Gaurishankar Post
ब्रेकिंग स्थानीय समाचार

गौरीशंकरका पहिरो पिडितलाई दोलखा कांग्रेसको आर्थिक सहयोग


श्याम खतिवडा
दोलखा २८ साउन

साउन २२ गते रातिको अविरल वर्षाका कारण झरेको पहिरोमा परि बिस्थापित भएका र ज्यान गुमाउने परिवारलाई दोलखा कांग्रेसले आर्थीक सहयोग गरेको छ ।
जिल्लाको गौरीशंकर गाउँपालिका ८ मा पर्ने खारेको टुनिटारको पहिरोमा परि ज्यान गुमाएका र बिस्थापित भएका परिवारलाई दोलखा कांग्रेसले नगद सहयोग गरेको हो । पहिरोमा परि ज्यान गुमाउने कालिञ्चोक गाउँपालिका ८ निबासी शुरेस शिवाकोटीको परिवारलाई सामान्य खर्चस्वरुप नगद १० हजार उपलब्ध गराइएको नेपाली कांग्रेस दोलखाका सचिब बालकृष्ण आचार्यले जानकारी दिए । कांग्रेसले पहिरोका कारण घर बिस्थापित भएकामध्ये पुर्ण क्षेति भएको परिवारलाई नगद १० हजार र आंसिक क्षेति भएका परिवारलाई जनही ५ हजार उपलब्ध गराएको सचिब आचार्यले बताएका छन् । उनका अनुसार पहिरोले गुरुम्फी र टुनिटारका १३ घरधुरीमा पुर्ण क्षेति भएकाले उनिहरुलाई प्रति धुरी १० हजारका दरले सहयोग गरिएको थियो । त्यसैगरि २ वटै बस्तीमा आंसिक क्षेति भएका २० घरधुरीलाई भने प्रति परिवार ५ हजारका दरले नगद सहयोग उपलब्ध गराइएको जिल्ला सचिब आचार्यको प्रतिकृया छ । स्थलगत अवलोकन सहित सहयोग हस्तान्तरणका लागि पहिरो प्रभावित क्षेत्रमा पुगेका कांग्रेस नेता कार्यकर्ताहरुले बाढिले बगाएको खारे खोला पुल मर्मतका लागि समेत नगद सहयोग गरेको कांग्रेसका गौरीशंकर गाउँपालिका समितिले जनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा दोलखा कांग्रेसका सभापति रुद्र बहादुर खड्का , युवा नेता एवं नेबिसंघका पुर्व महामन्त्री कुन्दनराज काफ्ले जिल्ला सचिबहरु सन्तोष रिमाल , बालकृष्ण आचार्य , गौरीशंकर सभापति श्याम तामाङ तरुण दल अध्यक्ष दावासांगे शेर्पा लगाएत सहभागी थिए । पहिरो पिडितको भावनामा थोरैभएपनि मलम लगाउन आफुहरुले सहयोग उपलब्ध गराएको भन्दै युवा नेता कुन्दन काफ्लेले सरकारले पहिरो पिडितको उचित व्यबस्थापन गर्न नसकेको आरोप लगाएका छन् । टुनिटार र गुरुम्फीमा उपयुक्त भुगोल पहिचान गरि एकिकृत बस्ती सहित अन्य पुर्वाधार विकासका लागि कांग्रेसले आबश्यक पहल गर्ने आस्वासन दिएको पिडितहरुले जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

चिनिया कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर सिपिसी मार्फत नेपाल भित्रीयो

shyam khatiwada

११ वर्ष पछि सञ्चालनमा आयो सिंगटी–लामोसाँघु प्रसारणलाइन

shyam khatiwada

दोलखामा बसको ठक्करले मोटरचाइकल चालकको मृत्यु

shyam khatiwada
Gaurishankar Post