३०, बैशाख, दाेलखा
प्राथमीक स्वास्थ्य केन्द PHC बाट प्रस्वावित चरिकोट अस्पताल हुँदै हाल चरिकोट अस्पतालको रुपमा संचालनमा आएको यो अस्पताल नेपाल सरकारको निणर्यानुसार प्रदेश अस्पतालको रुपमा रहने भनिएता पनि प्रदेश सरकारबाट हाल सम्म मौखिक बाहेक भौतिक रुपमा उल्लेखनिय सहयोग प्राप्त गर्न सकेको छैन् । हाल भीमेश्वर नगरपालिकाको व्यवस्थापनमा संचालन हुदै आइरहेको यो अस्पतालले अनेक समस्याहरुसँग जुध्दै निरन्तर निःशुल्क रुपमा सेवामा समर्पित रहदै आएकोछ ।
दोलखा जिल्लामा रहनु भएका माननियज्यूहरुको सहयोगमा भीमेश्वर नगरपालिकाद्वारा स्थापना गरिएको पि.सी.आर. ल्याव कोभिड १९ को दोश्रो लहरको संक्रमण विकराल रुपमा फैलिरहेकै अवस्थामा संचालनमा आउनु आफैमा गौरवको विषय थियो । ल्याव संचालनमा ल्याउनको लागि आवश्यक जनशक्ति तथा सामाग्री व्यवस्थापन र कानुनी मान्यताको लागि प्रकृया पुरा गर्न निकै कसरत गरी ल्याव संचालनमा आएको छ । ल्याव संचालनमा आए पश्चात दैनिक १०० जनाको पिसीआर परिक्षण हुदै आइरहेको छ । ल्याव संचालन भएको एक हप्तामा लगभग ७०० पी.सि.आर परिक्षण गरिएकोमा लगभग २५० पोजेटिप केश पाइएकोछ ।

कोभिड १९ को दोश्रो लहरको संक्रमण फैलिरहेको अबस्थामा दैनिक १२५ जनाको हाराहरीमा विरामीहरुको परीक्षण गरी आवश्वकता अनुसार पी.सि.आर. परिक्षण गरि जटिल देखिएका विरामीहरुलाई भर्ना गरी उपचार गर्दै आइरहको छ भने आजको दिनमा सम्ममा ३७ जना सिकिस्त पी.सि.आर पोजेटिभ भएका विरामीहरुको उपचार गर्दै आइरहेकोछ र त्यसमा ५ जनाको डिस्चार्ज भएको, १ जनाको मृत्यु, ४ जना रेफर तथा २७ जना सिकिस्त बिरामीको अस्पतालमा उपचार भैरहेको अस्पताल प्रमुख डा. बिनोद दंगाल बताउछन् ।
कोविड बिरामीको चाप अत्यधिक बढे पछी जिल्ला को संकट व्यबस्थापन समितिले ९ ओटै पालिका बाट १-१ जना स्टाफ नर्स सहयोग गर्ने भनिएता पनि मेलुंग, बिगु, कालिन्चोक, तामाकोशी र गौरीशंकर गाउपलिका बाहेक अरु गौपलिका र नगरपालिका ले भने कुनै रेस्पोन्स गरेका छैनन्.
कोबिड बिरामीको उपचार गर्दा धेरै सिकिस्त भएमा पनि काठमाडौँ का ठुला ठुला अस्पताल मा आइ सी यु बेब्स्थापन गर्न कठिन भएकाले उपचार जसरि पनि अस्पताल मै गर्नु पर्ने बध्येता रहेको डा दंगाल बताउछन.
उपचार मा अक्सिजन ले मुख्य भूमिका खेल्ने भएकाले भिमेश्वोर नगरपालिकाले सक्दो सहयोग गरेको, अनि च्छो रोल्पा अस्पताल ले पनि निकै राम्रो भूमिका खेलेकाले अहिले सम्म सहज भएको तर अक्सिजन को खपत दिन मा नै ७ ओटा ठुला सिलिन्डर को प्रयोग हुने हुदा केहि दिन पछी उपचार मा कठिनाइ आउने सम्भावना रहेको डा बिनोद बताउछन.

जिल्लाकै रेफरल अस्पताल को रुपमा रहेको चरिकोट अस्पताल ले एस्तो अवस्थामा पनि सम्पूर्ण सेवाहरु उपलब्ध गराउदै आएको छ, नन कोविड बेबस्थापनमा सुरक्षित प्रसूति कार्येक्रम, मानसिक रोग को बेबस्थापन, आकस्मिक सल्यक्रियाहरु, क्षय रोग, कुस्ठ रोग लगाएत अन्य रोग को उपचार गरिरहेको छ.
आजको जस्तो विकराल अबस्थामा सेवाको तुलनामा न्यूनत जनशक्ति रहेको अवश्थामा पनि यस अस्पतालमा कार्यरत जनशक्तिले अतिरिक्त सुविधा विना नै संयमित रुपमा आफ्नोे सेवामा निरन्तर समर्पित भएर लागि रहेका छन् र जस्तो सुकै अवस्थामा पनि अस्पतालमा उपलब्ध रहेको साधन र स्रोतको उच्चतम प्रयोग गरि सेवामा लागि रहने प्रतिबद्वता समेत व्यक्त गरेकाछन र कोविड ब्यवस्थापनका लागि सहयोग गर्न सबै सरोकारवालाहरुलाई आवहान गरेका छन् ।