Gaurishankar Post
अर्थ र बाणिज्य ब्रेकिंग

घरभाडा छुट दिएका मनकारी खुलालले दिए गृहगाउँको अस्पताललाई पिपिई


दोलखाको कालिञ्चोक गाउँपालिका ४ गुमु निबासी राष्ट्रसेबक दिपक खुलालले आफ्नो गृहगाउँ कालिञ्चोक गाउँ पालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र सिंगटीलाई ३ थान पिपिइ वितरण गरेका छन् ।
रोजगारीको सिलसिलामा राजधानी बसोबास गर्दै आएका खुलालले केहि समयअघि काठ्माण्डौमा रहेको घरकोभाडा समेत छुट गराएका उनले कोरोना भाइरसबाट बच्न अस्पताललाई पिपिइ सहयोग गरेका हुन् । उनले प्राथमिक स्वास्थ्य केन्द्र सिंगटीका एम्बुलेन्स चालक कृति बहादुर थामीलाई सो सामाग्री हस्तान्तरण गरेका थिए । सामाग्री हस्तान्तरण गर्दै खुलालले अस्पतालको आवश्यकता अनुसार सो सामाग्री प्रयोग गर्न आग्रह गरेका थिए । पिपिई सहित उनले अस्पतालका लागि अन्य केही स्वास्थ्य सामाग्री समेत वितरण गरेका छन् ।

लामो समयदेखि सामाजिक काममा सहयोग गर्दै आएका खुलाल काठ्माडौंस्थित गंगालल हृदय रोग केन्द्रका सुरक्षा प्रमुख हुन् । लकडाउनको समयमा काठमाडौंमा अलपत्र रहेका असंगठित मजदुरहरुलाई राहत समेत वितरण गरेका खुलालले लकडाउनमा काठमाडौंमा अलपत्र परेका केही जिल्लाबासीहरुलाई समेत दोलखा पठाउन सहयोग गरेको उनि निकट स्रोतले जनाएको छ । गौरीशंकरपोष्ट सँग कुरा गर्दै खुलालले आफुले गरेका सामाजिक कामको कुनै स्वार्थ नरहेको प्रस्ट पारेका छन् । उनले आफु सामान्य परिवारको किसानको छोरो भएकै कारण अरुको दुख देख्न नसकेको जनाएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखाली पत्रकारको आइसुलेसनमा गौरीशंकर बिजनेस ग्रुप जापानको सहयोग

shyam khatiwada

भीरबाट खसेको ढुंगाले घर थिच्दा दोलखाको सिंगटीमा एक महिलाको मृत्यु

shyam khatiwada

पेट्रोल सेवन गर्दा दोलखाको सुन्द्रावतीका एक बालकको मृत्यु

shyam khatiwada
Gaurishankar Post