Gaurishankar Post
Image default
वाग्मती

गुटको अन्त्य र युवाको प्रतिनिधित्वको लागि मेरो उम्मेद्धवारी- पाठक

नेपाली कांङ्ग्रेसको १४ औँ महाधिवेशनमा कालिन्चोक गाउँपालिकाको सभापतिमा पदमराज पाठकले उम्मेद्वारी दिएका छन् । युवा नेता तथा समाजसेवी पदमराज पाठकले भोलि हुन लागेको पालिका स्तरीय महाधिवेशनमा युवा पुस्ताको आवश्यकता रहेको र युवाले देशको नेतृत्व गर्नुपर्छ भन्दै आफूले सभापतिको लागि उम्मेद्बारी दिएको बताएका छन् ।

गाउँ गाउँमा सिंहदरबार पुगेको भनिएता पनि जनताहरुको अपेक्षा अनुसार काम नभएको र प्रदेश देखि जिल्ला हुँदै हरेक स्थानीय तह-हरुमा युवा नेतृत्वको आवश्यकता भएको देखेको छु-उनले थप्दै भने, वर्तमान परिस्थितिमा नेपाली राजनीति चरम दुर्गन्धित बनेको छ । देशको मान मर्म नभेटीएको र यसको विरोध युवाहरूले गर्नुपर्नेछ । हाम्रो समाजमा देखिएको समस्याका विषयहरुलाई एक एक गर्दै खोजीखोजी  अन्त्य गर्नको लागि समेत आफूले उम्मेद्बारी दिएको बताएका छन् ।


 तरुण दल जिल्ला सदस्य रहेका पाठक जिल्लामा युवा नेताका रुपमा परिचित छन। हाल कालिन्चोक गाउँपालिकाका पार्टी सचीव रहेका पाठकले विपक्षीसँग डटेर लड्नसक्ने कांग्रेस बनाउने पहिलो उदेश्य रहेको उनले बताए । काङ्ग्रेस भित्र भएका
विकृती र गुटबन्दी हटाउँन समेत आफुले उम्मेदवारी दिएको पाठकले बताए ।
गाउँगाउँमा गएर कार्यकताको चाहना र भावना अनुसार काम गर्ने मेरो प्रतिबद्धता जनाउदै पाठकले अब काङ्ग्रेसको जुनसुकै तहको नेतृत्वमा युबाहरु आउनुपर्ने बताए। आगामी निर्वाचनमा काङ्ग्रेसलाइ जिताउन युबाहरुको आवश्यकता रहेकोले काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा कालिन्चोकको सभापतिमा निर्बाचित गराउन पाठकले आग्रह समेत गरे ।

याे पनि हेर्नुहोस

निर्माण क्षेत्रका हस्ती बालकृष्ण थापा , दोलखाबाट कांग्रेस महाधिबेशनमा भिड्दै

shyam khatiwada

दोलखामा बसको ठक्करले मोटरचाइकल चालकको मृत्यु

shyam khatiwada

तामाकोशीका युवाहरुलाई रोजगारीमा प्राथमिकता दिनुपर्नेमा जोड

shyam khatiwada
गाैरीशंकर पाेष्ट
Online News Portal