Gaurishankar Post
समाचार स्थानीय समाचार

क्यान्सर पिडित महिलालाई तरुण नेता खड्काको आर्थिक सहयोग

दोलखा २६ भदौ


दोलखाको भीमेश्वर नगरपालिका ७ मगरटोलस्थित सिंहरामकी ५० वर्षिय महिलालाई स्तन क्यान्सर भई उपचारका लागि रकम अभाव भएपछि तरुण नेता विकास खड्काले अर्थिक सहयोग गरेका छन् ।
भीनपा ७ की धनकुमारी मगरको स्तन क्यान्सर भएको र निजको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले तरुण दल दोलखाका सहसचिब विकास खड्काले आर्थिक सहयोग गरेका हुन् । शुक्रबार क्यान्सर पिडित महिला मगरको घरमै पुगेर खड्काले नगद ५ हजार सहयोग गरे । उनको उपचारका लागि अस्पतालले ८ लाख खर्च लाग्ने भनेपछि मगर दम्पत्ति यतिबेला पुरै तनाबमा छन् । स्तन क्यान्सर बाट पिडित दोलखाकी एक विपन्न महिलाले आफु गरिब भएकै कारण उपचार गर्न नसके पछि सहयोगको याचना गरेकी छन् । तरुण नेता खड्काले उनलाई थप सहयोग गर्ने जनाएका छन् । अहिले तत्काललाई बिरामीलाई इच्छा अनुसार खाना खुवाउन सुरुमा थोरै सहयोग गरेपनि क्रमश सहयोग गर्नुका साथै अन्य सहयोग जुटाउन समेत आफु लागि पर्ने खड्काले जनाएका छन् ।
सिंहरामकी ५० वर्षिय विपन्न महिला धनकुमारी मगरले उपचारका लागि रकम अभाब भएकै कारण मर्नुपर्ने अवस्था आएको भन्दै सहयोगको याचना गरेकी हुन् । आर्थिक स्तर अत्यन्त कमजोर रहेको उनको परिवारमा श्रीमान र श्रीमती मात्रै छन् । वृद्ध अवस्थाका उनका श्रीमानको अन्य कुनै आम्दानीको स्रोत छैन । उनिहरुको सिंहराम भन्ने ठाउँमा २ रोपनी पाखाबारी रहेको र त्यसैमा सामान्य खेतिपाति गरी जिविकोपार्जन गर्दै आएका मगर दम्पति यतिठुलो र डरलाग्दो क्यान्सर रोगले आक्रमण गरेपछि पुरै चिन्तामा छन् । धनकुमारीको दाइने स्तनमा लामो समय अघिदेखि एउटा सानो गाँठो थियो । उनका अनुसार सोही गाँठो क्रमस बढ्दै गएको र पिडा हुन थालेपछि असार दोस्र्रो साता उनिहरुले चरिकोटको स्थानीय स्वास्थ्य संस्थामा जाँच गरेका थिए ।

स्वास्थ्यकर्मीहरुले उक्त गाँठोका कारण स्तनमा क्यान्सर भएको हुनसक्ने भन्दै काठ्माण्डौ जान सुझाएका थिए ।
भक्कानिदै उनका श्रीमान राम बहादुर मगरले भने “पासमा एक रुपैंया थिएन , घरबारी धितो राखेर चरिकोटको आरम्भ लघुवित्त बाट १ लाख ऋण झिकेर काठ्माण्डौ लगेँ, नभन्दै क्यान्सर नै लागेको रहेछ” । उनले श्रीमतिलाई भक्तपुरस्थित क्यान्सर अस्पताल भर्ना गरेको र असार १७ गते स्तन क्यान्सर लागेको रिपोर्ट आएको बताए । झण्डै एक साता काठ्माण्डौमा बसेर उपचार गर्दा ऋण लिएको एक लाख रकम सकिएपछि निरास हुदै उनिहरु घर फर्किए ।

