस मिल्यो, अघिपछि मान्छेहरुको जमघट भईरहने हाम्रो घरमा कोरोना लागेपछि चरोमुसो पनि नआउदा र छिमेकीहरुको ब्यबहार हेर्दात त्यस्तो ठाउँमा घर बनाएर बसिएछ भनेझंै पनि लाग्यो, तर के यो रोग नै यस्तो हो ?आफुद्धारा अरुलाई पनि सर्ला भनेर निक्कै सचेत हुनु पर्ने रहेछ । तिउन तरकारी किनेर ल्याउने मान्छे समेत भएन अझ ममीले दशै अगाडीनै सामानहरु खरिद गरि राख्नु भएको रहेछर धन्न दाल भात खान सम्म पाईयो । मेरो छोरालाई नेगेटिभ देखियोको कारण पलफुल,तरकारी किन्न बजार पठाउदा बजारतिरका लाल बुझक्कड र अजासुरहरुलेगरेको ब्यबहार देख्दाघिन लागेर आउछ । यो रोग सामुहिक रुपमा तिरस्कार गर्ने होईन, सवैजना मिलेर पर्याप्त मात्रमा पोसिलो खाना,गेडागुडी,पानी खाएर आत्मविश्वासका साथ लडेमा सामान्य रुघाखोकी जस्तो मात्र रहेछ । सुरु सुरुमा २,३ दिन हात गोडा दुख्ने, जीउ दुख्ने, खान मन नलाग्ने जीउनै लाटो हुने,ज्वरो आउने यसका लक्षणहरु रहेछन् तर २,३ दिन पछि सामान्य हुदै जाने रहेछ । मुख्य रुपमा पारिवारिक सद्भाव,माया ममता ,मेलमिलाप, सहकार्य दृढ ईच्छा शक्ति र साहसी हुनु नै यस्को निराकरण रहेछ ।
मेरो स्मरणमा ३ गते ममीलाई ८ गते हामीलाई पोजेटीभ देखियो मेरो पेशा ब्यवसायले गर्दा म अत्यन्तै हिडडुल गर्ने र जताततै जाने मान्छे भएको कारण म बाट प्रत्यक्ष रुपमा संक्रमण फैलन सक्ने भएको कारण सामाजिक संजाल फेसवुक मार्फत सार्वजनिक गरी सम्पुर्ण साथी भाई ईष्टमित्रहरुलाई सजग रसचेतनाका लागी अनुरोध गरे तत्पश्चात साथी भाई ईष्टमित्र आफन्तहरुले सिघ्रश्वास्थलाभको कामना ब्यक्त गर्दै सान्त्वना दिनुहुने सम्पुर्ण ब्यक्तित्वहरुमा मुरि मुरि धन्यवाद ज्ञापन गर्न चाहन्छु । यस विषम् परिवेशमा सम्पुर्ण महानुभावहरुले ब्यक्त गर्नु भएका भावना एवं कामनाको उच्च मुल्याङ्कन गर्दैै हार्दिक आभार प्रकट गर्दछु । रोग (कोरोना) केही होईन भन्ने मेरो बुझाई थियो, तर होईन रहेछ म मिथ्या रहेछु ।यसले मानसिक रुपमा गम्भिर असर गर्ने रहेछ । म आफु भन्दा पनी आफ्नो द्धारा अरुलाईसंक्रमण नफैलियोस् भनेर पुर्ण रुपमा सचेत रहेर आईसोलेसनमा बसेको छु । यसपालिको दशै राम्रो संग मान्न नपाउँदा पनी अर्कोसाल राम्ररी मनाउला भन्ने आशा र उत्साहका साथ कोरोना लाई सदैका लागी परास्त गर्ने शक्ति श्री दुर्गा भवानीले प्रदान गरुन भन्ने प्रार्थना गर्दछु । अतःदोस्रो पटकको टेष्टमा ममीको रिपोर्ट नेगेटिभ आएको छ । यसले हामीलाई थप उर्जा मिलेको छ । हाम्रो पनि दा्स्रो पटकको स्वाव २०७७ ।०७ ।२२ मा कलेक्सन गरी पठाएको छ । आशा छ हामी सवैको रिपोर्ट नेगेटिभ आउने छ ।
कोरोना संग लड्नु र जित हासिल गर्नु चानचुने कुरा चाही रहेनछ । कोभिड १९ कोरोना भाईरस साचै नै शक्तिशाली हुने रहेछ अझ दिर्घ रोगी, दम , पे्रसर, सुगर, युरिक एसिड, थाईराईड जस्ता रोग भएका र बृद्ध तथा बाल बच्चाहरुका लागी यो प्राणघातक रोग रहेछ । यो रोग लाग्ने वित्तिकै शारिरिक अबस्था सिथिल हुने ,ज्वरो आउने रुघाखोकी लाग्ने जस्ता लक्षणहरु देखा पर्ने रहेछ ।
यस्ले विस्तार विस्तारै शरिरलाई कम्जोर बनाउने रहेछ । १४,१५ दिन हुदा सम्म र त्यस पश्चात पनि शरिर पुर्ण रुपमा पुरानो अवस्थामा आउन एक ÷ डेढ महिना लाग्ने जस्तो भान हुने रहेछ । यसवाट सवैभन्दा बढी डर निमोनिया हुन्छकी भन्ने हो । निमोनिया भयो भने पुर्व अवस्थामा फर्कन कठिनाई हुने भन्ने विभिन्न अध्ययनले देखाएका छन् । त्यसैले लुकेर मात्र होईन जुटेर यस्को सामना गर्नु पर्दछ । आत्म विश्वास र पोषोण युक्त खानेकुराहरु खाने मनतातो पानी पिउने, पानीको बाफ लिने लगायतका कार्यहरु नियमित रुपमा गरी होम आईसोलेशनमा बसी यसको परास्त गर्नु पर्दछ भन्ने हाम्रो बुझाई र अनुभव रहेको छ । म लगायत मेरो परिवारको सम्पुर्ण सदस्यहरुको दोस्रो टेष्ट रिपोर्ट नेगेटिभ आएकोले हामी अहिले पुर्ण रुपमा स्वस्थ रही पुर्बवत अवस्थामा फर्किसकेका छौँ, यस्का लागी मेडिकल टिम लगायत सम्पुर्ण शुभचिन्तकहरुमा पुनः धन्यवाद ज्ञापन गर्दछु । साथै मेरो शरिरबाट मिल्ने भएमा अन्य रोगीहरुको उपचारमा समर्पित रहदै प्लाज्मा दान गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्दछु । सवैको जय होस ।

याे पढ्न छुटाउनु भयाे की ?

लिखु तामाकोसी गाउँपालिकाका विद्यालयहरुलाई स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छः मन्त्री पौडेल

shyam khatiwada

यी हुन् चरिकोट अस्पताल कि बिशिस्ट नर्स जसले सल्यक्रिया मा सहयोग गर्छिन:

sanjeet
Gaurishankar Post