Gaurishankar Post
ब्रेकिंग

कोरोना संक्रमित बढ्दै गएपछि दोलखामा निषेधाज्ञा घोषणा


विकास खड्का
दोलखा ७ भदौ

पछिल्लो समय कोराना भाइरसका संक्रमित एकाएक बढ्दै गएपछि दोलखामा निशेधाज्ञा घोषणा गरिएको छ ।
साउन अन्तिम सातादेखि कोरोना संक्रमितको संख्या बढेसँगै आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । दोलखाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक भीमकान्त शर्माले कोरोना संक्रमणको न्युनिकरणका लागि निषेधाज्ञा गर्नुपरेको जानकारी दिए । उनका अनुसार आइतबार साँझ ५ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म अत्याबश्यक बाहेकका अन्य सम्पुर्ण गतिबिधि बन्द गर्नेगरि निषेधाज्ञा जारी गरिएको हो । यसअघि दोलखाको गौरीशंकर , कालिञ्चोक लगाएतका स्थानीय तहहरुमा कोरोना संक्रमण देखिएपछि साउन ३१ गतेदेखि जिल्लाभर लकडाउन गरिएको थियो । पहिलो चरणमा साउन ६ गतेसम्म गरिएको लकडाउन पुःन थप गरि भदौ १० सम्म गर्ने भनिएपनि शनिबार एकै पटक भीमेश्वर नगरपालिकामा ६ जनामा संक्रमण पुष्टी भएपछि निषेधाज्ञा घोषणा गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
समितिको बैठक सकिएलगत्तै दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माद्धारा हस्ताक्षरित बिज्ञप्तीमा निषेधाज्ञाको अबज्ञा गरी कार्य गरको पाइए संक्रामक रोग ऐन २०२० बमोजिम कार्बाही हुने उल्लेख छ । विज्ञप्तीमा अत्याबश्यक काम बाहेक बाहिर ननिस्कीन आम सर्वसाधरणहरुमा अनुरोध समेत गरिएको छ ।

हेर्नुहोस पुरा विज्ञप्ती

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा उद्योग वाणिज्य संघद्धारा यस वर्षको सदस्यता नविकरण शुल्क मिनाहा

shyam khatiwada

निर्माण क्षेत्रका हस्ती बालकृष्ण थापा , दोलखाबाट कांग्रेस महाधिबेशनमा भिड्दै

shyam khatiwada

दोलखामा नामसालिङको ४ वर्षे समिक्षा, कालिञ्चोकमा उल्लेख्य प्रगति भएको निष्कर्श

shyam khatiwada
Gaurishankar Post