गहभरी आँसु पार्दै राम बहादुरले भने अहिले दैनिकै पिडा छ , उपचारका लागि काठमाण्डौ लैजान अरु खर्च त परै जाओस गाडीभाडा समेत हामीसँग छैन । अस्पतालले दिएका कागजातहरु देखाउदै उनले भने ‘सन्तान पनि भएनन्, भएकी एउटी श्रीमतिलाई पनि यस्तो रोग लाग्यो ,लौ न हजुर मेरी श्रीमति बचाउन सहयोग गरिदिनुस ’ । उनकी श्रीमति धनकुमारीले आफु पैसा नभएकै कारण मनुपर्ने भएको भन्दै इच्छा हुनेहरुलाई जतिसक्दो सहयोग गरिदिन अनुरोध गरेकी छन् ।
उपचारका लागि ८ लाख खर्च लाग्ने
भक्तपुर क्यान्सर अस्पतालले उनको उपचारका लागि ८ लाख खर्च लाग्ने बताएको उनिहरुले जनाएका छन् । पारिवारिक अवस्था हेर्दा ८ लाख त के ८ हजार पनि खर्च गर्नसक्ने क्षमता देखिदैन । अस्पतालले खर्च लाग्ने ८ लाखमध्ये ७ लाख जुटाएर आए १ लाख राज्यको तर्फबाट विपन्न नागरिक उद्धार कोषमार्फत छुट गरिने जनाएको थियो । शुक्रबार उनको त्यो अवस्था सुनेपछि भीमेश्वर ७ का केही अगुवाहरुसहित हामी उनको घर सिंहराम पुगेका थियौं । १ तले सामान्य घर र एउटा कटेरोमा दुखले जिविकोपार्जन गर्दै आएका उनिहरुको अवस्था विहान बेलुका मुख जोर्न समेत धौ धौ रहेको देखियो । यस अघि उनको उक्त समस्याका बारेमा जानकारी प्राप्त भएपछि आफुले साथिभाइसँग सल्लाहा गरेको र ३५ हजार रकम सहयोग गर्न केही युवाहरु तयार रहेको भीनपा ७ का स्थानीय अगुवा शंकर कार्कीले जानकारी दिए । उनले इच्छा अनुसार सबैले सहयोग गरे मगर दम्पतिको घाउमा थोरै भएपनि मलहम लगाउन सकिने बताएका छन् । उनलाई चरिकोटस्थित भीमेश्वर नगरपालिकाले १० हजार रकम अस्पताल जान बाटो खर्च बापत उपलब्ध गराउन सकिने जनाएको छ । नगरका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले दिर्घरोगीहरुलाई १० हजार रुपैंया अस्पताल जाने खर्च बापत दिइने र उनको अस्पताल भर्ना भएपछि एक लाख छुटका लागि सिफारिस गर्न सकिने बताएका छन् ।
कसरी गर्ने सहयोग
मगर दम्पतिलाई सम्पर्क गर्न उनिहरुको आफ्नै मोवाइल फोन पनि छैन । केही पर्दा उनिहरुले आफ्नी भतिजीको मोवाइलमा कुरा गर्ने गरेका छन् । भतिजीको सम्पर्क नम्बर ९८२४८३७८०३ मा सम्पर्क गरि इच्छुक व्यक्तिहरुले सिधै सहयोग समेत उपलब्ध गराउन सक्नेछन् । त्यसबाहेक धनकुमारी मगरको आफ्नै बैंक खाता समेत रहेको छ । उनको महाँलक्ष्मी विकास बैंक चरिकोट शाखामा रहेको खाता नम्बर ०५३१०२००२८५१८१०००००१ मा जम्मा गर्न समेत सकिने जनाइएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

गुमुखोला तोरीखेत सिञ्चाई आयोजनाको विवाद टुंगियो एक साताबाट निर्माण सुरु हुने

shyam khatiwada

कालिञ्चोक खतिवडा सेवासमाजको प्रथम साधारण सभा, रेबन्तीको नेतृत्वमा नयाँ कार्यसमिति

shyam khatiwada

मुलुककै प्राचिन शहरको रुपमा दोलखा बजारको विकास गर्छौं – भरत प्रधान

shyam khatiwada
Gaurishankar Post