Gaurishankar Post
ब्रेकिंग

घोक्सिला समाज र हिमालय सिमापार वाणिज्य संघद्धारा भीनपा ५ का जेष्ठ जनलाई सिरक वितरण


दोलखा ३० फागुन,,,

श्री महाङ्गकाली माइ घोक्सिला समाज र हिमालय सिमापार बाणिज्य संघको संयुक्त आयोजनामा भीमेश्वर नगरपालिका वडा नम्बर ५ का जेष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरिएको छ ।
महाङ्गकाली माइ घोक्सिला समाजका अध्यक्ष बासु श्रेष्ठको अध्यक्षतामा भीमेश्वर नगरपालिकाका विभिन्न टोलमा भएको कार्यक्रममा जेष्ठ नागरिकहरुलाई न्यानो सिरक वितरण गरिएको हो । ३ दिन अघि देखि चलेको न्यानो सिरक वितरण कार्यक्रम वडा नम्बर ५ का विभिन्न बस्तीमा पुगेर जेष्ठ नागरिकलाई हस्तान्तरण गर्दै आज सम्पन्न भएको छ । अभियानका क्रममा समाजका अध्यक्ष बासु श्रेष्ठले जेष्ठ नागरिक समाजका महत्वपुर्ण इतिहाँस बोकेको पुस्ता भएकाले उनिहरुलाई सम्झना स्वरुप एक एक थान न्यानो सिरक वितरण गरिएको सुनाए ।

जेष्ठ नागरिक सहित वडा नम्बर ५ का एकल महिला ,अपांगता भएका व्यक्ति लगाएतलाई सिरक वितरण गरिएको थियो । समाजले वडा नम्बर ५ का ४ सय २ जनालाई सामाग्री वितरण गरिएको सिरक वितरण अभियानमा संलग्न युवा समाजसेवी सुबोध श्रेष्ठले जानकारी दिए । न्यानो सिरक पाउनेहरुमा किरातिछापका १४२ जना माटीका १२७ जना र बिसुन्टोलका १३३ जना जेष्ठ नागरिक तथा एकल महिला र अपांगता भएका व्यक्रिहरु छन् । अभियानका क्रममा अध्यक्ष बासु श्रेष्ठले समाजमा आइपर्ने सबैखाले समस्याको समाधानका लागि आफु निरन्तर खटिने जनाएका छन् । सिरक वितरण कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेत र हिमालय सिमापार व्यपार संघका अध्यक्ष अशोक श्रेष्ठले जेष्ठ जनलाई गरिएको सहयोग अपरिहार्य रहेकोमा जोड दिएका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

विषयगत शिक्षक नभएको र चरम राजनीति भएको भन्दै सारदा मावि बुलुङका विद्यार्थी आन्दोलनमा

shyam khatiwada

समाजसेवी उप्रेतीको पहलमा राप्रपा दोलखाद्धारा आठ थान अक्सिजन कन्सन्ट्रेटर वितरण

shyam khatiwada

गठबन्धनका उम्मेद्वारलाई भारी मतले विजय गराउन कांग्रेस केन्द्रिय सदस्य शिवाकोटीको आग्रह

shyam khatiwada
Gaurishankar Post