Gaurishankar Post
मनोरञ्जन स्थानीय समाचार

जुँगुमा स्वार्थ राखेर वडा कार्यालय सार्न खोजेको भन्दै स्थानीय आन्दोलित


कार्यालयमा तालाबन्दी , बैठकपुस्तीका नियन्त्रणमा
दोलखा २६ बैशाख

वर्षौँदेखि सेवा प्रवाह भैरहेको वडा कार्यालय राजनीतिक स्वार्थ राखेर एकलौटी र मनोपरि ढंगले सार्न खोजिएको भन्दै स्थानीयले कार्यालयको बैठक पुस्तीका नियन्त्रणमा लिई ताला लगाएका छन् ।
राजनीतिक स्वार्थकै आधारमा अधिकांस नागरिकको असहमतिका बाबजुत पनि वडाकार्यालय सार्न खोजेको भन्दै स्थानीयले तालाबन्द गरेका हुन् । उनिहरुले गैरकानुनी ढंगले बैठक आह्वान गरेर जबरजस्ती निर्णय गर्न खोजेपछि आन्दोलन गर्न बाद्य भएको स्थानीय भिष्म प्रकास खड्काले जानकारी दिए
शुक्रबार कार्यालय सार्नको लागि बसेको बैठकमा होहल्ला समेत भएको एक स्थानीयले जानकारी दिए । हाल रहेको कार्यालय परिसरमै करिब ७ रोपनी जग्गा वडाकार्यालयकै नाममा हुँदा पनि करिब ३ सय मिटरको दुरीमा कार्यालय सार्न खोज्नु नितान्त राजनीतिक स्वार्थ रहेको जुँगुका अर्का एक स्थानीयले बताएका छन् । दशकौँदेखि पाएक परेर विना विवाद कार्यालय सञ्चालन भईरहेको बेला कार्यालय नै सारेर नयाँ भवन बनाउने भन्ने निर्णय लेख्ने क्रममा बैठक पुस्तिका नियन्त्रणमा लिएको उनिहरुले बताएका छन् । उनिहरुका अनुसार वडाअध्यक्ष बसन्त कार्कीले वर्षौदेखि विकास बजेटमा गरेको अनियमितताको समेत छानबिनका लागि कानुनी उपचार खोज्ने समेत तयारी रहेको आन्दोलनरत पक्षले जनाएको छ ।
पाएक पर्ने ठाउँमा सार्न खोजेका हौं वडाअध्यक्ष कार्की
जुँगुका वडाअध्यक्ष बसन्त कार्कीले सबैलाई पाएक पर्ने ठाउँमा कार्यालय सार्न खोजेको भन्दै निर्णयको बचाउ गरे । राजनीतिक स्वार्थ बोकेर वडा कार्यालय जस्तो सम्बेदनशिल क्षेत्रमा राजनीति किन गर्नुभो भन्ने हाम्रो जिज्ञासामा अध्यक्ष कार्कीले यो निर्णय स्वार्थ नभएर आबश्यकता भएको भन्दै सबैलाई पाएक पर्ने ठाउँमा सार्नु उपयुक्त भएको चौतर्फी निष्कर्शका आधारमा प्रकृया थालनी गरेको सुनाए । उनले वडाको बैठकपुस्तीका नियन्त्रणमा लिने विरुद्ध कानुनी कार्बाहीका लागि लाग्ने चेतावनी दिएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

दिपजंग सहकारीको साधारण सभा, अध्यक्षमा कर्ण थामी चयन

shyam khatiwada

कांग्रेस नेता बर्मा लामाको पहलमा गौरीशंकर बिजनेस ग्रुप जापानद्धारा मेलुङमा लाखौंको स्वास्थ्य सामाग्री सहयोग

shyam khatiwada

७ वर्षदेखि निमित्तको भरमा जिल्ला अस्पताल ,जनशक्ति अभाबले उपचारमै समस्या

shyam khatiwada
Gaurishankar Post