Gaurishankar Post
ब्रेकिंग राजनीति

जिरीको कार्यक्रम सम्बोधन गर्न कांग्रेस केन्द्रिय सदस्य शिवाकोटी गृह जिल्ला दोलखामा


दोलखा २० माघ,,
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता अजयबाबु शिवाकोटी जिरीको कार्यक्रमलाई सम्बोधन गर्न गृह जिल्ला दोलखा पुगेका छन् ।
शुक्रबार जिरी नगरपालिकास्थित हाटडाँडामा नेपाली कांग्रेसको स्थानीय समितिले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणात्मक कार्यक्रममा सहभागी हुन केन्द्रिय सदस्य शिवाकोटी गृहजिल्ला दोलखा पुगेका हुन् । उनि बिहिबार साँझ दोलखाको जिरी पुगेको कांग्रेसका स्थानीय नेता विवेक केसीले जानकारी दिए । स्थानीय तहको निर्वाचन हुने चर्चा चलिरहेकै बेला केन्द्रिय सदस्य शिवाकोटी जिल्लाका गतिविधिमा सकृयताका साथ लागिरहेका छन् । उनले प्रत्येक महिना गृह जिल्लाका सबै खाले कार्यक्रममा सहभागिता जनाउने र कार्यकर्ताहरुको दुख सुख साट्न आफु केन्द्रित रहेको जनाएका छन् । दोलखा कांग्रेसले स्थानीय तहको निर्वाचन लक्षित गर्दै जनतासँग नेपाली कांग्रेस नामक अभियान चलाइरहेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एमालेको भुगोलतर्फको जिल्ला कमिटि सदस्य पदमा टहल थामीको उम्मेद्धारी

shyam khatiwada

४ मंसिरमा संघ र प्रदेशको चुनाव एकै चरणमा गर्ने मन्त्रिपरिषद्‌को निर्णय

shyam khatiwada

तरुण दल दोलखाको सचिबमा ढुंगेल

shyam khatiwada
Gaurishankar Post