Gaurishankar Post
वाग्मती समाचार

कोरोना पोजेटिभ देखिएका दोलखाका एक वृद्धको काठमाडौंमा मृत्यु


दोलखा २१ जेठ
दोलखामा पहिलोपटक कोरोना भाइरस पोजेटिभ देखिएका एक वृद्धको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
एक साता अघि राजधानीको केएमसी अस्पतालमा कोरोना पोजेटिभ देखिएका भिमेश्वर नगर २ का ७६ वर्षिया वृद्धको मृत्यु भएको हो । मृतक वृद्धलाई जेठ १३ गते ह्यामरेज स्टोकको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । पारिवारिक स्रोतका अनुसार भर्ना गरेको २ दिनपछि उनको पिसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण पुष्टी भएपछि उनलाई त्रिबि शिक्षण अस्पताल रिफर गरिएको हो । अस्पतालका अनुसार उनको उपचारकै क्रममा बुधबार दिउसो मृत्यु भएको हो । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृतकको कोरोना संक्रमणकै कारण मृत्यु भएपनि उनिसँगको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरि परिक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । केएमसी अस्पतालमा मृतक बृद्धको कोरोना पोजेटिभ देखिए लगत्तै प्रस्ताबित चरिकोट अस्पतालका चिकित्सकहरु सहित परिवारका सदस्यहरुको पिसिआर परिक्षण गरिएको थियो । २५ जनाको पिसिआर परिक्षण गर्दा उनिहरु कसैलाई पनि संक्रमण नदेखिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिए ।

याे पढ्न छुटाउनु भयाे की ?

च्छोरोल्पा अस्पतालमा वाल शल्यक्रिया शिविर,९ जनाको शल्यक्रिया

shyam khatiwada

दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि अत्याबश्यक सामाग्री सहयोग

shyam khatiwada

दोलखाको लामिडाँडामा एमालेका कार्यकर्ताद्धारा गठबन्धनका वडासदस्यमाथी खुकुरी प्रहार

shyam khatiwada
Gaurishankar Post