Gaurishankar Post
ब्रेकिंग स्थानीय समाचार

जेष्ठ नागरिक र अनाथ बालबालिकालाई न्यानो बाँड्दै दुई युवा


दोलखा ६ फागुन
,,
दोलखाको विकट भनिने उत्तरी गाउँ आलम्पुका २ सय ४० जेष्ठ नागरिक र चरिकोटस्थित बालगृहका ३० जना अनाथ बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
७० वर्ष पुरा भई सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिक र गौरीशंकर बालगृहका अनाथ बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । फागुन लागिसक्दा पनि हिमालको चिसो सिरेटोले कान सेक्ने गरेको सुनाउदै दोलखाको विगु गाउँपालिकास्थित आलम्पु गाउँकी ९४ वर्षिया आइतिमायाँ थामीले खुसी हुँदै भनिन् “अब त जाडो काटिन्छ ” । उनी जस्ता २ सय ४० जना जेष्ठ नागरिकले बुधबार जिल्लाको आलम्पु गाउँमा आयोजित एक कार्यक्रममा न्यानो कपडा ज्याकेट पाए ।
राज्यले दिने सामाजिक सुरक्षा भत्ताले जेनतेन खानको बेजो भएपनि विकट गाउँका थामी समुदयका जेष्ठ नागरिकहरुलाई रहर लाग्ने न्यानो कपडा किनेर लगाउन भने निकै समस्या छ । बढ्दो महंगी त्यो पनि बजारसँगको पहँच नभएकै कारण चिसोमा कठिंग्रीनुपर्ने बाद्यता देखेर चरिकोटस्थित दुई जना युवा व्यवसायीहरुले व्यक्तिगत खर्चमा बुधबार आलम्पुका २ सय ४० वृद्ध वृद्धालाई न्यानो कपडा वितरण गरे । विगु गाउँपालिका ७ स्थायी घर भएका व्यवसायी दावासांगे शेर्पा र भिमेश्वर नगरका कर्मा शेर्पाले संयुक्त रुपमा ज्याकेट खरिद गरि गाउँमा लगेर जेष्ठ नागरिक बृद्ध बृद्धालाई वितरण गरेका हुन ।
बुधबार कांग्रेसका स्वर्गिए नेता भिम बहादुर तामाङको स्मृतिमा बनेको कांग्रेस कार्यालय भवन उद्घाटन कार्यक्रममा उनिहरुले न्यानो कपडा वितरण गरेका हुन् । भवन उद्घाटन गर्न पुगेका कांग्रेस नेता एवं सांसद जिपछिरिङ लामाको हातबाट ज्याकेट वितरण गराएका उनिहरुलाई सांसद लामाले पबित्र काम गरेको भन्दै निकै प्रसंसा गरे । उनले जेष्ठ नागरिक समाजका गहना भएको भन्दै सबैले सम्मान गर्नुपर्ने जनाए ।
तिनै युवाहरुले बिहिबार चरिकोटस्थित गौरीशंकर बालगृहमा आश्रय लिएर बसेका ३० जना अनाथ बालबालिकाहरुलाई पनि एक एक थान ज्याकेट बाँढेका छन् । उनिहरु दुवै जना क्तसर तथा निर्माण व्यवसायी हुन् । व्यवसाय सँगै उनिहरु दुबै जना राजनीतीमा पनि कृयाशिल छन् । दावासांगे शेर्पा तरुण दल दोलखाका अध्यक्ष हुन भने कर्मा तरुण दलकै जिल्ला नेता हुन् । तर सामाजिक काममा आफुहरुको कुनै राजनीतिक स्वार्थ नरहेको उनिहरुको भनाई छ । उनिहरुले यसअघि पनि सामाजिक क्षेत्रमा विभिन्न कामहरु गर्दै आइरहेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

कालिञ्चोक ७ मा मतदातालाई पैसा बाँड्दै गरेका एमालेका वडाअध्यक्ष उम्मेद्वार पक्राउ

shyam khatiwada

तामाकोसीको हकप्रद दोलखालीलाई डिम्याटको दायरा बढाउदै बिना झन्जट लगानी गराइने

shyam khatiwada

दोलखामा आयोजना हुने राष्ट्रिय रेस्लिङ्ग प्रतियोगिताको तयारी पुरा

shyam khatiwada
Gaurishankar Post