Gaurishankar Post
ब्रेकिंग राजनीति

खेल क्षेत्रको विकास गर्नसकेमात्रै समुन्नत देश निर्माण हुन्छ -कांग्रेस नेता भण्डारी


श्याम खतिवडा,
दोलखा ९ जेठ,,

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री शंकर भण्डारीले समग्र खेलकुद क्षेत्रको विकास गर्नेसकेमात्रै समुन्नत मुलुक निर्माण हुने बताएका छन् ।
खेलाडी राष्ट्रको गहना भएको बताउदै खेल क्षेत्रलाई प्रभाबकारी ढंगले विकास गर्न सके मुलुक समुन्नत बन्ने विस्वास गर्दै नेता भण्डारीले वर्तमान सरकार त्यसतर्फ त्रियाशिल रहेको बताएका छन् । मंगलबार दोलखा सदरमुकाम चरिकोटमा आयोजित स्व. भीम बहादुर तामाङ स्मृति अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको समापन समापन समारोहलाई सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहेका भण्डारीले यस्तो बताएका हुन् । भण्डारीले पछिल्लो समय नेपाली खेलाडीहरुले अन्तराष्ट्रिय स्तरमा निकै राम्रो प्रगति हाँसिल गरिरहेको जनाउदै यसलाई थप मजबुत र व्यवस्थित बनाउन वर्तमान सरकार खेल क्षेत्रका उपलब्धीहरुलाई संस्थागत गर्दै यस क्षेत्रको विकासका निम्ति क्रियाशिल रहेको जनाएका छन् । कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले दोलखा जस्तो पहाडी जिल्लामा अन्तराष्ट्रीयस्तरको प्रतियोगिता आयोजना गरी स्वर्गिय निष्ठावान नेता भिम बहादुर तामाङलाई अन्तराष्ट्रिय स्तरमा समेत निष्ठा र त्यागको राजनीतिक शन्देश प्रवाहा गरेकोमा आयोजक संस्था दोलखा चेस होमलाई धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रममा स्व. भिमबहादुर तामाङ स्मृति प्रतिष्ठान केन्द्रिय समितिका अध्यक्ष एवं दोलखा कांग्रेसका सभापति बर्मा लामाले स्व. नेता भिम बहादुर तामाङबाट अहिलेका राजनीतिकर्मीहरुले निष्ठा र त्यागीपनको पाठ सिक्नुपर्ने जनाएका छन् ।
दोलखा चेस होमका अध्यक्ष गोबिन्दमान श्रेष्ठको अध्यक्षतामा चारदिन अघि सुरु भएको प्रतियोगितामा प्रथमको उपाधि भारतिय खेलाडी इन्द्रजित महेन्द्रकारले हात पारेका छन् । उनलाई नगद एक लाख सहित शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको छ । त्यस्तै प्रतियोगिताको दोस्रो र तेस्र्रो स्थान पनि भारतिय खेलाडीहरुलेनै हात पारेका छन् । दोस्र्रो स्थान भारतका भेदान्त नगरकाट्य र तेस्र्रो मोहीतकुमार सोनि छन् । उनिहरुलाई क्रमश ६० हजार र ४० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा १२ वर्षमुनिको छुट्टै प्रतिष्पर्धी खेलाडीहरुमध्ये भारतकै ६ वर्षिया बालिका अनुपरिया यादबले बाजी मारेकी छन् । उनलाई पनि नगद सहित पुरस्कार प्रदान गरिएको छ । ५ देशका १ सय ५६ खेलाडी सहभागी रहेको उक्त प्रतियोगिताको जेठ ५ गते कांग्रेस केन्द्रिय कार्यसम्पादन समिति सदस्य एवं पुर्वसांसद जिपछिरिङ लामाले उद्घाटन गरेका थिए ।
फोटो – दोलखामा आयोजित अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पुरस्कार वितरण गर्दै कांग्रेस नेता शंकर भण्डारी । तस्बिर -gaurishankarpost.

याे पढ्न छुटाउनु भयाे की ?

महाँलक्ष्मी नगरको उपप्रमुखमा कांग्रेस नेतृ खनियालाई अघि सार्ने कांग्रेसको तयारी

shyam khatiwada

बाँकी काम पुरा गर्न मेरो उम्मेद्वारी हो , वैतेश्वरमा कांग्रेससँग कसैको प्रतिष्पर्धानै छैन- लामा

shyam khatiwada

एमसिसी र तत्कालिन नेतृत्व

shyam khatiwada
Gaurishankar Post