Gaurishankar Post
रोचक समाचार

चरिकोटमा बृहत लाखे महोत्सब हुने, ७ जिल्लाका लाखे नाच प्रदर्शनको तयारी


श्याम खतिवडा
दोलखा ३२ साउन
,,
दोलखा सदरमुकाम चरिकोटमा बृहत लाखे नाच महोत्सब हुने भएको छ ।
आगामी भदौ ६ गते दोलखा लगायत बिभिन्न सात जिल्लाको लाखेनाच प्रर्दशन गर्ने गरी लाखे महोत्सब हुने भएको हो । स्थानीय तहको सहयोगमा लालिगुँरास युवा क्लब चरिकोटले लाखेनाच प्रर्दशनि कार्यक्रम गर्न लागेको जनाइएको छ । लालिगुँरास युवा क्लबले चरिकोट गुठीको सहकार्यमा प्रत्येक बर्ष गठेमङ्गलदेखी कृष्ण जन्माष्टमीको भोलीपल्टसम्म चरिकोट बजारमा लाखेनाच प्रर्दशन गर्दै आएको छ । झण्डै डेढसय बर्ष अघि चरिकोट पुरानो बजारमा नेवार समुुदायको वसोबास सुरु भएपछि बिभिन्न पर्व तथा जात्राको सुरुवात भएको हो ।
ऐतिहासीक दोलखा सहरमा प्रर्दशन गरिने लाखेनाचको सिको गर्दै २०१६ सालबाट सदरमुकाम चरिकोटमा समेत लाखेनाच प्रर्दशन सुरु गरिएको चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठले बताए ।
सदरमुकाम चरिकोटमा लाखेनाच प्रर्दशन अघि गठेमङ्गल (घण्टाकर्ण) को बेलुका नाट्यस्वीको पुजा गरेर परालको राक्षस बनाई बजार घुमाएर चोकमा जलाउने प्रचलन रहेको छ । घण्टाकर्ण राक्षसले बच्चालाई दुख दिने गरेकोले यसरी गठेमङ्गल (घण्टाकर्ण) को दिन त्यसलाई सबैको अगाडि जलाईएको किंवदन्ती पाईन्छ । त्यसरी घण्टाकर्णको दिन परालको राक्षसलाई जलाएपछि भोलिपल्टबाट लाखेनाच प्रर्दशन गरिने र कृष्ण जन्मष्टमीको भोलिपल्ट राति १२ बजे कृष्णले चक्रले हानेर लाखेलाई मारेपछि एक बर्षको लागि लाखेनाच अन्त्य गरिने प्रचलन रहेको लालिगुँरास युवा क्लबका सचिब विपिन श्रेष्ठले जानकारी दिए ।
क्लबले चरिकोटमा प्रर्दशन गरिने लाखेनाचलाई जिल्लाको जिरी, मैनापोखरी, किर्नेटार, मागादेउराली, सिंगटी, काठमाडौँको मच्छेगाँउ र चितवनमा समेत प्रर्दशनको लागि लगेको र सोहि क्रममा यो बर्ष अन्य जिल्लाको लाखेनाच समेत चरिकोटमा प्रर्दशनको लागि ल्याउने कार्यक्रम बनेको सचिव श्रेष्ठको भनाई छ । लालिगुराँस युवा क्लबले शुक्रबार सदरमुकाम चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा बृहत लाखे नाच महोत्सबको तयारी तिब्र ढंगले अघि बढेको जनाएको छ ।
चरिकोटमा बिभिन्न जिल्लाको लाखेनाच प्रर्दशन गर्दा सांस्कृतिक आदान– प्रदानसंगै सदरमुकामको आर्थिक विकासमा समेत टेवा पुुग्न सक्ने उद्योग बाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य रामेश्वर मानन्धर बताउछन् । क्लबका अध्यक्ष प्रविण श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अन्य विविध व्यक्तिहरुको सहभागिता थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

दोलखा प्रहरीलाई विपत प्रतिकार्यका लागि अत्याबश्यक सामाग्री सहयोग

shyam khatiwada

दोलखाका मुख्य दलले टुंग्याए उम्मेद्वार,यी हुन सिफारिसमा परेका नेता

shyam khatiwada

दोलखामा स्थानीय तहको पहिलो सुरुवात ,समपुरक कोष बनाएर सडक कालोपत्रे

shyam khatiwada
Gaurishankar Post